• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
आइतबार, भदौ २८, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

सुदूरपश्चिममा जडीबुटीः न प्रशोधन केन्द्र, न त औषधि उद्योग नै

मुस्ताङ भन्सारमा पन्ध्र दिनमै एक अर्ब ७८ करोड राजस्व

राष्‍ट्र संघमा प्रधानमन्त्री : ‘साइड लाइन’ संवादको सम्भावना शून्य, नेपालले उठाउने छ ‘क्लाइमेट जस्टिस’को मुद्दा

आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

विश्‍व घटना : लन्डनमा १ लाखको प्रदर्शन

राशिफल : कर्कट- सुखानुभूति, मीन- पराक्रम बढ्ने

बाढीले बगाएका गरगहनासहित धादिङमा एक पक्राउ

विपद्मा काभ्रे : जोखिम पहिचान, पूर्वसूचना, सुरक्षित निर्माण र पूर्वतयारीलाई प्राथमिकता

चिलीको वृद्धाश्रममा आगलागी हुँदा १६ जनाको मृत्यु

लोकप्रिय समाचार

  • १. डिपिआरमै तुहिँदै सेतीको सपना : १ करोड खर्चेर बनाइएको योजना, पाँच वर्षदेखि दराजमै थन्किएको अस्पतालको भविष्य

  • २. राशिफल : वृष- अप्ठ्यारो सम्झौता, सिंह- आरामदायी यात्रा

  • ३. राशिफल : वृश्‍चिक- मान-सम्मान, धनु- स्वादिष्‍ट भोजन

  • ४. राशिफल : मेष- आत्मीयता बढ्ने, कन्या- प्रशन्‍नता

  • ५. राशिफल : वृश्‍चिक- काम बन्‍ने, कुम्भ- मनमा हर्ष

  • ६. राशिफल : वृष- कृषिमा लाभ, सिंह- रमाइलो यात्रा

  • ७. भोटेकोशी बाढी पीडितलाई क्यासिनो एसोसिएसनको ८५ लाख २३ हजार

  • ८. झटारो : बडकी भलमन्सिनियाको समाचार वाचन !

  • ९. “१२५ बेडको स्वीकृति, ३२० बेडमा उपचार : बिरामीको चाप थेग्न सेती अस्पतालले आइतबार पनि सेवा दिने

  • १०. राशिफल : मकर- शत्रु परास्त, कुम्भ- धन आर्जन

पत्थरीका कारक : चक्लेट, बर्गर, पिज्जा र चिया


    Avatar photo
शनिबार, चैत २३, २०८१ मा प्रकाशित

नयाँदिल्ली- शरीरमा पत्थरी सामान्यझैं लागे पनि कहिलेकाहीं यसले घातक रूप पनि लिन्छ। पेटमा रहने विभिन्‍न अंगमा यो छिटो बढ्छ। र, दुखाइ ज्यादा हुन्छ।

Advertisement

पछिल्ला केही वर्षयता बालबालिका र युवामा पित्त थैलीमा पत्थरीको समस्या बढ्दो छ। र, मिर्गौलाको पत्थरी पनि आम समस्या बनेको छ।

भारतको नेसनल सेन्टर फर बायोटेक्जोलोजी इन्फरमेसनको एक रिपोर्टअनुसार १२ प्रतिशत भारतीयमा मिर्गौलाको पत्थरी देखिएको छ। महिलाभन्दा पुरुषमा पत्थरीको समस्या ज्यादा देखिएको छ। त्यसको मुख्य कारणहरूमा वंशाणुगत, उच्च रक्तचाप, मोटोपन र मधुमेह देखिएका छन्।

शरीरमा मिनरल्स र सल्ट जमेर पत्थरीको रूप लिन्छ। युरिनमा क्याल्सियमको मात्रा जसमा बढी छ र कम पानी पिउँछन्, उनीहरूलाई पत्थरीको जोखिम ज्यादा हुन्छ।

मिर्गौला, मुत्र थैली, पित्त थैलीमा पनि पत्थरी हुन्छ। मिर्गौलाले शरीरको फोहोरलाई बाहिर निकाल्छ। मिर्गौलामा पत्थरी जम्यो भने उक्त प्रक्रिया अवरुद्ध हुन पुग्छ। सोही कारण पिसाब नलीमा आएर पत्थरी बस्‍ने र पिसाबको मार्ग अवरुद्ध हुने जोखिम हुन्छ। खासगरी, मधुमेहका बिरामीमा मिर्गौलाको पत्थरी हुने जोखिम अधिक हुन्छ।

यस्तै, पित्ताशयले शरीरभित्र पाचन प्रणाली चलाउँछ। शरीरमा राता रक्तकोश टुटफुट भएमा बिलिरुबिन नामक पदार्थ बन्छ। रगतमा बिलिरुबिनको मात्रा ज्यादा भएमा पित्त थैलीमा पत्थरीको जोखिम हुन्छ। यसलाई निकाल्न तुरुन्तै शल्यक्रिया पनि गर्नुपर्ने हुन सक्छ।

पिसाब थैलीमा लामो समय पिसाब रोकेर राखियो भने पत्थरी हुने सम्भावना रहन्छ। पिसाबको मार्ग कुनै कारणले अवरुद्ध भयो भने पनि पत्थरीको जोखिम हुन्छ। पिसाब थैलीमा पत्थरीको सम्भावना महिलाभन्दा पुरुषलाई बढी हुन्छ।

र्‍याल ग्रन्थीमा पनि पत्थरी हुने सम्भावना उत्तिकै हुन्छ। र्‍याल नलीमा कुनै कारणले अवरोध सिर्जना भयो भने पत्थरी बन्‍ने सम्भावना हुन्छ। त्यसबाट मुख र घाँटीको संक्रमण मात्र होइन, क्यान्सर हुने जोखिम पनि रहन्छ।

हरेक रोगमा खराब खानपान र जीवनशैली नै मुख्य कारक हुन्छन्। यस्तै, पानी कम पिउने मानिसमा पत्थरीको समस्या ज्यादा हुन्छ।

बारम्बार पत्थरीको समस्या दोहोरियो भने ‘मेटाबोलिक इभोलुसन’को जाँच गराउनु अत्यावश्यक छ। चिया, चक्लेट, नट्स र सोडायुक्त पेय पदार्थको बढी सेवनले पत्थरीको जोखिम अधिक हुन्छ। तथापि, अमिला फलफूल खानाले पत्थरीको जोखिम कम हुन्छ। त्यसैले कागती, सुन्तला, मौसमीजस्ता फलफूल नियमित खाने गरौं।

बारम्बार पत्थरीको समस्याको एउटा कारण खानामा धेरै मात्रामा नूनको प्रयोग पनि हो। त्यसैले नूनको मात्रालाई सन्तुलित राखौं। खानामा नूनको मात्रा ६ ग्रामभन्दा बढी हुनु हुँदैन।

डिहाइड्रेसन पनि पत्थरीको कारण हो। त्यसैले दैनिक १२ गिलास अर्थात् ३ लिटर पानी पिऊँ।

बालाबालिकामा पत्थरी हुनुको कारण पोषक तत्वको कमी, शरीरमा पानीको कमी, ज्यादा चक्लेट र अक्सलेटवाला खाद्य पदार्थको सेवन मुख्य हुन्। कतिपयमा वंशाणुगत कारणले पनि पत्थरी हुने गर्छ।

भास्कर डट कमबाट

 

शनिबार, चैत २३, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

सुदूरपश्चिममा जडीबुटीः न प्रशोधन केन्द्र, न त औषधि उद्योग नै
मुस्ताङ भन्सारमा पन्ध्र दिनमै एक अर्ब ७८ करोड राजस्व
राष्‍ट्र संघमा प्रधानमन्त्री : ‘साइड लाइन’ संवादको सम्भावना शून्य, नेपालले उठाउने छ ‘क्लाइमेट जस्टिस’को मुद्दा
आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर
विश्‍व घटना : लन्डनमा १ लाखको प्रदर्शन
राशिफल : कर्कट- सुखानुभूति, मीन- पराक्रम बढ्ने

भर्खरै

  • १.
    सुदूरपश्चिममा जडीबुटीः न प्रशोधन केन्द्र, न त औषधि उद्योग नै

  • २.
    मुस्ताङ भन्सारमा पन्ध्र दिनमै एक अर्ब ७८ करोड राजस्व

  • ३.
    राष्‍ट्र संघमा प्रधानमन्त्री : ‘साइड लाइन’ संवादको सम्भावना शून्य, नेपालले उठाउने छ ‘क्लाइमेट जस्टिस’को मुद्दा

  • ४.
    आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

  • ५.
    विश्‍व घटना : लन्डनमा १ लाखको प्रदर्शन

  • ६.
    राशिफल : कर्कट- सुखानुभूति, मीन- पराक्रम बढ्ने

  • ७.
    बाढीले बगाएका गरगहनासहित धादिङमा एक पक्राउ

  • ८.
    विपद्मा काभ्रे : जोखिम पहिचान, पूर्वसूचना, सुरक्षित निर्माण र पूर्वतयारीलाई प्राथमिकता

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.