काठमाडौँ । सत्तारुढ दल नेपाली कांग्रेसले स्थानीय तह निर्वाचनमा बागी उम्मेदवारी दिएकालाई उम्मेदवारी फिर्ता लिन दोस्रोपटक निर्देशन दिएको छ ।
Advertisement
यदि, बागी उम्मेदवारी फिर्ता नलिए उम्मेदवार, उम्मेदवारको प्रस्तावक र समर्थक पार्टीबाट स्वतः निष्कासित हुने कांग्रेसले जानकारी दिएको छ ।
केन्द्रीय पार्टी कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले हस्ताक्षर गरेको विज्ञप्तिमा पार्टीको आधिकारिक उम्मेदवारविरूद्ध बागी उम्मेदवारी दिए आज १० बजेदेखि ५ बजेभित्र उम्मेदवारी फिर्ता लिन निर्देशन दिएको छ ।
