Advertisement
काठमाडौं- सोलुखुम्बु खुम्बुपासाङ ल्हामु गाउँपालिका-४ टासिङ्गा डेरा गरी बस्ने महाकुलुङ गाउँपालिका बुङ घर भएका ५५ वर्षीय लाटा काईला भन्ने पुरूष आफ्नै कोठामा बिहीबार मृत अवस्थामा फेला परेका छन् ।
सिन्धुली कमलामाई नगरपालिका-६ स्थित बसपार्क प्रतिक्षालय नजिक सोही नगरपालिका-४ घर भएका ५५ वर्षीय बुद्ध बहादुर स्याङबो बिहीबार मृत अवस्थामा फेला परेका छन् ।
धनुषा जनकपुर उपमहानगरपालिका-४ राम मन्दिरस्थित पिपल वोट छेउमा हाल नाम, थर, वतन नखुलेका अन्दाजी ६० वर्षीय पुरुष बिहीबार मृत अवस्थामा फेला परेका छन् ।
ईलाम देउमाई नगरपालिका-७ सिद्दिथुम्कास्थित बारीमा सोही नगरपालिका-७ बासतल बस्ने ४५ वर्षीय सन्तोष राई शुक्रबार मृत अवस्थामा फेला परेका छन् ।