• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
आइतबार, भदौ २८, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

सुदूरपश्चिममा जडीबुटीः न प्रशोधन केन्द्र, न त औषधि उद्योग नै

मुस्ताङ भन्सारमा पन्ध्र दिनमै एक अर्ब ७८ करोड राजस्व

राष्‍ट्र संघमा प्रधानमन्त्री : ‘साइड लाइन’ संवादको सम्भावना शून्य, नेपालले उठाउने छ ‘क्लाइमेट जस्टिस’को मुद्दा

आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

विश्‍व घटना : लन्डनमा १ लाखको प्रदर्शन

राशिफल : कर्कट- सुखानुभूति, मीन- पराक्रम बढ्ने

बाढीले बगाएका गरगहनासहित धादिङमा एक पक्राउ

विपद्मा काभ्रे : जोखिम पहिचान, पूर्वसूचना, सुरक्षित निर्माण र पूर्वतयारीलाई प्राथमिकता

चिलीको वृद्धाश्रममा आगलागी हुँदा १६ जनाको मृत्यु

लोकप्रिय समाचार

  • १. डिपिआरमै तुहिँदै सेतीको सपना : १ करोड खर्चेर बनाइएको योजना, पाँच वर्षदेखि दराजमै थन्किएको अस्पतालको भविष्य

  • २. राशिफल : वृष- अप्ठ्यारो सम्झौता, सिंह- आरामदायी यात्रा

  • ३. राशिफल : वृश्‍चिक- मान-सम्मान, धनु- स्वादिष्‍ट भोजन

  • ४. राशिफल : मेष- आत्मीयता बढ्ने, कन्या- प्रशन्‍नता

  • ५. राशिफल : वृश्‍चिक- काम बन्‍ने, कुम्भ- मनमा हर्ष

  • ६. राशिफल : वृष- कृषिमा लाभ, सिंह- रमाइलो यात्रा

  • ७. झटारो : बडकी भलमन्सिनियाको समाचार वाचन !

  • ८. भोटेकोशी बाढी पीडितलाई क्यासिनो एसोसिएसनको ८५ लाख २३ हजार

  • ९. “१२५ बेडको स्वीकृति, ३२० बेडमा उपचार : बिरामीको चाप थेग्न सेती अस्पतालले आइतबार पनि सेवा दिने

  • १०. राशिफल : मकर- शत्रु परास्त, कुम्भ- धन आर्जन

गुलाबको फुल कसरी आयो दक्षिण एसियामा ?


    Avatar photo
शनिबार, माघ २६, २०८१ मा प्रकाशित

नयाँदिल्ली- संसारमा फूलहरू धेरै भए पनि गुलाबजति माया र सम्मान शायदै अरू कुनै फुलले पाएका छन्। कसैले यसलाई प्रेम व्यक्त गर्न प्रयोग गर्दै आएका छन् भने अरूले यसलाई वर्षौंदेखि सम्पदाको रूपमा पुस्तकको पानामा राखेका छन्। वास्तवमा, गुलाबको उत्पत्ति मध्य एसियाका उपत्यकाहरूबाट भएको मानिन्छ।

Advertisement

पृथ्वीमा गुलाब ३ लाख वर्षदेखि छ। तर, यसको नियमित खेती ५ हजार वर्षअघि चीनमा शुरु भयो। त्यसपछि यो फूलको राजा रोमन साम्राज्य हुँदै अफगानिस्तान र भारतमा आइपुग्यो। भारतमा गुलाबको आगमनको कथा पनि युद्धबाट शुरु हुन्छ। त्यो पानीपतको लडाइँ थियो, जसलाई जितेर भारतको लगाम फरगानाबाट आएका जहिरुद्दिन मोहम्मद बाबरको हातमा गयो। बाबरले हिन्दुस्तान ग्रहण गर्ने निर्णय गरे। र, मुगलहरूले प्रेमको सन्देशका रूपमा भारतलाई गुलाबको फूल उपहार दिए।

भ्यालेन्टाइन विक शुरु भएको छ। पहिलो दिन रोज डे। त्यसैले, आज हामी संसारमा गुलाब फूलको व्यापारको बारेमा चर्चा गर्दैछौं।

बाबरले धेरै ऊँटमा ल्याएका थिए गुलाब

बाबरनामाका अनुसार बाबरलाई गुलाब यति धेरै मन पर्‍यो कि उनले आफ्ना चार छोरीको नाम नै गुलराङ, गुलचेहरा, गुलबदन र गुलरुख राखे। तीमध्ये गुलबदन बेगमले प्रसिद्ध पुस्तक ‘हुमायुनामा’ लेखेकी थिइन्। गुलको अर्थ गुलाब हो।

जब बाबर उज्बेकिस्तानको समरकन्दबाट भारततर्फ सरेका थिए, उनले धेरैवटा ऊँटमा गुलाब ल्याएका थिए। उनले आगरा, कश्मीर र दिल्लीलगायत धेरै ठाउँमा बगैंचा बनाए, जहाँ गुलाब मात्रै फल्ने गरेको थियो।

विश्‍वमा फूल उद्योग ३ लाख करोड

मुगलहरूलाई यो गुलाब यति मन पर्‍यो कि बाबर र शाहजहाँको चित्रमा पनि हातमा गुलाब समातेको देखिन्छ। नूरजहाँले गुलाबको अत्तर पनि आविष्कार गरिन्। पछि यो गुलाब राजदरबारबाट निस्किएर मन्दिरमा चढाउन थालियो र सर्वसाधारणले पनि मन पराए।

आज प्रेम संसारभर यति फैलिएको छ कि विश्‍वव्यापी फूल उद्योगले ३ लाख करोड रुपैयाँ पार गरेको छ। रिसर्च एन्ड मार्केट्सको रिपोर्टअनुसार भारतमा फूलको व्यापार २३ हजार करोड नाघेको छ। सन् २०२८ सम्ममा ४६ हजार करोड रुपैयाँ पुग्‍ने अनुमान गरिएको छ। तर, भारतमा मन्दिरहरूमा पनि फूलको प्रयोग धेरै हुन्छ। भ्यालेन्टाइन डे, विवाह वार्षिकोत्सव, बर्थडे, फ्रेन्डसिप डे, मदर्स डे र फादर्स डेमा पनि फूल दिने चलन बढेको छ।

भारतमा गुलाब खानाजत्तिकै महत्त्वपूर्ण

सन् १३०० थियो। जब एक यात्री रसिदुद्दिन गुजरात पुगे। उनले लेखेका छन्, ‘यहाँका मानिसहरू धेरै धनी र खुशी छन्। उनीहरूले ७० प्रकारका गुलाब फलाउँछन्।’ त्यही समयमा इरानी राजदूत अब्दुर रज्जाक, जसले सन् १४४३ मा विजयनगर राजतन्त्रको भ्रमण गरे, लेख्छन्, ‘भारतमा सबै ठाउँमा गुलाब बेचिन्छ। यहाँका मानिसहरू गुलाबबिना बाँच्‍न सक्दैनन्। उनीहरू यसलाई खानाजत्तिकै महत्त्वपूर्ण मान्छन्।’

अझ के हो भने मुगल हम्माममा पनि राजा र रानीहरूका लागि २० हजार गुलाबको फूलबाट गुलाब जल बनाइएको थियो। अर्थात्, गुलाब त्यतिबेला पनि भारतीयहरूको रोजाइ थियो र आज पनि छ।

पुरुषहरूले रोमान्टिक कारणले गुलाब किन्छन्

साफनाउ डट ओआरजीमा प्रकाशित एक अध्ययनअनुसार पुरुषहरूले रोमान्टिक कारणले गुलाब किन्छन् भने महिलाहरूले आफ्ना आमाहरूलाई खुशी पार्न यी फूलहरू किन्छन्। आफ्नो खुशीका लागि पनि यी फूल किन्छन्।

गुरुदेव रवीन्द्रनाथ टैगोरले जीवनका लागि गुलाबलाई महत्त्वपूर्ण ठान्थे। उनी भन्थे, ‘तिमीसँग दुईवटा चपाती छ भने एउटा बेचेर एउटा गुलाब किन।’

गुलाबको खरिदले ग्रिटिङ कार्ड र क्यान्डीलाई गर्‍यो ओभरटेक

आजकल मानिसहरू लुगा, ग्रिटिङ कार्ड र क्यान्डीहरूमा भन्दा गुलाबलगायत फूलहरूमा बढी खर्च गर्छन्। रियोरोजेज डट कमको रिपोर्टअनुसार अमेरिकामा मात्र भ्यालेन्टाइन डेमा केटा र केटीहरूले आफ्नो प्रेम व्यक्त गर्न लगभग १७ हजार करोड रुपैयाँ (भारु) फूलमा खर्च गर्छन्। विभिन्‍न फूलहरूमध्ये लगभग ८४ प्रतिशत हिस्सा गुलाबको छ।

एउटा गुलाबको मूल्य ५०

सामान्यतया १० भारतीय रुपैयाँमा बिक्री हुने गुलाब भ्यालेन्टाइन डेको अवसरमा निकै महँगोमा बिक्री हुने गरेको छ। एउटा गुलाबको मूल्य ५० देखि ८० रुपैयाँसम्म पुग्छ। बजारमा सबैभन्दा बढी रातो गुलाबको माग छ। रोज डे र भ्यालेन्टाइन डेमा एउटै पसलबाट ५ सयभन्दा बढी गुलाब बिक्री हुने गरेका छन्।

साफनाउ डट ओआरजीका अनुसार भ्यालेन्टाइन डेमा २५ करोड गोटा गुलाफ बिक्री हुन्छन्। र, तिनको मूल्य औसत ३० भारु निकाल्ने हो भने ७५० करोड रुपैयाँ पुग्छ। अर्थात्, एकै दिनमा प्रेमका लागि ७५० करोड भारतीय रुपैयाँबराबरको गुलाब खरिद गरिन्छ।

रोममा गुलाबकी देवी र भारतमा लक्ष्मीलाई पनि मन पर्छ

रोममा फूलकी देवी क्लोरिसलाई गुलाबको फूल निकै मनपर्छ भने भारतमा लक्ष्मी गुलाबको फूलमा विराजमान भएको देखिन्छ। शास्त्रमा भनिएको छ- लक्ष्मी मातालाई रातो गुलाब चढाउँदा घरमा धनको कमी हुँदैन। इजिप्‍टकी रानी क्लियोपेट्रा आफ्नो दरबारमा गुलाबको कार्पेटमा मात्र हिँड्ने गर्थिन् भनिन्छ। आज संसारमा १५० भन्दा बढी प्रकारका गुलाबहरू छन्।

(भास्कर डट कमबाट)

 

शनिबार, माघ २६, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

सुदूरपश्चिममा जडीबुटीः न प्रशोधन केन्द्र, न त औषधि उद्योग नै
मुस्ताङ भन्सारमा पन्ध्र दिनमै एक अर्ब ७८ करोड राजस्व
राष्‍ट्र संघमा प्रधानमन्त्री : ‘साइड लाइन’ संवादको सम्भावना शून्य, नेपालले उठाउने छ ‘क्लाइमेट जस्टिस’को मुद्दा
आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर
विश्‍व घटना : लन्डनमा १ लाखको प्रदर्शन
राशिफल : कर्कट- सुखानुभूति, मीन- पराक्रम बढ्ने

भर्खरै

  • १.
    सुदूरपश्चिममा जडीबुटीः न प्रशोधन केन्द्र, न त औषधि उद्योग नै

  • २.
    मुस्ताङ भन्सारमा पन्ध्र दिनमै एक अर्ब ७८ करोड राजस्व

  • ३.
    राष्‍ट्र संघमा प्रधानमन्त्री : ‘साइड लाइन’ संवादको सम्भावना शून्य, नेपालले उठाउने छ ‘क्लाइमेट जस्टिस’को मुद्दा

  • ४.
    आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

  • ५.
    विश्‍व घटना : लन्डनमा १ लाखको प्रदर्शन

  • ६.
    राशिफल : कर्कट- सुखानुभूति, मीन- पराक्रम बढ्ने

  • ७.
    बाढीले बगाएका गरगहनासहित धादिङमा एक पक्राउ

  • ८.
    विपद्मा काभ्रे : जोखिम पहिचान, पूर्वसूचना, सुरक्षित निर्माण र पूर्वतयारीलाई प्राथमिकता

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.