• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
शुक्रबार, साउन ०८, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

स्वास्थ्यमा धनगढीको फड्को, आधुनिक उपचार अब आफ्नै शहरमा

मालीका पूर्व गुप्तचर प्रमुखलाई १५ वर्ष कैद

लागुऔषधसहित दुई जना पक्राउ

सिलिण्डर विष्फोट हुँदा एकको मृत्यु, एक जना गम्भीर घाइते

सेनाको श्रमदानमा महाकाली नदीमा ‘गाइडबण्ड’ पुनःनिर्माण

शैक्षिक परामर्श व्यवसायमाथि धरौटीको व्यवस्था कायमै रहन्छ : शिक्षामन्त्री

उपराष्ट्रपति यादवसँग स्वीस राजदूतको शिष्टाचार भेट

करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु

खैरो हेरोइनसहित चार जना पक्राउ

लोकप्रिय समाचार

  • १. राशिफल : वृष- कर्मयोगमा वृद्धि, सिंह- पारिवारिक जमघट

  • २. राशिफल : वृष- धन खर्च , सिंह- मंगलमय काम

  • ३. राशिफल : कन्या- विशेष उपहार, धनु- मिष्‍ठान्‍न भोजन

  • ४. राशिफल : कन्या- आतिथ्य सम्मान, मकर- मित्रता बढ्ने

  • ५. राशिफल : कन्या- मुद्दा-मामिलामा विजयी, मकर- सुखद समाचार

  • ६. राशिफल : कन्या- विशेष उपहार, धनु- मिष्‍ठान्‍न भोजन

  • ७. झटारो : चर्पीको बाटोमा क्रान्तिको गाडी !

  • ८. ‘एक नेता, अनेक दाबी!’ सुदूरपश्चिममा मुख्यमन्त्रीको दौड, आफ्नै दलभित्र विश्वासको संकट

  • ९. रक्त अभाव टार्न कैलालीमा दोश्रो घुम्ती रक्तदान, ४२ युनिट रगत संकलन

  • १०. स्वास्थ्यमा धनगढीको फड्को, आधुनिक उपचार अब आफ्नै शहरमा

भाइरल इन्फेक्सनले गराउँछ प्यारालाइसिस !


    Avatar photo
शनिबार, बैशाख ०६, २०८२ मा प्रकाशित

काठमाडौं- सामान्यतया पोलियो भाइसरले मानव शरीरलाई प्यारालाइसिस बनाउँछ भन्‍ने हामीले सुन्दै आएका छौं। नेपालमा अन्तिमपटक सन् २०१० मा पोलियोका बिरामी फेला परेका थिए। त्यसयता भने पोलियो संक्रमित फेला नपरेका कारण विश्‍व स्वास्थ्य संगठनको दक्षिण एसिया क्षेत्रले सन् २०१४ मा नेपाललाई पोलियोमुक्त राष्‍ट्र घोषणा गर्‍यो।

Advertisement

तर, भाइरल इन्फेक्सनका कारण पनि प्यारालाइसिस हुन्छ भन्‍ने धेरैलाई थाहा नहुन सक्छ। विश्‍वमा प्रति एक लाख जनसंख्यामा करिब २ जनामा भाइरल इन्फेक्सनका कारण प्यारालाइसिस (गुइलेन-ब्यारे सिन्ड्रोम) हुने एक अध्ययनले देखाएको छ।

के हो भाइरल इन्फेक्सन ?

भाइरल इन्फेक्सन भन्‍नाले भाइरसले हुने इन्फेक्सन हो, जसले मानव शरीरको फोक्सो र आन्द्रालाई असर पुर्‍याउँछ।

भाइरल इन्फेक्सन हुँदा शुरुमा फ्लुजस्तो लक्षण देखिने गर्छ। त्यसबाट नाकबाट पानी बग्‍ने, श्‍वास फेर्न गाह्रो हुने समस्या देखिन्छ। तर, यो भाइरसले तुरुन्तै प्यारालाइसिस गराउँदैन। धेरैजसो केसमा इन्फेक्सन ठीक भएको एकदेखि दुई सातापछि प्यारालाइसिसको लक्षण देखापर्न थाल्छ।

भाइरल इन्फेक्सनबाट हुने प्यारालासिस खुट्टाको औंलाबाट शुरु भई विस्तारै घुँडा हुँदै छाती, हातसम्म सर्छ। र, अन्तिममा फोक्सोको मांसपेशीलाई प्यारालाइसिस गराई श्‍वास फेर्न गाह्रो हुन्छ।

भाइरल इन्फेक्सन हुँदा रोगसँग लड्न शरीरले एन्टी-बडिजहरू बनाएको हुन्छ, जसले भाइरसलाई मात्र नमारेर हाम्रो शरीरको नसामा समेत प्रतिक्रया गरेपछि त्यसले प्यारालाइसिसको अवस्था सिर्जना गर्छ।

कसरी थाहा पाउने भाइरल इन्फेक्सन ?

भाइरल इन्फेक्सन सबैलाई हुन्छ भन्‍ने छैन। प्रति एक लाखमा १-२ जनालाई मात्र यसको संक्रमण हुन्छ। यो संक्रमण  हुँदा शुरुवाती चरणमा ज्वरो आउने, झाडापखाला लाग्छ। त्यसपछि यसले केही घण्टादेखि केही सातासम्ममा प्यारालाइसिसको लक्षण देखाउन थाल्छ।

तर, सामान्यतया यो भाइरसले इन्फेक्सन निको भइसकेपछि प्यारालाइसिस गराउँछ। जस्तै- कुनै व्यक्तिमा भाइरल इन्फेक्सनको कारण झाडापखाला लागेको थियो भने त्यो व्यक्तिलाई झाडापखाला सञ्‍चो भएको १-२ सातापछि बल्ल प्यारालाइसिसको लक्षण देखापर्न थाल्छ।

भाइरल इन्फेक्सनका कारण हुने प्यारालाइसिसले गर्दा हातखुट्टा लुलो भएर नचल्ने हुन्छ। यसको शुरुवाती लक्षण खुट्टाबाट लुलो हुन शुरु भई विस्तारै घुँडा, छाती, हातसम्म पुग्छ। त्यसपछि फोक्सोका मांसपेशीलाई प्यारालाइसिस गराई श्‍वास फेर्न नै गाह्रो हुन थाल्छ। श्‍वास फेर्न गाह्रो हुनु भाइरल इन्फेक्सनले जटिल समस्या हो। यस्ता लक्षणहरू देखापर्न थालेपछि प्यारालाइसिस हुँदैछ भनेर बिरामीले पत्ता लगाउन सक्छन्।

खुट्टा लुलो हुनुका साथै दुख्‍ने, झण्झनाहट हुने, गम्भीर अवस्थामा बोल्ने र निल्ने क्षमतासमेत प्रभावित हुन सक्छन्।

भाइरल इन्फेक्सनबाट हुने प्यारालाइसिसको संक्रमण बच्चा, युवा, ज्येष्‍ठ नागरिक, महिला, पुरुष सबै उमेर समूहका व्यक्तिहरू प्रभावित हुन सक्छन्। ४० वर्ष कटेका मानिसलाई भने भाइरल इन्फेक्सनका कारण हुने प्यारालाइसिसले बढी च्याप्न सक्छ। यो इन्फेक्सन महिला, पुरुष कसमा बढी देखिन्छ भन्‍ने छैन। दुवैमा यसको संक्रमण उस्तै-उस्तै हुन्छ।

आन्द्राबाट सर्ने भाइरसहरू छन् भने यसको संक्रमण बर्खायाममा बढी देखिन सक्छ। जाडोयाममा निमोनिया गराउने खालका भाइरसहरू बढी सक्रिय हुने भएकाले भाइरल इन्फेक्सनको जोखिम हिउँद, बर्खा दुवै याममा उत्तिकै रहन्छ। तर, विरलै रूपमा डेंगु र कोरोना भाइरसले गर्दा गुइलेन-ब्यारे सिन्ड्रोम गराइरहेको देखिन्छ। नेपालमा पनि आक्कल-झुक्कल केही व्यक्तिहरूमा डेंगु र कोराना भाइरसका कारण प्याराइलाइसिस भएको पाइन्छ।

कस्तो जटिलता ल्याउँछ ?

९२ देखि ९५ प्रतिशत व्यक्तिमा भाइरल इन्फेक्सनको कारण प्यारालाइसिस भएको छ भने आफैं निको भएर जान्छ। तर, यसको मतलव सबैमा यसले सामान्य असर मात्र पुर्‍याउँछ भन्‍ने छैन। आन्द्रा र श्‍वासप्रश्‍वासको इन्फेक्सन पछाडि गुइलेन-ब्यारे सिन्ड्रोम भन्‍ने प्यारालासिसको स्पेसल रोग छ, जसले ३ देखि ५ प्रतिशत केसहरूमा कहिल्यै ठीक नहुने वा ५ प्रतिशत बिरामीको मृत्यु नै हुन पनि सक्छ।

अधिकांश मानिस गुइलेन-ब्यारे सिन्ड्रोमबाट पूर्ण रूपमा निको हुन्छन्। तर, केही गम्भीर रोगहरू घातक हुन सक्छन्। केहीमा निको हुन धेरै वर्ष लाग्‍न सक्छ। धेरैजसो मानिस लक्षण शुरु भएको ६ महिनापछि फेरि हिँडडुल गर्न सक्षम हुन्छन्।

समयमै अस्पताल आई उपचार लिएका बिरामीहरूमा करिब ९५ प्रतिशत केही महिनापछि पूर्णतया निको भएर घर फर्कन्छन्। यसका लागि बिरामीले लक्षण देखिन थालेपछि तुरुन्तै अस्पताल आउनुपर्छ।

सामान्य लक्षण देखिएका व्यक्तिहरूमा यो इन्फेक्सन आफैं निको भएर जान्छ। हातखुट्टा लुलो र श्‍वास फेर्न गाह्रो भइरहेको छ भने त्यो अवस्थामा बिरामीले ढिलो नगरी अस्पताल आइपुग्‍नुपर्छ। अस्पतालमा आएपछि त्यस्तो बिरामीलाई तत्कालै आईसीयूमा भर्ना गरिन्छ। र, कतिपयलाई भेन्टिलेटरको सहायता पनि आवश्यक पर्न सक्छ।

उपचार पद्धति के ?

अस्पताल आएका बिरामीलाई शुरुमा भर्ना गरिन्छ। त्यसपछि लक्षणका आधारमा भाइरल इन्फेक्सन हो या होइन भनेर ढाडबाट पानी निकालेर जाँच गरिन्छ। गुइलेन-ब्यारे सिन्ड्रोम हो भने ढाडको पानीको जाँच गर्दा प्रोटिन र सेलको मात्रा फरक देखिन्छ।

खुट्टाबाट लुलो हुन शुरु भएको छ भने त्यो अवस्थामा चिकित्सकले ढाडको पानीको जाँचबाट भाइरल इन्फेक्सन हो या होइन भनी पत्ता लगाउँछन्। ढाडबाट निकालिएको पानीमा जाँच गर्दा प्रोटिन र सेलको मात्रा फरक देखियो भने चिकित्सकहरूको शंका बिरामीमा भाइरल इन्फेक्सनका कारण प्यारालाइसिस भएको हो भन्‍नेतिर जान्छ।

भाइरल इन्फेक्सन पहिचानका लागि अन्य विधि पनि प्रयोगमा छन्। नसामा तार लगाएर जाँच गर्ने पद्धति (एनसीभी) नर्भ कन्डक्सन भेलोसिटी पनि भाइरल इन्फेक्सन भएको हो या होइन भनी पहिचान गर्ने पद्धति हो। ढाडको पानी निकाल्नु अगाडि कतै टाउकोका कारण प्यारालाइसिस त भएको होइन भनेर सीटीस्क्यान, एमआरआई पनि गरिन्छ। बिरामीलाई प्यारालाइसिस भएको खण्डमा अन्य जाँचहरू गरिन्छ।

उपचार क्रममा इन्फेक्सन छ भने शुरुमा एन्टिबायोटिक दिनुपर्छ। आईसीयूमा बस्‍ने बिरामीमा निमोनिया, पिसाबको इन्फेक्सन चाँडो सर्ने भएकाले त्यसको उपचार गर्नुपर्छ। भाइरसको कारणले शरीरले गरेको प्रतिक्रिया रोक्न औषधि चलाइन्छ।

अर्को प्लाज्मा एक्सचेन्ज भन्‍ने छ, जसले रगतमा भएको विकारलाई डाइलासिस मेसिन जस्तैमा हालेर छुट्याइन्छ। अन्य व्यक्तिको शरीरबाट रगत तानेर कुनै अर्को व्यक्तिमा दिएजस्तै (आईभी) इम्युनोब्लोबुलियन पनि नशाबाट दिनुपर्छ। त्यो महँगो उपचार हो।

भाइरल इन्फेक्सनपछि प्यारालाइसिस भई बोल्न नसक्दा वा हातखुट्टा नचलेको अवस्थामा बिरामीलाई साइकोथेरापी र फिजियोथेरापी पनि दिइन्छ। र, त्यसका लागि मेकानिकल भेन्टिलेटरको आवश्यकता पर्छ। श्‍वास फेर्न गाह्रो भइरहेको छ भने मद्दतका लागि र मानसिक रूपमा दुःखी अनि चिन्तित छन् भने त्यही किसिमको साइकोलोजी सपोर्ट अनि फिजियोथेरापी आवश्यक पर्छ। केही बिरामीलाई महिनौं दिनसम्म भर्ना गरेरै उपचार गर्नुपर्ने हुन्छ।

भाइरल इन्फेक्सनले गर्दा प्यारालाइसिस भई उपचारपछि निको भइसकेपछि साधारणतया इन्फेक्सनले संक्रमण गर्दैन।

कुन कुरामा सावधानी अपनाउने ?

भाइरल इन्फेक्सनबाट हुने प्यारालाइसिसबाट बच्‍न भीडभाडमा जाँदा मास्कको प्रयोग गर्ने, दुषित खानेकुराबाट टाढा बस्‍ने, हातलाई स्यानिटाइज्ड गर्ने  र बजारका खानेकुराबाट सकेसम्म टाढै रहनुपर्छ।

 

 

शनिबार, बैशाख ०६, २०८२ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

स्वास्थ्यमा धनगढीको फड्को, आधुनिक उपचार अब आफ्नै शहरमा
मालीका पूर्व गुप्तचर प्रमुखलाई १५ वर्ष कैद
लागुऔषधसहित दुई जना पक्राउ
सिलिण्डर विष्फोट हुँदा एकको मृत्यु, एक जना गम्भीर घाइते
सेनाको श्रमदानमा महाकाली नदीमा ‘गाइडबण्ड’ पुनःनिर्माण
शैक्षिक परामर्श व्यवसायमाथि धरौटीको व्यवस्था कायमै रहन्छ : शिक्षामन्त्री

भर्खरै

  • १.
    स्वास्थ्यमा धनगढीको फड्को, आधुनिक उपचार अब आफ्नै शहरमा

  • २.
    मालीका पूर्व गुप्तचर प्रमुखलाई १५ वर्ष कैद

  • ३.
    लागुऔषधसहित दुई जना पक्राउ

  • ४.
    सिलिण्डर विष्फोट हुँदा एकको मृत्यु, एक जना गम्भीर घाइते

  • ५.
    सेनाको श्रमदानमा महाकाली नदीमा ‘गाइडबण्ड’ पुनःनिर्माण

  • ६.
    शैक्षिक परामर्श व्यवसायमाथि धरौटीको व्यवस्था कायमै रहन्छ : शिक्षामन्त्री

  • ७.
    उपराष्ट्रपति यादवसँग स्वीस राजदूतको शिष्टाचार भेट

  • ८.
    करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.