Advertisement
प्युठान । जिल्लाको झिमरुक गाउँपालिकामा सत्ता गठबन्धनभित्र कुरा नमिलेपछि नेकपा माओवादी केन्द्र र नेकपा एमालेबीच चुनावी तालमेल हुने भएको छ ।
गाउँपालिकाको अध्यक्ष को बन्ने भन्ने विषयमा माओवादी र राष्ट्रिय जनमोर्चाबीच सहमति हुन नसकेपछि माअोवादी र एमालेले चुनावी तालमेल गर्ने भएको हो ।
चुनावी तालमेलसँगै माओवादी नेता पितबहादुर एमसी अध्यक्ष र एमालेबाट हुकुमबहादुर खड्का उपाध्यक्षमा उठ्ने भएका छन् ।
यस्तै, जनमोर्चा र काँग्रेसबीच तालमेल भएको छ । जनमोर्चाबाट अध्यक्षमा टीकाबहादुर जिसी उपाध्यक्षमा कांग्रेसका प्रमोद पोखरेल उम्मेदवार भएका छन् ।
यसअघिको निर्वाचनमा अध्यक्ष र उपाध्यक्षमा जनमोर्चाले जितेको थियो ।