• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
बिहिबार, भदौ २५, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

भोटेकोशी बाढीका कारण पूर्वाधार क्षेत्रमा ९० अर्बको क्षति

बाढीले प्रभावित क्षेत्रमा पुनर्निर्माणका लागि सात खर्ब २३ अर्ब आवश्यक

फिलिपिन्समा पानी जहाजमा आगलागी, पाँच जनाको मृत्यु, दर्जनौँ बेपत्ता

एक सय सात पिन्ट रगत सङ्कलन

नेपाल एसीसी प्रिमियर कप क्रिकट प्रतियोगिताको फाइनलमा

चरम ग्यास अभावबीच उद्योगमन्त्री गौरीकुमारी यादवले दिइन् राजीनामा

बाँकेमा फरार १७१ जना कैदी तथा बालबन्दी पक्राउ

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु १२ अर्ब ४३ करोडभन्दा बढी

अपर म्याग्दी–१ को सुरुङ ‘ब्रेक थ्रु’

लोकप्रिय समाचार

  • १. हे प्रकृति तिम्रो न्याय यही हो ?

  • २. राशिफल : कर्कट- नयाँ काम, मीन- उद्योगमा फाइदा

  • ३. राशिफल : तुला- तीर्थाटन, वृश्‍चिक- मनोरञ्‍जन

  • ४. राशिफल : वृष- अप्ठ्यारो सम्झौता, सिंह- आरामदायी यात्रा

  • ५. राशिफल : वृष- काम सम्पादन, सिंह- रमाइलो यात्रा

  • ६. राशिफल : वृश्‍चिक- मान-सम्मान, धनु- स्वादिष्‍ट भोजन

  • ७. राशिफल : मेष- आत्मीयता बढ्ने, कन्या- प्रशन्‍नता

  • ८. राशिफल : वृश्‍चिक- काम बन्‍ने, कुम्भ- मनमा हर्ष

  • ९. भोटेकोशी बाढी पीडितलाई क्यासिनो एसोसिएसनको ८५ लाख २३ हजार

  • १०. नेपाली युवा बक्सर घिमिरे बने विश्व च्याम्पियन

तीन दिनमा लाइसेन्सको ट्रायल दिने व्यवस्था, यसरी हुँदै छ काम


सोमबार, बैशाख १२, २०७९ मा प्रकाशित

 

Advertisement

काठमाडौँ । तपाईं नयाँ चालक अनुमति पत्र (लाइसेन्स) लिने चाहनामा हुनुहुन्छ ? बायोमेट्रिक दर्ता, लिखित परीक्षा तथा प्रयोगात्मक परीक्षा ‘ट्रायल’ दिन विसं २०८१ सम्म ‘प्याक’ भइसक्यो । अनलाइन फाराम भर्न ‘सिस्टम पनि क्लोज’ छ भन्ने ‘टेन्सन’ भएको होला ।

 

दिक्क नमान्नुहोस् । यही वैशाख २५ सम्म पर्खनुहोला । बागमती प्रदेश, मुख्यमन्त्रीको कार्यालय, प्रदेश श्रम, रोजगार तथा यातायात मन्त्रालय तथा मन्त्रालय मातहतको यातायात व्यवस्था कार्यालयले नयाँ लाइसेन्सका लगि सेवाग्राहीले अनलाइन फाराम समावेशको सुनिश्चित भएको भोलिपल्ट बायोमेट्रिक दर्ता, पर्सिपल्ट लिखित परीक्षा तथा यसपछि ‘ट्रायल’ दिने चुस्त प्रणालीको व्यवस्था गर्ने गरी आवेदन प्रणाली खुला गर्ने गरी तयारी गर्दै छ । यसबाट सेवाग्राहीले विचौलियाबिना सेवा पाउने तथा यस क्षेत्रमा चमत्कारिक फड्को मारिने विश्वास गरिएको छ ।

 

सवारी चालक अनुमतिपत्र कार्यालय ठूलो भर्याङका निमित्त प्रमुख सञ्जय थापाले भने, ‘नयाँ लाइसेन्सका लागि सेवाग्राहीले अनलाइन फाराम समावेशको सुनिश्चित भएको भोलिपल्ट बायोमेट्रिक दर्ता, पर्सिपल्ट लिखित परीक्षा तथा यसपछि ‘ट्रायल’ दिने चुस्त प्रणालीको व्यवस्था कसरी मिलाउन सकिन्छ भन्ने गृहकार्यमा छौँ, अब खुला हुने अनलाइनमा यस्तो प्रणाली विकास हुन्छ ।’

 

लाइसेन्स वितरण, नवीकरण यसका लागि बायोमेट्रिक दर्ता, लिखित परीक्षा, ट्रायलको प्रबन्ध तथा राजस्व संकलनलगायतका सेवा प्रदान गर्दै आइरहेको छ । सो कार्यालयले विसं २०७८ फागुन महिनासम्म लाइसेन्सका लागि अनलाइन फाराम भरेका विसं २०८१ असारसम्म ‘अफिस भिजिट डेट’निर्धारण गरेका सबै सेवाग्राहीका काम यही वैशाख २५ गतेभित्र सम्पन्न गर्दैछ ।

 

‘हामी तीन वर्षका लागि निर्धारण गरेका काम यही वैशाख २५ भित्र सक्ने लक्ष्यका साथ सेवाग्राहीको सेवामा अहोरात्र जुटिरहेका छौँ, यसका लागि बिहान ७ः३० देखि पाँचबजेसम्म सेवा प्रदान गरिरहेका छौँ, विचौलिया बिनाको सेवा नै हाम्रो ध्येय हो,’ उनले भने । अहिले देशभर करिब साढे सात लाख सेवाग्राही नयाँ लाइसेन्स अनुमतिका पर्खाइमा रहेका बताइएको छ ।

 

करिब तीन वर्ष सोही कार्यालयको शाखा अधिकृतका रुपमा कार्यरत उनले विसं २०७७ पुस ५ देखि निमित्त कार्यालय प्रमुखको जिम्मेवारी सम्हाल्दै आएका छन् । उनले भने, ‘मैले तीन वर्षे कार्य योजना बनाइ मेरो तालुकदार निकाय प्रदेश मुख्यमन्त्री कार्यालय, श्रम, रोगार तथा यातायात मन्त्रालय तथा यातायात व्यवस्था विभागमा प्रस्तुत गरेको गरेँ, ती निकायका उच्च नेतृत्वको निरन्तर उत्प्रेरणा र सहजीकरणले गर्दा कार्य योजना कार्यान्वयन भइराखेको छ, यसले नतिजा दिन थालेको छ ।’

 

आइतबार मात्र बागमती प्रदेश मुख्यमन्त्री राजेन्द्र पाण्डेसँग निमित्त प्रमुख थापाले भेट गरेका थिए । ‘मुख्यमन्त्री तथा श्रम, रोजगार तथा यातायात मन्त्री यातायात क्षेत्र कसरी सुधार गर्ने भन्नेमा धेरै चिन्तित हुनु हुन्छ, सेवा प्रवाह चुस्त र सहज बनाउन निर्देश, समन्वय तथा आवश्यक बजेटका लागि सहजीकरण गरिदिइरहनु भएको छ, कार्य योजना कार्यान्वयनमा सहयोग गरिराख्नु भएको छ,’ मुख्यमन्त्री पाण्डेले आफ्नो पदको कार्यभार सम्हालेकै दिन यातायात क्षेत्रको तत्काल सुधारका लागि यातायात कार्यालयद्वारा प्रदान गरिने सेवालाई चुस्त बनाउन सम्बन्धित निकायलाई निर्देश गरेका थिए ।

 

यस क्रममा उनले आफूले दिएका निर्देश के कति कार्यान्वयनमा आए भन्ने दैनिक जानकारी लिने व्यवस्था पनि मिलाएको जनाइएको छ ।

 

श्रम, रोजगार तथा यातायातमन्त्री घनश्याम दाहालले यातायात क्षेत्रको सुधारका लागि उच्च प्राथमिता दिएको बताए । यस क्रममा उनले यातायात कार्यालयका सेवालाई छिटो, छरितो र चुस्त बनाउन विभिन्न नीतिगत सुधारको थालनी गरेको मन्त्रालयले जनाएको छ ।

विचौलिया विनाको सेवा प्रवाह

कार्यालयको सेवा प्रवाहलाई चुस्त बनाउ सेवा प्रवाह तालिका कार्यान्वयनमा ल्याएको छ । कार्यालयको आगनमा नै सबै सेवाग्राहीले देख्ने गरी कुन कोठामा के काम हुन्छ, त्यो काम कुन कर्मचारीको जिम्मेवारीभित्र पर्छ भन्ने जानकारीको सूचना पाटी छ ।

 

निमित्त प्रमुख थापाले भने, ‘सेवा प्रावह तालिका कार्यान्वयनमा आएपछि सेवाग्राहीले विचौलियका हात समात्न परेको छैन, सेवाग्राहीले कोठामा रहेका कर्मचारीबाट सहज सेवा पाइरहेका छन्, यसका लागि मैले कर्मचारी साथीलाई सेवाग्राही मैत्री बन्न विशेष आग्रह तथा निर्देश गरेको छु, सेवाग्राहीका हरेक गुनासो म आफैले सम्बोधन गर्दै आइरहेको छु, मलाई भेट्न सेवाग्राहीलाई कुनै समस्या छैन, सेवाग्राही मलाई भेट्न होइन,म उहाँहरुलाई भेट्दै काम गरिदिन्छु । कार्यालय विचौलियामुक्त बनाएको छु ।’

 

सो कार्यालयले अहिले औसतमा दैनिक ६०० सेवाग्राहीलाई आवश्यक सेवा प्रवाह गरिराखेको छ । कार्यालयले चन्द्रागिरि नगरपालिका १२ गुर्जुधारास्थित ‘भेहिकल एकेडेमी एण्ड रिसर्च सेन्टर’बाट ट्रायल परीक्षा सञ्चालन गरिराखेको छ । ३२ रोपनी जमिनमा फैलिएको नेपालको सबैभन्दा ठूलो, अत्याधुनिक तथा सुविधा सम्पन्न सो भेहिकल एकेडेमीको क्षमता दुई हजारभन्दा बढी रहेको जनाइएको छ ।

 

कार्यालयले यातायातका सबै साधनको प्रयोगात्मक परीक्षाका लागि सो भेहिकल एकेडेमीलाई ‘ट्रायल सेन्टर’का रूपमा स्वीकृत दिएको छ । कार्यालय प्रमुख थापाले भने, ‘भेहिकल एकेडेमीमा सबै प्रकारका यातायातका लाइसेन्सको प्रयोगात्मक परीक्षाका लागि पूर्वाधार तथा प्रशिक्षणका लागि सुविधा छ । कार्यालयले एकेडेमीबाट नै लाइसेन्सका लागि प्रयोगात्मक परीक्षा सञ्चालन गर्दै आएको छ ।’

 

एकेडेमीको क्षमता दैनिक दुई हजारभन्दा बढीको ‘ट्रायल’ परीक्षा सञ्चालन गर्नसक्ने तर ‘ट्रायलको कोटा’ निर्धारण गरिएका कारण क्षमता उपयोग गर्न नपाइरहेको जनाइएको छ ।

 

कार्यालयले लाइसेन्सको लिखित परीक्षा हुने हललाई अत्यन्त व्यवस्थित बनाएको छ । उनले भने, ‘लाइसेन्स नवीकरणका लागि सेवाग्राहीले घरमा बसेर नै टोकन लिने व्यवस्था छ, सबै कोठामा सिसीटिभी जडान गरिएका छन्, यसलाई मैले ‘मनिटर’ गरिहेको हुन्छ, म यातायात क्षेत्रमा सेवाग्राहीले हेर्ने दृष्टिकोणमा परिवर्तन गर्न चाहन्छु, यस्तो पो होस् भन्ने सेवा भन्ने बनाउने प्रयत्नमा छु ।’

 

उनका अनुसार यातायात व्यवस्था विभागले लाइसेन्स परीक्षासम्बन्धी केही नीतिगत परिवर्तनसमेत गर्न लागेको छ । लिखित परीक्षा उत्तीर्ण भएपछि तीन पटकसम्म ट्रायल दिन पाउने प्रावधानलाई संशोधन गरी ‘ट्रायल’ पास नभएसम्म दिन पाउने व्यवस्था गर्न लागिएको जनाइएको छ ।

  • मन्त्रालय
  • यातायात
सोमबार, बैशाख १२, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

देशभर उत्साहपूर्वक मतदान
बारा, चितवन र तनहुँमा मतदान शुरु
उपनिर्वाचनमा उम्मेदवारले कति खर्च गर्न पाउँछन्?
तनहुँ– १: उम्मेदवारले थाले चुनावी अभियान
रामचन्द्र पौडेल राष्ट्रपति निर्वाचित
राष्ट्रपति निर्वाचन : सुरु भयो मतगणना

भर्खरै

  • १.
    भोटेकोशी बाढीका कारण पूर्वाधार क्षेत्रमा ९० अर्बको क्षति

  • २.
    बाढीले प्रभावित क्षेत्रमा पुनर्निर्माणका लागि सात खर्ब २३ अर्ब आवश्यक

  • ३.
    फिलिपिन्समा पानी जहाजमा आगलागी, पाँच जनाको मृत्यु, दर्जनौँ बेपत्ता

  • ४.
    एक सय सात पिन्ट रगत सङ्कलन

  • ५.
    नेपाल एसीसी प्रिमियर कप क्रिकट प्रतियोगिताको फाइनलमा

  • ६.
    चरम ग्यास अभावबीच उद्योगमन्त्री गौरीकुमारी यादवले दिइन् राजीनामा

  • ७.
    बाँकेमा फरार १७१ जना कैदी तथा बालबन्दी पक्राउ

  • ८.
    प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु १२ अर्ब ४३ करोडभन्दा बढी

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.