काठमाडौं- कुनै पनि महिलाको जीवनको सुखद अनुभूति हो, आमा बन्नु। ईश्वरले महिलालाई अर्को जिन्दगी पैदा गर्ने अदभूत शक्ति दिएका छन्।
तर, आजको र व्यस्त जीवनशैलीको असर महिलाहरूको प्रजननमा पर्न थालेको छ। त्यसैले महिलाहरूले गर्भधारण गर्न विभिन्न व्यवधान सामना गर्नुपरिरहेको छ। जब कि, एउटा स्वस्थ गर्भधारण गर्नलाई स्वस्थ जीवनशैली हुनु अत्यन्त जरुरी छ।
डाक्टरलाई भेटौं
गर्भवती हुने योजना बनाउनुअघि डाक्टरसँग सल्लाह लिनूस् र आफ्नो जाँच गराउनूस्। तपाईंले गर्भधारण गर्न कुनै मेडिकल समस्या त छैन भन्ने यसबाट पत्ता लाग्ने छ। जस्तो- एसटीडी (सेक्सुअल्ली ट्रान्समिटेड डिजिज)।
मेडिकल जाँचबाट तपाईं शारीरिक तथा मानसिक रूपमा गर्भधारणका लागि तयार हुनुहुन्छ भन्ने सुनिश्चित हुनेछ। यस्तै, डिम्बग्रन्थी अल्सर, फाइब्राइड, इन्ड्रोमेट्रिओसिस, गर्भाशयको अवस्थाको जाँच हुन्छ।
‘अण्डोत्सर्ग’को समयमा गर्नूस् सेक्स
बच्चा पैदा गर्नका लागि महिलाको डिम्ब डिम्बासयबाट निस्किएको २४ घण्टाभित्रै फर्टिलाइज हुनुपर्छ। पुरुषको शुक्राणु महिलाको प्रजनन अंगमा ४८ देखि ७२ घण्टासम्म मात्रै जीवित रहन्छ।
बच्चा पैदा गर्न डिम्ब र शुक्राणुको मिलन हुनुपर्छ। त्यसैले अण्डोत्सर्गका क्रममा कमसे कम ७२ घण्टामा एकपटक सेक्स गर्नैपर्छ। यसरी सेक्स गर्दा पुरुष महिलाको माथि हुनुपर्छ अन्यथा शुक्राणु चुहिने सम्भावना रहन्छ। साथै, पुरुषले ४८ घण्टामा एक पटकभन्दा बढी वीर्यस्खलन गर्नु हुँदैन। अन्यथा, उसको शुक्राणु संख्या निकै तल आउन सक्छ र निषेचन गर्न पर्याप्त नहुन सक्छ।
अण्डकोषलाई गर्मीबाट टाढा राख्नूस्
सेक्सका क्रममा यदि अत्यधिक तापक्रममा शुक्राणु निस्कियो भने त्यो मृत वा निश्क्रिय हुन सक्छ। त्यसैले शुक्राणु निर्माण हुने अण्डकोषलाई गर्मीबाट जोगाउनुपर्छ। गाडीमा चढ्दा हावा पास हुने सिट प्रयोग गर्नुस्। धेरै तातो पानीले यौन अंगलाई नधुनूस्। आगोको भट्टी वा अन्य गर्मी स्थानमा अबेरसम्म काम गर्ने पुरुषहरूले रेडियोएक्टिभ किरणहरूबाट बच्नुपर्छ।
वजन कम गर्नूस्
कतिपय अवस्थामा महिलाहरूको वजन बढी भएर पनि गर्भधारणमा समस्या आउँछ। किनकि, यस प्रक्रियामा उनीहरूको वजन अर्थात् शरीरमा जमेको बोसोले बाधा गर्छ। एउटा शिशुलाई जन्म दिन महिला र पुरुष दुवै स्वस्थ रहन अत्यावश्यक हुन्छ। अत्यधिक वजन भएका महिलाहरूलाई प्रजननमा समस्या हुन्छ। त्यसैले मोटा महिलाहरूले गर्भधारणको प्रयास गर्नुभन्दा अगाडि दुई वा तीन महिनासम्म व्यायाम वा योगद्वारा आफ्नो वजन कम गर्नु बुद्धिमानी हुन्छ।
तनावमुक्त रहनूस्
गर्भधारणका क्रममा तनावमुक्त रहनु अत्यावश्यक छ। बढी तनावले पुनरुत्पादन कार्यमा प्रभाव पार्छ। तनावले कामवासना प्रभावित हुन्छ। जटिल अवस्थामा महिलाहरूको महिनावारीमा पनि प्रभाव पर्छ। तनावबाट टाढा रहेर तपाईं आफ्नो दाम्पत्य सम्बन्धको मजा लिन सक्नुहुन्छ। र, गर्भवती हुन सक्नुहुन्छ। तनावमुक्त रहन नियमित श्वासप्रश्वास अभ्यास र रिल्याक्सेसन विधि अपनाउनूस्।
खानपानमा ध्यान दिनूस्
चाँडै गर्भधारण गर्न ती चिजहरूको सेवन गर्नूस्, जसमा फोलिक एसिड हुन्छ। दालमा फोलिक एसिडका साथै प्रोटिन पनि हुने भएकाले गर्भवती हुन दाल पिउनु राम्रो हुन्छ। हरियो पत्तेदार सागले तपाईंलाई तन्दुरुस्त बनाउन मात्र सहयोग गर्दैन, गर्भधारणमा पनि मद्दत गर्छ। यदि कोही महिलाको महिनावारी नियमित छ र पनि गर्भवती हुन सकिरहेकी छैनन् भने उनले महिनावारीका दिनमा तुलसीको बीउ चपाउने वा काँढा बनाएर सेवन गर्दा गर्भधारण हुन सक्छ।
औषधि सेवनबाट बच्नूस्
कोही महिलाहरू यस्ता हुन्छन्, जो हाछ्यूँ आउँदा पनि औषधि खान थाल्छन्। तर, अधिक औषधि सेवनले महिलाको प्रजनन क्षमतामा असर पर्न सक्छ। त्यसैले, औषधिको उपयोग सकभर कम गर्नूस्। कुनै पनि औषधि खान थाल्नु वा छोड्नुभन्दा अगाडि चिकित्सकको सल्लाह लिनु उत्तम हो।
नशाबाट बच्नूस्
ड्रग्स, नशालु औषधि, चुरोट वा मदिरा सेवनले पुरुष र महिला दुवैको हार्मोनको सन्तुलन बिगार्न सक्छ। यसले तपाईंको प्रजनन क्षमतालाई पूर्ण प्रभावित पार्न सक्छ। र, जन्मने बच्चामा पनि जन्मजात बिसंगत हुन सक्छ। त्यसैले, यस्ता चिजहरूको सेवनबाट टाढा रहनूस्।