• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
बिहिबार, भदौ २५, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु १२ अर्ब ४३ करोडभन्दा बढी

अपर म्याग्दी–१ को सुरुङ ‘ब्रेक थ्रु’

तिलौराकोटमा थप जग्गा अधिग्रहण गरिँदै

एसीसी प्रिमियर कप क्रिकटः नेपालले ओमानलाई दियो १४८ रनको लक्ष्य

तरकारीको विषादी परीक्षण बढाइँदै

तरकारी, फलफूल र माटो सुधार कार्यक्रममा बजेट अभाव

चिनाकोटमा पर्यटकीय पूर्वाधार निर्माण

हतुवागढी खैराङमा अदुवा खेती विस्तार

५ जिल्लामा ५३ हजार सिलिन्डर भरेर काठमाडौं पठाइयो खाना पकाउने ग्यास

लोकप्रिय समाचार

  • १. राशिफल : कर्कट- नयाँ काम, मीन- उद्योगमा फाइदा

  • २. हे प्रकृति तिम्रो न्याय यही हो ?

  • ३. राशिफल : तुला- तीर्थाटन, वृश्‍चिक- मनोरञ्‍जन

  • ४. राशिफल : वृष- अप्ठ्यारो सम्झौता, सिंह- आरामदायी यात्रा

  • ५. राशिफल : वृष- काम सम्पादन, सिंह- रमाइलो यात्रा

  • ६. राशिफल : मेष- आत्मीयता बढ्ने, कन्या- प्रशन्‍नता

  • ७. राशिफल : वृश्‍चिक- मान-सम्मान, धनु- स्वादिष्‍ट भोजन

  • ८. विपत्तिमा मल्हम लगाउँदै निर्माण व्यवसायी : प्रधानमन्त्री राहत कोषमा संघको २ लाख ११ हजार सहयोग

  • ९. राशिफल : वृश्‍चिक- काम बन्‍ने, कुम्भ- मनमा हर्ष

  • १०. भोटेकोशी बाढी पीडितलाई क्यासिनो एसोसिएसनको ८५ लाख २३ हजार

“धरणीधर विवाह उत्सवको पहिलो दिन: गुप्त वराहबाट भूदेवीसहितको डोली वराहक्षेत्र प्रस्थान “


आइतबार, पुष २१, २०८१ मा प्रकाशित
पर्वत- कुश्मा नगरपालिका-१० पिपलटारी रोहोटे बस्ने ५२ वर्षीय धुर्व रेग्मीको घरको भान्सा कोठामा आइतबार बिहान आगलागी हुँदा उक्त आगलागीमा जलेर सोही ठाउँ बस्ने ७२ वर्षीया दुर्गा देवी पौडेलको घटनास्थलमै मृत्यु भएको छ । साथै आगोले जलेर घाइते भएका धुर्वलाई जिल्ला अस्पताल पर्वत हुँदै थप उपचारको लागि मणिपाल अस्पताल पोखरा पठाइएको छ।

भगवान् वराह र धरणीको बीचमा विवाह भएको पौराणिक मान्यतालाई निरन्तरता दिंदै वराहक्षेत्र धाममा विवाह महोत्सव आयोजना गरिएको छ ।

Advertisement

पहिलो दिन आज गुप्त वराहस्थलबाट धरणी अर्थात भूदेवीको डोली वराहक्षेत्र प्रस्थान गरेको छ । धनुर्मास उत्सव अन्तर्गत श्रीधरणीधर विवाह उत्सव आयोजना गरिएको पण्डित योगेश भण्डारीले जानकारी दिए ।

विवाह उत्सवको पहिलो दिन भूदेवी धरणीको विशेष पूजा, आराधना, होम, पाठ, सत्सङ्ग र शोभायात्रा आयोजना गरिएको छ । वराहक्षेत्रबाट पत्रसहित आएका जन्तीलाई गुप्त वराहमा बेहुली पक्षले स्वागत गरेका छन् । आजै आइतबार गुप्तवराहको प्रवेशद्वारमा रहेको धरणी मन्दिरमा पाठ एवं मन्त्र जपसहित बेहुली पक्षबाट गरिने कार्य सम्पन्न गरी बेहुलीलाई डोलीमा राखी वराहक्षेत्र लगिएको छ ।

वराह मन्दिरमा पुर्याइएकी भूदेवी धरणीलाई भोलि सोमबार १००८ घडा जलद्वारा भगवानको मङ्गलस्नान गरिने छ । सोही दिन स्वयंवर, कन्यादान, सिन्दूर दानलगायतका पौराणिक वैवाहिक कार्यक्रम आयोजना हुने पण्डित भण्डारीले जानकारी दिए ।

आज रात्रिमा वराह मन्दिर प्राङ्गणमा भजन-कीर्तन, भगवानको महिमा गानसहितका धार्मिक कार्य गरिने वराहक्षेत्र मन्दिर गुठी व्यवस्थापन समितिका अध्यक्ष भक्तबहादुर श्रेष्ठले जानकारी दिए ।

“धर्मपिता र धर्म माताको स्थापना गरी विधिसम्मत विवाह उत्सव शोभायात्रा र यज्ञ गरी समापन गरिने छ र प्रसाद वितरण गरिने छ,” पण्डित भण्डारीले भने, ‘भगवान् विष्णुले श्रीवराहको अवतार धारण गरेर धरणीलाई शीरमा धारण गर्नुभएकाले उहाँलाई धरणीधर भनिएको हो, धरणी भनेको पृथ्वी (भूदेवी) र धरको अर्थ धारणा गर्नु (बोक्नु) भन्ने बुझिन्छ ।’

पण्डित भण्डारीका अनुसार लीलाविग्रहमा समेत लक्ष्मीजीका साथमा नारायण, सीताजीका साथमा श्रीराम, राधाजीका साथमा श्रीकृष्ण, पद्मावतीका साथमा श्रीवैङ्कटेस, रङ्गनायकीका साथमा श्रीरङ्गनाथ भगवान् साथमा भए झैं धरणीका साथमा सदासर्वदा भगवान् वराह विराजमान हुन्छन् ।

विवाह महोत्सवमा भक्तजनलाई आशीर्वचन प्रदान गर्दै जगदगुरु महायोगी सिद्धबाबाले चलन चल्तीको भाषामा विवाह उत्सव भनिए पनि यो भगवानको मङ्गल कार्य भएको बताए । उनले सन्तान प्राप्ति र आपसी प्रेम वृद्धिका लागि भगवानको मङ्गल कार्यमा सहभागी हुनुपर्ने बताए ।

तीन हजार वर्षअघिको इतिहास बोकेको वराहक्षेत्र मन्दिर हिन्दू धर्मका चार प्रमुख धाममध्ये एक धामका रूपमा रहेको छ । प्राचीन पूर्वीय संस्कृति तथा परम्परा अनुसार वराहक्षेत्र धाममा रहेको वराह भगवान् विष्णुका १० अवतारमध्ये तेस्रो अवतार हुन् । शास्त्रअनुसार रसातालमा भासिएको पृथ्वीलाई वराह भगवानले पूर्ववत उद्धार गरी यस धराधाममा स्थापित गरेको र भगवान यहीँ यज्ञ वराहका रुपमा स्थपित भएकाले वराहक्षेत्र तीर्थलाई धर्तीको पहिलो तीर्थका रुपमा लिइएको मान्यता छ ।

आइतबार, पुष २१, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु १२ अर्ब ४३ करोडभन्दा बढी
अपर म्याग्दी–१ को सुरुङ ‘ब्रेक थ्रु’
तिलौराकोटमा थप जग्गा अधिग्रहण गरिँदै
एसीसी प्रिमियर कप क्रिकटः नेपालले ओमानलाई दियो १४८ रनको लक्ष्य
तरकारीको विषादी परीक्षण बढाइँदै
तरकारी, फलफूल र माटो सुधार कार्यक्रममा बजेट अभाव

भर्खरै

  • १.
    प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु १२ अर्ब ४३ करोडभन्दा बढी

  • २.
    अपर म्याग्दी–१ को सुरुङ ‘ब्रेक थ्रु’

  • ३.
    तिलौराकोटमा थप जग्गा अधिग्रहण गरिँदै

  • ४.
    एसीसी प्रिमियर कप क्रिकटः नेपालले ओमानलाई दियो १४८ रनको लक्ष्य

  • ५.
    तरकारीको विषादी परीक्षण बढाइँदै

  • ६.
    तरकारी, फलफूल र माटो सुधार कार्यक्रममा बजेट अभाव

  • ७.
    चिनाकोटमा पर्यटकीय पूर्वाधार निर्माण

  • ८.
    हतुवागढी खैराङमा अदुवा खेती विस्तार

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.