सुनसरी- राप्रपा कोशी प्रदेशले घरदैलो कार्यक्रम सुरु गर्ने भएको छ। आज १४ गते इटहरीमा भएको प्रदेश बिस्तारित बैठकले राप्रपाले उठाएका एजेन्डाहरुलाई स्थापित गर्दै जनजीबिकाको सबालमा देखिएको समस्याहरुलाई सम्बोधन गर्न घरदैलो अभियान थालनी गर्ने भनी संकल्प प्रस्ताब पारित गरिएको प्रदेश प्रबक्ता बिजयकुमार राउतले बताए।
राप्रपा अब जनताहरुको मूलभूत समस्यामा केन्द्रित रहेर आगामी दिनहरुमा सहकारी पीडितहरुको बचत फिर्ता गराउन स्थानीय तहमा दबाब कार्यक्रम गर्ने, कुशासन बिरुद्ध खबरदारी अभियान चलाउने ,सुकुम्बासी समस्या समाधान गर्न दबाब सिर्जना गर्ने लगायतको कार्यक्रम लिएर जनतामा जाने प्रदेश बिस्तारित बैठकले निर्णय गरेको प्रबक्ता राउतले बताए।
केन्द्रिय पदाधिकारीहरु, आज १४ जिल्लाका अध्यक्षहरुको समेत उपस्थिति रहेको बिस्तारित बैठकले १३ गतेको बृहत् बिरोध सभाको समीक्षा गर्दै १३ गतेको कार्यक्रम एउटा झिल्को मात्रै भएको अब जनताहरुको समस्या सम्बोधन गर्न प्रत्येक स्थानीय तहमा खबरदारी कार्यक्रम चलाउने प्रदेश अध्यक्ष रामकुमार थापाले बताए।