बराहक्षेत्र– बराहक्षेत्र नगरपालिका-१ स्थित सप्तकोशी नदी पुलबाट हाम फालेर एक व्यक्तिले आत्म हत्याको गरेका छन।
Advertisement
धरान-१५ बस्ने अन्दाजी ४५ वर्षीय दुर्गा प्रसाद कुरुङ्गवा (लिम्बू ) घरबाट ४:३० घरबाट कसैलाई केहि नभनि प्रदेश १-०२ ०५२ प ४९७८ नम्बरको स्कुटीमा लिइ हिडि बराहक्षेत्र नगरपालिका वडा नं १ मा आई सप्तकोशी नदी पुलबाट हाम फालेर आत्महत्या गरेको कुरा प्रहरीले जानकारी दिएको छ।
कुरुङ्गवा (लिम्बू) मृतकको सरिर आज विहान बेलका ८ मा सप्तकोशी नदि किनारका भेटिएको थियो।
मृतकको श्रीमती दिपा लिम्बुले सनाखत गरी दिए पछि पोष्टमार्टम गर्नका लागि विपि कोइरालाको स्वास्थ्य विज्ञान प्रतिष्ठानका धरान पठाइएको कुरा इलाका प्रहरी कार्यालय रामपुरमा प्रहरी निरीक्षक मौसम उदासले जानकारी दिए।