• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
आइतबार, भदौ २८, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

राष्‍ट्र संघमा प्रधानमन्त्री : ‘साइड लाइन’ संवादको सम्भावना शून्य, नेपालले उठाउने छ ‘क्लाइमेट जस्टिस’को मुद्दा

विश्‍व घटना : लन्डनमा १ लाखको प्रदर्शन

राशिफल : कर्कट- सुखानुभूति, मीन- पराक्रम बढ्ने

बाढीले बगाएका गरगहनासहित धादिङमा एक पक्राउ

विपद्मा काभ्रे : जोखिम पहिचान, पूर्वसूचना, सुरक्षित निर्माण र पूर्वतयारीलाई प्राथमिकता

चिलीको वृद्धाश्रममा आगलागी हुँदा १६ जनाको मृत्यु

युक्रेन र मध्यपूर्व युद्धबीच भारतमा ब्रिक्स नेताहरूको बैठक

बजेट निर्माण प्रक्रिया तत्काल अगाडि बढाउने प्रदेश सरकारको निर्णय

लोकप्रिय समाचार

  • १. राशिफल : वृष- अप्ठ्यारो सम्झौता, सिंह- आरामदायी यात्रा

  • २. डिपिआरमै तुहिँदै सेतीको सपना : १ करोड खर्चेर बनाइएको योजना, पाँच वर्षदेखि दराजमै थन्किएको अस्पतालको भविष्य

  • ३. राशिफल : वृश्‍चिक- मान-सम्मान, धनु- स्वादिष्‍ट भोजन

  • ४. राशिफल : मेष- आत्मीयता बढ्ने, कन्या- प्रशन्‍नता

  • ५. राशिफल : वृश्‍चिक- काम बन्‍ने, कुम्भ- मनमा हर्ष

  • ६. राशिफल : वृष- कृषिमा लाभ, सिंह- रमाइलो यात्रा

  • ७. झटारो : बडकी भलमन्सिनियाको समाचार वाचन !

  • ८. भोटेकोशी बाढी पीडितलाई क्यासिनो एसोसिएसनको ८५ लाख २३ हजार

  • ९. “१२५ बेडको स्वीकृति, ३२० बेडमा उपचार : बिरामीको चाप थेग्न सेती अस्पतालले आइतबार पनि सेवा दिने

  • १०. राशिफल : मकर- शत्रु परास्त, कुम्भ- धन आर्जन

प्लास्टिक सर्जरी : सुन्दर बन्‍ने रहर, कुरूप हुने डर


    Avatar photo
सोमबार, माघ ०७, २०८१ मा प्रकाशित

काठमाडौं- उखान नै छ, रानी बन्‍न खोज्दा कहानी होला ! यस्तै हुन्छ कहिलेकाहीं। राम्रो बन्‍न कस्मेटिक्स प्रयोग होस् वा शल्यक्रिया गर्दा, कुरूप हुने। यो कथा, जर्सन टुजिलोको हो। उनी आफ्नो अनुहार आकर्षक बनाउन चाहन्थे। यो स्वाभाविक पनि हो, जो कोहीलाई राम्रो बन्‍न र देखिन मन लाग्छ।

Advertisement

सुन्दर बनाउने भन्दै बजारमा अनेक कृत्रिम तरिका अपनाइन्छ। प्राकृतिक ढंगले सुन्दर हुनेभन्दा सजिलो र छरितो काइदा हो। तर, यसको साइट इफेक्ट पनि हुन सक्छ।

जर्सन टुजिलो आफ्नो अनुहार सुन्दर बनाउने चक्करमा यसरी फसे कि उनले हुँदाछँदाको अनुहारको सौन्दर्य पनि गुमाए।

कोलम्बियाका जर्सनले एक चिकित्सको परामर्शमा गाला भर्नका लागि इन्जेक्सन लगाए। केही समयपछि ब्युटिसियनकहाँ फेसियल गर्न पुगे। त्यहाँ उसले भेउ पाए- आफ्नो अनुहारमा गलत इन्जेक्सन लगाइएको रहेछ।

त्यसको तीन महिनापछि उनको अनुहार नराम्ररी बिग्रियो। अनुहारमा डन्डिफोर आउन थाल्यो, अस्वाभाविक रातो हुन थाल्यो। त्यतिबेला २८ वर्षका जर्सनले अनुहारको सौन्दर्य बचाउन अर्को शल्यक्रिया गराए। त्यसबाट आधा समस्या ठीक भयो।

खराब प्लास्टिक सर्जरी

स्पेनमा गरिने प्लास्टिक सर्जरीमा १६.५ प्रतिशत सर्जरी पहिला नै बिग्रिएको शल्यक्रियालाई सुधार गर्न गरिन्छ। एक अध्ययनअनुसार प्लास्टिक सर्जरी गराउने तीनमध्ये एकजनाले मात्र आफ्ना चिकित्सकको विश्‍वास गर्ने गरेका छन्।

इन्स्टिच्युट अफ लिगल मेडिसिनका अनुसार कोलम्बियामा धेरै प्लास्टिक सर्जरी गराइन्छ। सन् २०१५ मा कोलम्बियामा प्लास्टिक सर्जरीकै कारण १३ जनाको मृत्यु भएको थियो। २०१६ मा त्यो आँकडा बढेर ३० मा पुग्यो।

स्तनको स्वरूप बिग्रियो

कतिपय जान्‍ने-बुझ्‍नेहरू पनि खराब प्लास्टिक सर्जरीको शिकार भएका छन्। पत्रकार लोरेन बेल्ट्रान आफ्नो अनुभव सेयर गरिन्, ‘जब म १८ वर्षकी थिएँ, स्तनको शल्यक्रिया गराएँ। मैले जहाँ शल्यक्रिया गराएँ, त्यहाँका चिकित्सक विशेष थिए। त्यसैले मलाई उनीमाथि शंका भएन।’

लोरेन भन्छिन्, ‘तर, मेरो शल्यक्रिया एकदमै खराब भयो। त्यसले मेरो स्तनको स्वरूप थप बिग्रियो। मेरो एउटा निप्पलमा टाँकाको दाग पनि बस्यो।’

त्यसपछि लोरेनले अर्को शल्यक्रिया गराइन्। त्यसले उनको स्तन थप खराब भयो।

उनलाई थाहा छ, कोलम्बियामा चिकित्सकको एउटा समूह ब्राजिल गएर सर्जरीको सानोतिनो कोर्स गर्छन्। त्यसपछि पूर्ण मेडिकल कोर्सको मान्यता प्राप्त गर्छन्। लोरेन यस मुद्दामा अदालतमा समेत पुगिन्।

फर्जी प्लास्टिक सर्जरीको बिगबिगी

स्पेनमा बस्‍ने एनहोआ प्लेसर लेनेज प्लास्टिक सर्जरीका विशेषज्ञ हुन्। ‘प्लास्टिक सर्जरी व्यवसायमा अत्यधिक घुसपैठ भएको छ,’ उनी भन्छन्, ‘प्लास्टिक सर्जन बन्‍न सबैभन्दा पहिला ६ वर्षको मेडिकल कोर्स गर्नुपर्छ। त्यसपछि ५ वर्ष भिन्‍नै किसिमको विशेषज्ञता हासिल गर्ने कोर्स पढ्नुपर्छ। सबै देशमा यो कोर्स लगभग एकै खालको छ।’

धेरैजसो चिकित्सक केवल ६ वर्षको मेडिकल कोर्स गरेपछि प्लास्टिक सर्जरी गर्न थाल्छन्। उनीहरूले त्यसको विशेषज्ञता हासिल गरेकै हुँदैनन्। यो गैरकानूनी हो। र, सर्वसाधारणले यसबाट ठूलो हानी बेहोर्नुपरिरहेको छ।

एकै नामका छन् धेरै सर्जन

लोरेन भन्छिन्, ‘एक ठूलो समस्या हो, सर्जरीसम्बन्धी एसोसिएसनका नाम एकजस्तै हुन्छन्। सेवाग्राहीले गुगलमा सर्च गर्छन्। त्यसमा उनीहरूले देख्छन्, सर्जनले कुनै ठूला हस्तिसँग फोटो खिचाएको। त्यस्तै तस्बिर देखेर सेवाग्राहीले चिकित्सकलाई पत्याउँछन् र शल्यक्रियाका लागि तयार हुन्छन्।’ कतिपयचाहीं सस्तो प्लास्टिक सर्जरीको लोभमा फस्छन्।

प्लास्टिक सर्जरीमा प्रयोग हुन्छ खाद्य तेल

लोरेनका अनुसार कोलम्बियामा धेरैले नितम्ब र स्तनमा खाना बनाउने तेलको इन्जेक्सन प्रयोग गर्छन्। यस तेलमा बाइपोलिमर हुन्छ, जसलाई मेडिकलमा प्रयोग गर्नु आफैंमा गैरकानूनी हो।

यो पदार्थ शरीरका लागि अनुपयुक्त हुन्छ। तर पनि, मानिसहरू यसको प्रयोग गरिरहेकै छन्। यसमा लिक्विड सिलिकोन, मिथाइलमेथाक्रिलेट र कोलगन सामेल हुन्छ।

सुरक्षित प्लास्टिक सर्जरीका लागि ध्यान दिऊँ

– सर्जनसँग उसको शैक्षिक योग्यता सोध्नुहोस्। उसको अनुभवको बारेमा जानकारी जुटाउनुहोस्।

– यदि केही गडबड भयो भने आपतकालीन स्थितिमा उसले के गर्न सक्छ भनेर सर्जनसँग पक्कापक्की हुनुपर्छ।

– सर्जनले प्लास्टिक सर्जरीको बारेमा विशेषज्ञता हासिल गरेको छ कि छैन भनेर सुनिश्‍चित गरौं।

– विचौलियाको चक्करमा नपरौ। जो सर्जन शल्यक्रिया गर्ने हो, उसैसँग सीधा सम्पर्क गरौं।

– यदि दोस्रो मुलुकमा गएर सर्जरी गराउने हो भने चिकित्सकको भाषा जान्‍नुहुन्छ कि हुन्‍न भन्‍ने निश्‍चित गरौं।

सोमबार, माघ ०७, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर
राष्‍ट्र संघमा प्रधानमन्त्री : ‘साइड लाइन’ संवादको सम्भावना शून्य, नेपालले उठाउने छ ‘क्लाइमेट जस्टिस’को मुद्दा
विश्‍व घटना : लन्डनमा १ लाखको प्रदर्शन
राशिफल : कर्कट- सुखानुभूति, मीन- पराक्रम बढ्ने
बाढीले बगाएका गरगहनासहित धादिङमा एक पक्राउ
विपद्मा काभ्रे : जोखिम पहिचान, पूर्वसूचना, सुरक्षित निर्माण र पूर्वतयारीलाई प्राथमिकता

भर्खरै

  • १.
    आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

  • २.
    राष्‍ट्र संघमा प्रधानमन्त्री : ‘साइड लाइन’ संवादको सम्भावना शून्य, नेपालले उठाउने छ ‘क्लाइमेट जस्टिस’को मुद्दा

  • ३.
    विश्‍व घटना : लन्डनमा १ लाखको प्रदर्शन

  • ४.
    राशिफल : कर्कट- सुखानुभूति, मीन- पराक्रम बढ्ने

  • ५.
    बाढीले बगाएका गरगहनासहित धादिङमा एक पक्राउ

  • ६.
    विपद्मा काभ्रे : जोखिम पहिचान, पूर्वसूचना, सुरक्षित निर्माण र पूर्वतयारीलाई प्राथमिकता

  • ७.
    चिलीको वृद्धाश्रममा आगलागी हुँदा १६ जनाको मृत्यु

  • ८.
    युक्रेन र मध्यपूर्व युद्धबीच भारतमा ब्रिक्स नेताहरूको बैठक

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.