Advertisement
काठमाडौँ । स्थानीय तहको निर्वाचन नजिकिएसँगै महानगरका प्रमुख र उपप्रमुखको उम्मेदवार टुंग्याउन सत्तारुढ दल नेपाली कांग्रेसलाई कठिन भएको छ । जसका लागि कांग्रेसका शीर्ष नेताको बैठकमा बसेका छन् ।
पार्टी कार्यालय सानेपामा कांग्रेसका शीर्ष नेताहरू अनौपचारिक छलफलमा जुटेका हुन् । शुक्रबार र शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको शीर्ष नेताको छलफलमा सहमति जुट्न सकेको थिएन् ।
शीर्ष नेताबीच महानगरकाका मेयर उपमेयरमा सहमति जुटेपछि कार्य सम्पादन समिति बैठक बस्ने भएको छ ।
काठमाडौँमा सिर्जना सिंहको नाममा सहमति जुटिसकेको छ । विराटनगर र ललितपुरमा भने सहमति गर्ने प्रयास भइरहेको छ । उम्मेदवारी दर्ता शुरु भए पनि कांग्रेसले मेयर उपमेयरका उम्मेदवार गर्न कठिन भएको हो ।