काठमाडौँ । प्रहरीले काठमाडौँको माछा पोखरीबाट स्रोत नखुलेको १६ लाख रुपैयाँसहित दुई जनालाई पक्राउ गरेको छ । उनीहरूलाई आज बिहान पक्राउ गरेको हो ।
Advertisement
यसरी पक्राउ पर्नेमा चितवनको भरतपुर महानगरका ११ घर भई हाल तनहुँको बन्दीपुर बस्ने ३१ वर्षीय दीपेन्द्र सुनार र भारत महाराष्ट्र घर बताउने ३३ वर्षीय सागर यादव रहेका छन् ।
सडकमा शंकास्पद रुपमा हिँडिरहेका अवस्थामा सुरक्षा जाँच गर्दा स्रोत नखुलेको रकम बरामद गरिएको हो । उक्त घटनाका सम्बन्धमा प्रहरी वृत्त बालाजुबाट थप अनुसन्धान भइरहेको जनाइएको छ ।