Advertisement
काठमाडौँ । पोखरा महानगरको मेयरमा नेकपा एमालेले कृष्ण थापालाई उम्मेदवार बनाउने भएको छ । यस्तै उपमेयरमा मञ्जुदेवी गुरुङको नाम टुंगो लागेको छ ।
शनिबार बसेको एमाले सचिवालय बैठकले पोखराको मेयरमा दीपक पौडेल र उपमेयरमा मञ्जुदेवी गुरुङको नाम सिफारिस गरेको थियो । तर, मेयरका उम्मेदवार पौडेलले पोखरामा सुनको सिक्री चोरेको भिडियो भाइरल भएको थियो ।
यो भिडियोसँगै मेयरका उम्मेदवार पौडेलको ठाउँमा थापालाई ल्याएको हो । यस्तै, उपमेयर मञ्जुदेवीले आफू उपमेयरमा नउठ्ने बताउँदै आएकी थिइन् ।