• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
बुधबार, भदौ २४, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

अदालती मुद्दाको चाप घटाउन मेलमिलाप विधेयकः मन्त्री गौतम

बाढीबाट प्रभावित नागरिकको आक्रोशलाई राज्यप्रतिको अपेक्षा र अन्तिम गुहारका रूपमा बुझ्नुपर्छः सभापति लामिछाने

थाई विद्यालयमा शिक्षिकाको हत्या

परराष्ट्रमन्त्री खनालसँग श्रीलङ्काकी राजदूत डेल्पिटियाको भेट

वर्षान्तको बजेट खर्च रोक्ने मधेसको नयाँ परीक्षण

भक्तपुरमाः आज पञ्चदान पर्व मनाइँदै

सत्ता र प्रतिपक्षको परम्परागत सोचबाट माथि उठेर जलवायु न्यायका लागि जुटौँः सभापति लामिछाने

सडक दुर्घटनामा दुईको मृत्यु

काभ्रेका बाढीपीडितको समस्या सरकारी अल्झनमै

लोकप्रिय समाचार

  • १. राशिफल : कर्कट- नयाँ काम, मीन- उद्योगमा फाइदा

  • २. हे प्रकृति तिम्रो न्याय यही हो ?

  • ३. राशिफल : तुला- तीर्थाटन, वृश्‍चिक- मनोरञ्‍जन

  • ४. राशिफल : वृष- अप्ठ्यारो सम्झौता, सिंह- आरामदायी यात्रा

  • ५. राशिफल : वृष- काम सम्पादन, सिंह- रमाइलो यात्रा

  • ६. राशिफल : मेष- आत्मीयता बढ्ने, कन्या- प्रशन्‍नता

  • ७. विपत्तिमा मल्हम लगाउँदै निर्माण व्यवसायी : प्रधानमन्त्री राहत कोषमा संघको २ लाख ११ हजार सहयोग

  • ८. राशिफल : वृश्‍चिक- काम बन्‍ने, कुम्भ- मनमा हर्ष

  • ९. भोटेकोशी बाढी पीडितलाई क्यासिनो एसोसिएसनको ८५ लाख २३ हजार

  • १०. मन्त्रिपरिषद् बैठक बस्दै

को उम्मेदवार बन्न पाउँछन्, को पाउँदैनन् ?


    Avatar photo
शनिबार, बैशाख १०, २०७९ मा प्रकाशित

सर्वोच्च अदालतले बहाल रहेका स्थानीय तहका जनप्रतिनिधि उम्मेदवार बन्न नसक्ने आदेश गरेपछि धमाधम राजीनामा दिन थालेका छन् । स्थानीय तह निर्वाचन कानुनअनुसार लाभको पदमा बसेका व्यक्ति उम्मेदवार बन्न पाउँदैन । सरकारी कोषबाट पारिश्रमिक वा आर्थिक सुविधा पाउने जुनसुकै पदमा बसेकालाई लाभको पदका रूपमा व्याख्या गरिएको छ ।

Advertisement

स्थानीय तहको निर्वाचनमा दलको उम्मेदवारी हैसियत वा स्वतन्त्र रूपमा नेपाली नागरिकले दिन पाउँछन् । निर्वाचन आयोगले उम्मेदवारी दिँदा आवश्यक पर्ने कागजपत्रको सूची नै सार्वजनिक गरेको छ ।

आयोगले विगतमा अभ्यास नभएको र यसपालिदेखि लागू हुने गरी स्थानीय तहको उम्मेदवार हुन पेस्की र बेरुजु हुन नहुने, सम्बन्धित स्थानीय तहमा ठेक्काको काम गरेको हुन नहुने र बहालवाला जनप्रतिनिधि भए पदबाट राजीनामा दिनुपर्ने प्रावधान राखेको छ ।

स्थानीय तहको उम्मेदवार हुन नेपाली नागरिक, २१ वर्ष पूरा भएको र उम्मेदवार हुने स्थानीय तहमा मतदाता नामावलीमा नाम भएको हुनुपर्छ । त्यस्तै कानुनले पनि योग्य ठहर्‍याएको व्यक्तिमात्रै उम्मेदवार बन्न सक्छन् । सरकारको स्वामित्व वा नियन्त्रणमा रहेको निकायबाट पारिश्रमिक पाउने व्यक्ति उम्मेदवार बन्न अयोग्य मानेको छ । त्यस्तै निर्वाचन कसुरमा दोषी ठहर भएको व्यक्ति पनि उम्मेदवार बन्न योग्य मानिँदैन । निर्वाचन कानुनले कसुरदार ठहरेपछि कैद भुक्तान सकेको दुई वर्ष पूरा भएको व्यक्तिमात्रै उम्मेदवार बन्न पाउने कानुनी व्यवस्था छ । आपराधिक घटनामा दोषी ठहर भएको व्यक्ति भने कहिले पनि उम्मेदवार बन्नै पाइँदैन ।

भ्रष्टाचार, बलात्कार, मानव बेचबिखन, लागूऔषध, सम्पत्ति शुद्धीकरण, राहदानीमा दुरुपयोगमा दोषी ठहर भएका व्यक्ति उम्मेदवार बन्न पाउने छैन । यसबाहेक अपराधमा २० वर्षभन्दा बढी जेल सजाय पाएको व्यक्ति पनि उम्मेदवार बन्न अयोग्य ठहरिन्छ । संगठित अपराधमा कसुर ठहर भएपछि तीन वर्ष सजाय पाएको भए कैदमुक्त भएको ६ वर्ष पूरा भएको हुनुपर्छ । जातीय, छुवाछूत, बोक्सी र बहुविवाहको मुद्दामा कैदमुक्त भएको तीन वर्ष पूरा नभएसम्म उम्मेदवार बन्न अयोग्य ठहरिन्छ ।

५ वर्षसम्म सजाय तोकिएको कुनै पनि मुद्दामा जेल सजाय भोगेर फर्केको ६ वर्ष भएको व्यक्तिमात्रै उम्मेदवार बन्न सक्छन् । कालोसूचीमा रहेको व्यक्ति पनि सूचीबाट नाम नहटेसम्म उम्मेदवार बन्न अयोग्य ठहरिन्छ । निर्वाचन आचारसंहिताअनुसार स्थानीय तहबाट पेस्की, बेरुजु भएका व्यक्तिले पनि उम्मेदवारी दिन पाइँदैन । दाबी विरोधमा उजुरी परेर मापदण्ड नपुगेको ठहरे उम्मेदवारी नै खारेज हुने कानुनी प्रावधान छ । विदेशको स्थायी आवासीय अनुमतिपत्र लिएको व्यक्तिले पनि उम्मेदवारी दिन पाउँदैनन् ।

उम्मेदवार बन्न ९ प्रकारका कागज

गाउँ कार्यपालिकाको अध्यक्ष, उपाध्यक्ष वा नगर कार्यपालिकाको प्रमुख, उपप्रमुख पदमा उम्मेदवार दिन चाहने व्यक्तिले नागरिकता, त्यही स्थानीय तहको मतदाता भएको निस्सा, स्थानीय तहको कुनै वडाको मतदाता नामावलीमा नाम रहेका एक जना प्रस्तावक र एक जना समर्थकसहित मनोनयन पत्र पेस गर्नुपर्ने हुन्छ । निस्सा भनेको निर्वाचन अधिकृतको कार्यालयबाट लिएको मतदाता नामावलीको उतार हो । यदि उम्मेदवारले मतदाता परिचयपत्र बुझाए पनि हुन्छ । उनीहरूले १ हजार ५ सय धरौटी जम्मा गरेको रसिद पनि पेस गर्नुपर्ने हुन्छ । महिला, दलित र अल्पसंख्यकले भने धरौटीबापत ७ सय ५० रुपैयाँ मात्रै बुझाए पनि हुन्छ ।

धरौटी छुट पाउनका लागि आर्थिक रूपले विपन्न व्यक्ति भएमा वार्षिक पारिवारिक आय ५० हजार रुपैयाँभन्दा कम भएको स्थानीय तहले गरेको सिफारिस पेस गर्नुपर्ने हुन्छ । दलको उम्मेदवार भएर मनोनयन दर्ता गर्ने हो भने दलले प्रदान गरेको औपचारिक पत्र नै पेस गर्नुपर्ने हुन्छ । दलका तर्फबाट उम्मेदवारीको औपचारिक पत्र दिन अधिकार पाएको पदाधिकारीले हस्ताक्षर गरेको हुनुपर्छ ।

निर्वाचन प्रयोजनका लागि दल दर्ता गर्न नै दलहरूले निर्वाचन आयोगमा हस्ताक्षरको नमुना बुझाएको हुन्छ । त्यही हस्ताक्षर भएको पत्र मनोनयनमा पेस गर्नुपर्ने हुन्छ । उम्मेदवारी दिँदा संघ, प्रदेश र स्थानीय तहमा वा यसको स्वामित्वमा रहेको संस्थाबाट पारिश्रमिक पाउने गरी बहाल रहेको भए त्यस्तो पदबाट राजीनामा दिएको निस्सा पनि पेस गर्नुपर्ने हुन्छ । स्थानीय तहमा अहिले बहाल छ भने पनि राजीनामा दिएको हुनुपर्ने अदालतले आदेश दिइसकेको छ । उम्मेदवारले आफैं कतै पनि संलग्न नभएको स्वघोषणा नै गर्नुपर्ने हुन्छ । वारेसमार्फत मनोनयन पत्र दर्ता गराउन पनि मिल्छ तर वारेसनामा पेस गर्नुपर्छ । गाउँपालिका र नगरपालिकाको वडाध्यक्ष, वडा सदस्य पदको लागि पनि मनोनयन गर्दा यही प्रक्रिया हो । धरौटी भने कम छ । वडाध्यक्षको उम्मेदवारले एक हजार र वडा सदस्यले ५ सय पेस गरे हुन्छ । महिला, दलित र विपन्नले २ सय ५० मात्रै तिरे हुन्छ ।

शनिबार, बैशाख १०, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

देशभर उत्साहपूर्वक मतदान
बारा, चितवन र तनहुँमा मतदान शुरु
उपनिर्वाचनमा उम्मेदवारले कति खर्च गर्न पाउँछन्?
तनहुँ– १: उम्मेदवारले थाले चुनावी अभियान
रामचन्द्र पौडेल राष्ट्रपति निर्वाचित
राष्ट्रपति निर्वाचन : सुरु भयो मतगणना

भर्खरै

  • १.
    अदालती मुद्दाको चाप घटाउन मेलमिलाप विधेयकः मन्त्री गौतम

  • २.
    बाढीबाट प्रभावित नागरिकको आक्रोशलाई राज्यप्रतिको अपेक्षा र अन्तिम गुहारका रूपमा बुझ्नुपर्छः सभापति लामिछाने

  • ३.
    थाई विद्यालयमा शिक्षिकाको हत्या

  • ४.
    परराष्ट्रमन्त्री खनालसँग श्रीलङ्काकी राजदूत डेल्पिटियाको भेट

  • ५.
    वर्षान्तको बजेट खर्च रोक्ने मधेसको नयाँ परीक्षण

  • ६.
    भक्तपुरमाः आज पञ्चदान पर्व मनाइँदै

  • ७.
    सत्ता र प्रतिपक्षको परम्परागत सोचबाट माथि उठेर जलवायु न्यायका लागि जुटौँः सभापति लामिछाने

  • ८.
    सडक दुर्घटनामा दुईको मृत्यु

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.