• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
बुधबार, भदौ २४, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

राशिफल : वृश्‍चिक- मान-सम्मान, धनु- स्वादिष्‍ट भोजन

अदालती मुद्दाको चाप घटाउन मेलमिलाप विधेयकः मन्त्री गौतम

बाढीबाट प्रभावित नागरिकको आक्रोशलाई राज्यप्रतिको अपेक्षा र अन्तिम गुहारका रूपमा बुझ्नुपर्छः सभापति लामिछाने

थाई विद्यालयमा शिक्षिकाको हत्या

परराष्ट्रमन्त्री खनालसँग श्रीलङ्काकी राजदूत डेल्पिटियाको भेट

वर्षान्तको बजेट खर्च रोक्ने मधेसको नयाँ परीक्षण

भक्तपुरमाः आज पञ्चदान पर्व मनाइँदै

सत्ता र प्रतिपक्षको परम्परागत सोचबाट माथि उठेर जलवायु न्यायका लागि जुटौँः सभापति लामिछाने

सडक दुर्घटनामा दुईको मृत्यु

लोकप्रिय समाचार

  • १. राशिफल : कर्कट- नयाँ काम, मीन- उद्योगमा फाइदा

  • २. हे प्रकृति तिम्रो न्याय यही हो ?

  • ३. राशिफल : तुला- तीर्थाटन, वृश्‍चिक- मनोरञ्‍जन

  • ४. राशिफल : वृष- अप्ठ्यारो सम्झौता, सिंह- आरामदायी यात्रा

  • ५. राशिफल : वृष- काम सम्पादन, सिंह- रमाइलो यात्रा

  • ६. राशिफल : मेष- आत्मीयता बढ्ने, कन्या- प्रशन्‍नता

  • ७. विपत्तिमा मल्हम लगाउँदै निर्माण व्यवसायी : प्रधानमन्त्री राहत कोषमा संघको २ लाख ११ हजार सहयोग

  • ८. राशिफल : वृश्‍चिक- काम बन्‍ने, कुम्भ- मनमा हर्ष

  • ९. भोटेकोशी बाढी पीडितलाई क्यासिनो एसोसिएसनको ८५ लाख २३ हजार

  • १०. मन्त्रिपरिषद् बैठक बस्दै

नेपालमा अपराध, अपराधी २६ देशका नागरिक !


बुधबार, चैत १३, २०८१ मा प्रकाशित

काठमाडौं- ११ फागुनमा नेपालमा शंकास्पद गतिविधिमा संलग्‍न ७ जना बंगलादेशीलाई प्रहरीले पक्राउ गर्‍यो। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनीहरूलाई ठमेल र सोह्रखुट्टे क्षेत्रबाट पक्राउ गरेको थियो।

Advertisement

नेपाल प्रवेश गरी गैरकानूनी रूपमा बसोबास गर्नुको साथै शंकास्पद गतिविधिहरूमा संलग्‍न रहेको सूचनाका आधारमा प्रहरीले उनीहरूलाई पक्राउ गरी अध्यागमन विभागमा बुझाएको थियो।

पक्राउ पर्नेहरूमा मोहम्मद अतिकुल इस्लाम, मोहम्मद अलाम मोला,  मोहम्मद जहाँगिर आलम, मोहम्मद अमिनुल हक, मोहम्मद मन्दादुल हक, मोहम्मद नारिरुद्धिन र मोहम्मद मोसरफ हुसेन थिए।

 

०००

 

गत २० माघमा सर्लाहीको ईश्‍वरपुर नगरपालिका-१५ सुकनाहा बजारबाट भारतीय ५०० दरको १ र १०० को २९ थान नक्कली नोटसहित एक भारतीयलाई  प्रहरीले पक्राउ गर्‍यो। पक्राउ पर्नेमा भारतको सीतामढी पुरान्दा राजवाडा-९ का २७ वर्षीय मुकेशकुमार सोनी थिए।

सुकनाहा बजारकै किराना पसलमा मुकेश कुमारले सामान किनेपछि नक्कली नोट दिएको खबर प्राप्त हुनासाथ अस्थायी प्रहरी पोस्ट सुकनाहाको टोलीले उनलाई पक्राउ गरेको थियो।

 

०००

 

गत ७ मंसिरमा अनलाइनमार्फत ठगी गरेको आरोपमा प्रहरीले धनगढी-५ तारानगरबाट ५ नेपाली र ४ भारतीयसहित ९ जनालाई पक्राउ गर्‍यो। उनीहरूलाई सुदूरपश्‍चिम प्रदेश प्रहरी कार्यालय धनगढी, नेपाल प्रहरी प्रदेश कार्यालय महेन्द्रनगर र जिल्ला प्रहरी कैलालीको टोलीले पक्राउ गरेको थियो।

पक्राउ पर्ने नेपालीहरूमा डोटी सिखर नगरपालिका-१० का २१ वर्षीय प्रशान्त बलायर, कञ्‍चनपुर पुनर्वास नगरपालिका-६ का २९ वर्षीय मीनबहादुर सुनार, बेलडाडी गाउँपालिका-२ का ३० वर्षीय विशाल सुनार, २८ वर्षीय कमल सुनार र २२ वर्षीय जयराम सुनार थिए।

यस्तै, पक्राउ पर्ने भारतीयमा भारत दिल्ली पालंगाका ३२ वर्षीय अमित कुमार, भारत २६ वर्षीय कुनाल शर्मा, २४ वर्षीय निखिल कुमार र १९ वर्षीय प्रियंसु टापु थिए। धनगढी उपमहानरपालिका-५ तारानगरस्थित शिवदत्त पाण्डेयको घरमा सुनारसमेतले अवैध रूपमा आईटी सेक्टर सञ्‍चालन गरी विभिन्‍न बहानामा मनी लाउन्डरिङ, दुर्घटना बीमालगायतमा प्रलोभनमा पारी विशेष गरी पोल्यान्डलगायत मुलुकका नागरिकहरूलाई अनलाइन ठगी गर्ने गरेको सूचनाका आधारमा प्रहरीले उनीहरूलाई पक्राउ गरेको थियो।

 

०००

 

नेपाल प्रहरीको तथ्यांकले पनि नेपालमा हुने अपराधमा विदेशी नागरिकको संलग्‍नता बढ्दै गएको पुष्‍टि गर्छ। आर्थिक वर्ष ०७८-७९ मा विभिन्‍न अपराधको आरोपमा ७७ जना विदेशी नागरिक पक्राउ परेका थिए।

यस्तै, आव ०७९-८० मा यो संख्या ५५ ले बढेर १३२ पुगेको थियो। ०८०-८१ मा ९१, ०८१-८२ को माघ मसान्तसम्म ५५ विदेशी नागरिक छुट्टाछुट्टै अपराधमा  पक्राउ परेका छन्। त्यसरी पक्राउ पर्नेहरूमा चीन, बंगलादेश, फ्रान्स, क्यानाडा, पोल्यान्ड, दक्षिण कोरिया, पाकिस्तान, रुस, नर्वे, जाम्बिया, म्यानमार, अफगानिस्तान, टर्की, दक्षिण अफ्रिका, तान्जानिया, बेलारुस, अस्ट्रेलिया, भुटान, सुडान, मौरिसस, इटाली, अर्जेटिना, ग्रिस, माल्डोभा, श्रीलंकालगायत देशका नागरिक छन्।

उल्लेखित तथ्यांक भारतीय नागरिकबाहेकको हो। नेपालमा हुने अपराधमा अन्य देशका भन्दा भारतीय नागरिकको संलग्‍नता बढी हुने जानकारहरू बताउँछन्।

जस्तो- आव ०७८-७९ मा विभिन्‍न अपराध गरेको आरोपमा नेपाल प्रहरीले ३१ भारतीयलाई पक्राउ गरेको थियो। ०७९-८० मा ५१, ०८०-८१ मा १५५ र ०८१-८२ को माघ मसान्तसम्म १५६ भारतीय पक्राउ परेका छन्।

जुवा खेल्ने वा सट्टाबाजी गरेको अपराधमा बढी भातीय नागरिक पक्राउ पर्ने गरेका छन्। यसबाहेक डाँका चोरी, साधारण चोरी, कर्तव्य ज्यान, अवैध मुद्दा तथा सुन, लागूऔषध ओसारपसार, किर्ते राहदानी, अपहरण, सवारी अंगभंग र निषेधित क्षेत्रमा प्रवेशलगायत कसुरमा भारतीय नागरिक पक्राउ पर्ने गरेको केन्द्रीय प्रहरी प्रवक्ता डीआईजी दिनेशकुमार आचार्य बताउँछन्। भन्छन्, ‘नेपालमा अपराध गर्ने विदेशी नागरिकमा महिला र पुरुष दुवैको संलग्‍नता देखिने गरेको छ।’

 

०००

 

नेपाल सस्तो र वातावरणको हिसावले निकै अनुकुल देश हो। सोही कारण विदेशी नागरिक नेपाल आई अपराध गर्ने वा आश्रय लिने गरेको प्रहरीका पूर्व डीएसपी गोविन्द पन्थी बताउँछन्। भन्छन्, ‘खुल्ला सिमानाकै कारण आफ्नै देशमा अपराध गरी नेपालमा लुकीछिपी बस्‍ने अथवा नेपालमा अपराध गर्ने ट्रेन्ड पुरानै हो। तर, पछिल्ला वर्षमा यो झनै बढ्दो छ।’

सुन तस्करी होस् या लागूपदार्थ ओसारपसार, अवैध मुद्रा होस् या मानव बेचविखन हरेक अपराधमा विदेशी नागरिकको संलग्‍नता देखिन थालेको छ। प्रहरीको ४ वर्षको तथ्यांक केलाउँदा आपराधिक क्रियाकलापमा पक्राउ परेका विदेशी नागरिकको संख्या बर्सेनि बढ्दो छ। बैंकिङ कसुर, ठगी, भिसा समाप्ति, लागूऔषध ओसारपसार, बाल यौन दुराचार, किर्ते, अपहरण तथा शरीर बन्धक, भन्सार छली, अवैध मुद्रा, चोरी र बहुविवाहजस्ता अपराधमा विदेशी नागरिक पक्राउ पर्ने गरेको उनी बताउँछन्।

नेपालका लागि भिसा पाउन पनि सहज छ। त्यसकारण धेरै गैरनेपाली नागरिक नेपाल आई अवैध रूपमा बसिरहेको भेटिन्छन्। त्यसमाथि नेपालबाट युरोपेली मुलुक जान सहज हुने भन्दै विशेषगरी बंलादेशी नागरिक नेपाल आउने ट्रेन्डमा पनि वृद्धि भइरहेको छ। पूर्व डीएसपी पन्थी भन्छन्, ‘नेपाल वातावरणको हिसावले अनुकुल, बस्‍नको लागि सस्तो र अवैध रूपमा बस्दा पनि कारवाही हुँदैन भन्‍ने विश्‍वासकै कारण गैरनेपाली नागरिकलाई यहाँ आएर अपराध गर्न बल मिलेको छ।’

उनका अनुसार पछिल्ला वर्षहरूमा भारतीय नक्कली नोटको कारोबार घटेको देखिन्छ। तर, त्यसको सट्टामा अनलाइन ठगी बढेको छ। यस अपराधमा भारतीय र चिनियाँ नागरिक बढी पक्राउ पर्ने गरेका छन्। जबदेखि प्रविधिको प्रयोग बढी हुन थाल्यो, अनलाइनबाट हुने अपराध पनि नेपालमा बढ्दै गएको उनी बताउँछन्।

 

०००

 

त्यसो त, नेपालमा हुने आपराधिक क्रियाकलापमा विदेशी नागरिकको संलग्‍नता पहिलेदेखि नै देखिँदै आएको हो। तर, विगतभन्दा वर्तमानमा अपराधको ट्रेन्डमा परिवर्तन आएको नेपाल प्रहरीका पूर्व डीआईजी हेमन्त मल्ल ठकुरी बताउँछन्।

उनका अनुसार ५०-६० वर्षअघि प्रायः लागूऔषध अपराधमा विदेशी नागरिकको संलग्‍नता बढी देखिन्थ्यो। हेरोइनलगायत लागूऔषध ओसारपसार गर्ने थुप्रै युरोपेली मुलुकका नागरिक पक्राउ पर्थे।

२०३३ सालमा लागूऔषध (नियन्त्रण) ऐन आएपछि यस अपराधमा विदेशी नागरिकको संलग्‍नता निकै कम भयो। तर, त्यसपछिका वर्षदेखि फेरि संलग्‍नता बाक्लिँदै गयो- खासगरी विदेशी मुद्रा तस्करीमा।

अहिले लागूऔषध ओसारपसार, नक्कली मुद्रासहित साइबर अपराधमा पनि चिनियाँ र भारतीय नागरिकको संलग्‍नता देखिन थालेको छ। खुला सीमा भएकै कारण नेपाली नागरिक भारत पुगेर तथा भारतीयहरू नेपालमा आएर अपराध गर्ने ट्रेन्ड उस्तैउस्तै छ। नेपाल आई कर्तव्य ज्यान कसुरमा भारतीय नागरिक बढी पक्राउ पर्दै आएको पूर्व डीआईजी मल्ल बताउँछन्।

भन्छन्, ‘अहिले खासै नसुनिने आतंककारी गतिविधिमा जोडिएका भारतीय अपराधीहरूको प्रभाव पनि विगतमा धेरै देखिन्थ्यो। आतंककारी क्रियाकलापमा संलग्‍न भएका अपराधीहरू नेपाल आएर लुक्ने गर्थे,  जुन अहिले खासै देख्‍न र सुन्‍न पाइँदैन।’

सबै अपराधमा विदेशी नागरिकको संलग्‍नता एउटै कारणले बढेको हो भन्‍न मिल्दैन। युरोपेली मुलुकका नागरिकलाई शंका नगर्ने प्रवृत्तिका कारण विदेशी मुद्राको अवैध ओसारपसारसम्बन्धी अपराधमा उनीहरूको संलग्‍नता बढी देखिन थालेको उनको भनाइ छ। हाल नेपाल प्रहरीले सबैलाई शंकाको घेरामा राख्‍ने गरेको छ। सोही कारण विभिन्‍न अपराधमा विदेशी नागरिक पक्राउ पर्ने दर पनि उकालो लाग्दै गएको उनी बताउँछन्।

बुधबार, चैत १३, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

राशिफल : वृश्‍चिक- मान-सम्मान, धनु- स्वादिष्‍ट भोजन
अदालती मुद्दाको चाप घटाउन मेलमिलाप विधेयकः मन्त्री गौतम
बाढीबाट प्रभावित नागरिकको आक्रोशलाई राज्यप्रतिको अपेक्षा र अन्तिम गुहारका रूपमा बुझ्नुपर्छः सभापति लामिछाने
थाई विद्यालयमा शिक्षिकाको हत्या
परराष्ट्रमन्त्री खनालसँग श्रीलङ्काकी राजदूत डेल्पिटियाको भेट
वर्षान्तको बजेट खर्च रोक्ने मधेसको नयाँ परीक्षण

भर्खरै

  • १.
    राशिफल : वृश्‍चिक- मान-सम्मान, धनु- स्वादिष्‍ट भोजन

  • २.
    अदालती मुद्दाको चाप घटाउन मेलमिलाप विधेयकः मन्त्री गौतम

  • ३.
    बाढीबाट प्रभावित नागरिकको आक्रोशलाई राज्यप्रतिको अपेक्षा र अन्तिम गुहारका रूपमा बुझ्नुपर्छः सभापति लामिछाने

  • ४.
    थाई विद्यालयमा शिक्षिकाको हत्या

  • ५.
    परराष्ट्रमन्त्री खनालसँग श्रीलङ्काकी राजदूत डेल्पिटियाको भेट

  • ६.
    वर्षान्तको बजेट खर्च रोक्ने मधेसको नयाँ परीक्षण

  • ७.
    भक्तपुरमाः आज पञ्चदान पर्व मनाइँदै

  • ८.
    सत्ता र प्रतिपक्षको परम्परागत सोचबाट माथि उठेर जलवायु न्यायका लागि जुटौँः सभापति लामिछाने

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.