• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
सोमबार, साउन ११, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

मानव-हात्ती द्वन्द्व : ‘ध्रुवे’देखि मेचीनगरसम्म, संरक्षण कि अझै क्षति ?

लागुऔषधसहित विभिन्न स्थानबाट ११ जना पक्राउ

फरार ९७ कैदीबन्दी अझै सम्पर्कविहीन

बोइलर कुखुराको अवैध ओसारपसार नियन्त्रण भएपछि मासु पसल पुनः सञ्चालन हुँदै

भन्सार छली गरी ल्याइएको ३२ बोरा चिनी नियन्त्रणमा

नारायणी अस्पताल घटनाका घाइतेलाई काठमाडौँ ल्याइयो, मन्त्री मेहताद्वारा भेट

त्रिभुवन विश्वविद्यालयको इतिहास विभागबारे छलफल

संरक्षण र रेखदेखको पर्खाइमा रहेका विमानस्थल

पोखरामा अमेरिकी नागरिकको मृत्यु

लोकप्रिय समाचार

  • १. राशिफल : कन्या- आतिथ्य सम्मान, मकर- मित्रता बढ्ने

  • २. राशिफल : तुला- धन आर्जन, वृश्‍चिक- मनोरञ्‍जन

  • ३. राशिफल : वृष- कर्मयोगमा वृद्धि, सिंह- पारिवारिक जमघट

  • ४. राशिफल : कन्या- मुद्दा-मामिलामा विजयी, मकर- सुखद समाचार

  • ५. राशिफल : कन्या- विशेष उपहार, धनु- मिष्‍ठान्‍न भोजन

  • ६. झटारो : कर काठमाडौंमा, चर्चा साँडेपानीमा !

  • ७. सुदूरपश्‍चिममा सत्ता खेल : मुख्यमन्त्री बन्‍ने रहर सबैलाई, आफ्नै सांसदको छैन भर कसैलाई !

  • ८. राशिफल : वृष- भ्रमण, सिंह- रमाइलो यात्रा

  • ९. राशिफल : मकर- शत्रु परास्त, कुम्भ- धन आर्जन

  • १०. स्वास्थ्यमा धनगढीको फड्को, आधुनिक उपचार अब आफ्नै शहरमा

उथलपुथलपछि बंगलादेशमा भारतको पहिलो उच्चस्तरीय भ्रमण, सुधार होला सम्बन्ध ?


    Avatar photo
मङ्गलबार, पुष ०९, २०८१ मा प्रकाशित

काठमाडौं- ९ डिसेम्बर। भारतीय विदेश सचिव बिक्रम मिश्री वायुसेनाको विमान चढेर बंगलादेशको राजधानी ढाका पुगे। एकदिवसीय भ्रमणका लागि ढाका पुगेका मिश्रीको भ्रमण नै शेख हसिनाको बहिर्गमनपछि बंगलादेशमा भारतको पहिलो उच्चस्तरीय भ्रमण थियो।

Advertisement

मिश्रीले बंगलादेशको अन्तरिम सरकारका प्रमुख सल्लाहकार मुहम्मद युनुस, विदेश मामिला सल्लाहकार मोहम्मद तौहिद हुसेन र बंगलादेशी समकक्षी मोहम्मद जशिम उद्दिनसँग भेटवार्ता गरेका थिए। युनुससँगको भेटवार्तामा उनले दुई देशबीचको सम्बन्धमा मडारिएको कालो बादल हटाउन आह्वान गरेको र युनुसले पनि दुई देशबीचका समस्याहरू समाधान गर्न बंगलादेश प्रतिबद्ध रहेको बताएको इन्डियन एक्सप्रेसले उल्लेख गरेको छ।

युनुससँगको भेटवार्ताका क्रममा बंगलादेशमा सांस्कृतिक, धार्मिक र कूटनीतिक सम्पदाहरूमा भएका खेदजनक आक्रमणका घटनाहरू बारे छलफल भएको र भारतले बंगलादेशबाट यी मुद्दाहरूमा रचनात्मक दृष्‍टिकोणको अपेक्षा गरेको मिश्रीले समाचार संस्था रोयटर्सलाई बताएका थिए।

दुवै देशका प्रतिनिधिमण्डलसँग औपचारिक भेटघाट गर्नुअघि मिश्रीले बंगलादेशी समकक्षी मोहम्मद जशिम उद्दिनसँग  वान-अन-वान वार्तासमेत गरेका थिए। दुवै पक्षबीच राजनीतिक र सुरक्षाका मुद्दा, सीमा व्यवस्थापन, व्यापार, कनेक्टिभिटी, पानी र ऊर्जा क्षेत्रमा सहयोग, विकास सहयोग, कन्सुलर, सांस्कृतिक र जनता-जनताबीचको सम्बन्धलगायत विषयमा विस्तृत छलफल भएको भारतको विदेश मन्त्रालयले जनाएको छ।

उनीहरूबीच उप-क्षेत्रीय, क्षेत्रीय र बहुपक्षीय मुद्दाहरूमा पनि विचार आदानप्रदान र बिमस्टेक फ्रेमवर्कअन्तर्गत क्षेत्रीय एकतालाई अघि बढाउन परामर्श र सहयोग बढाउने विषयमा छलफल भएका थिए। सचिव मिश्रीको भ्रमणले भारत र बंगलादेशबीचको द्विपक्षीय सम्बन्धलाई निरन्तरता दिनुका साथै द्विपक्षीय मुद्दाहरूको सम्बोधनमा मद्दत पुग्‍ने भारतको विदेश मन्त्रालयले उल्लेख गरेको छ।

तनावमा द्विपक्षीय सम्बन्ध

विदेश सचिव मिश्री बंगलादेश जानुभन्दा अघिल्लो साता मात्रै त्रिपुराको राजधानी अगरतलास्थित बंगलादेशको उप-उच्चायोगको भवनमा तोडफोड भएको थियो। उक्त घटनाप्रति भारतको विदेश मन्त्रालयले दुःख व्यक्त गर्दै भारतमा रहेका बंगलादेशका मिसनहरूमा सुरक्षा व्यवस्था बढाउने प्रतिबद्धता व्यक्त गरेको थियो।

तर, बंगलादेशले अगरतला मिसनबाट भिसा सेवा बन्द गरेको थियो। बंगलादेशी पत्रिका ‘प्रोथोम अलो’का अनुसार बंगलादेशले आफ्नो कोलकाता उप-उच्चायोगका उप-उच्चायुक्त शिकदार मोहम्मद अशरफुर रहमान र अगरतला उप-उच्चायोगका उप-उच्चायुक्त आरिफुर रहमानलाई फिर्ता हुन निर्देशन दिएको थियो।

भारतले बंगलादेशी अल्पसंख्यकहरूमाथि भइरहेको आक्रमणको लगातार निन्दा गर्दै आएको छ। गत २२ नोभेम्बरमा बंगलादेशमा हिन्दू अधिकारवादी नेता चिन्मय कृष्‍ण दास पक्राउ परेपछि भारत-बंगलादेश सम्बन्ध झन तनावपूर्ण बनेको थियो। धार्मिक नेता दासमाथि देशद्रोहको मुद्दा लगाइएको छ। यतिबेला उनी वकिलसमेत नपाएर कारागार चलान भएका छन्।

भारतको विदेश मन्त्रालयले एक वक्तव्य जारी गर्दै घटनाले बंगलादेशमा चरमपन्थी तत्त्वहरूद्वारा हिन्दू र अन्य अल्पसंख्यकहरूमाथि लगातार भइरहेको आक्रमण उजागर भएको आरोप लगाएको थियो।

बंगलादेशको विदेश मन्त्रालयले पनि तत्काल जवाफ फर्काउँदै दासलाई ‘विशेष अभियोग’मा पक्राउ गरिएको भन्दै धार्मिक भेदभावको आरोप खारेज गरेको थियो। दासको गिरफ्तारीको बारेमा भारतको बयानबाजीले ढाका र नयाँदिल्लीबीचको मित्रताका लागि हानिकारक हुने भन्दै बंगलादेशको विदेश मन्त्रालयले आलोचना गरेको थियो। र, उक्त प्रकरण बंगलादेशको आन्तरिक मामिला भएको मन्त्रालयले स्पष्‍ट पारेको थियो।

बंगलादेशी प्रमुख पार्टीहरूले हसिनाको बहिर्गमन भारतले पचाउन नसकेको भन्दै भारतलाई निशाना साँध्न थालेका छन्। बंगलादेश नेसनलिस्ट पार्टी (बीएनपी)का संयुक्त महासचिव रुहुल कबिर रिजवीले पनि सत्तारुढ भारतीय जनता पार्टीले हिन्दूको नाममा बंगलादेशविरुद्ध प्रोपोगान्डा फैलाइरहेको दाबी गरेका छन्।

भन्छन्, ‘भारतको सत्तारुढ दल र उसका सहयोगीहरूले बंगलादेशविरुद्ध अनर्गल प्रचार गरिरहेका छन्। भारतको व्यवहार बंगलादेशको आन्तरिक मामिलामा हस्तक्षेप हो। यो हाम्रो सार्वभौमसत्ता र स्वतन्त्रताको विरुद्ध हो।’

दुई देशको जुहारीले द्विपक्षीय सम्बन्ध थप बिग्रन सक्ने कूटनीतिक मामलाका जानकारहरू बताउँछन्। राजनीतिक तहमा तनावपूर्ण दुई देशको सम्बन्धमा जनस्तरमा समेत तनावको माहोल बन्‍न थालेको छ। बंगलादेशी र भारतीय नागरिकहरू एकअर्कोविरुद्ध अपमानमा उत्रिन थालेका छन्। अर्को देशको राष्‍ट्रीय झण्डाको अपमानदेखि नागरिकहरूमाथि पनि आक्रमण र निषेधका घटना बढ्न थालेका छन्। भारत-बंगलादेश तनाव बढ्दै जाँदा पाकिस्तान-बंगलादेश दूरी घट्ने संकेत देखिन थालेको छ।

पाकिस्तानसँग नजिकिँदै बंगलादेश

शेख हसिना सत्ताबाट हटेपछि बंगलादेश र पाकिस्तान सम्बन्धमा सुधारको संकेत देखिएको छ। पाकिस्तान टुक्रिएर बंगलादेश बनेको ५३ वर्षपछि इतिहासमै पहिलोपटक दुई देशबीच सीधा समुन्द्रिक सम्पर्क कायम भएको छ। गत ११ नोभेम्बरमा पाकिस्तानी कन्टेनर जहाज सीधा बंगलादेशको चटगाउँ बन्दरगाहमा अनलोड भएको थियो। यसअघि पाकिस्तानबाट बंगलादेशमा हुने व्यापार श्रीलंका र सिंगापुरबाट हुने गरेको थियो।

बंगलादेश-पाकिस्तान सीधा समुद्री सम्पर्कले भारतको चिन्ता थपिएको छ। बीबीसीका अनुसार पाकिस्तान-बंगलादेश सीधा सम्पर्कले भारतको उत्तर-पूर्वी राज्यमा सुरक्षा खतरा बढ्ने भारतको चिन्ता छ। जानकारहरूको भनाइमा जहाजमार्फत पाकिस्तानबाट अवैध हतियारहरू बंगलादेश हुँदै चरमपन्थी समूहको हातमा पुग्‍न सक्ने सम्भावनालाई नकार्न सकिँदैन।

यस्तै, बंगलादेशले ढाका युनिभर्सिटीमा पाकिस्तानी विद्यार्थीलाई अध्ययनको अनुमति दिन थालेको छ। संशोधित नीतिअनुसार पाकिस्तानी विद्यार्थीले ढाका विश्‍वविद्यालयमा र बंगलादेशी विद्यार्थीले पाकिस्तानमा अध्ययन गर्न पाउने छन्। यस्तै, बंगलादेशी नागरिकका लागि पाकिस्तानले भिसा प्रक्रिया सहज बनाइदिएको छ।

बीबीसीका अनुसार बंगलादेशका लागि पाकिस्तानका उच्चायुक्त सैयद अहमद मारुफले एक टेलिभिजन अन्तर्वार्तामा इस्लामावाद र ढाकाबीच सन् २०२५ मा सीधा हवाई सम्पर्क शुरु हुने बताएका छन्। यद्यपि, दुई देशबीच सीधा हवाई उडानका लागि भारतीय हवाई क्षेत्र प्रयोग गर्नु पर्नेछ। भारतले आफ्नो हवाई क्षेत्र प्रयोग गर्न दिने सम्भावना शून्यप्रायः रहेको जानकारहरू बताउँछन्।

मङ्गलबार, पुष ०९, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

मानव-हात्ती द्वन्द्व : ‘ध्रुवे’देखि मेचीनगरसम्म, संरक्षण कि अझै क्षति ?
लागुऔषधसहित विभिन्न स्थानबाट ११ जना पक्राउ
फरार ९७ कैदीबन्दी अझै सम्पर्कविहीन
बोइलर कुखुराको अवैध ओसारपसार नियन्त्रण भएपछि मासु पसल पुनः सञ्चालन हुँदै
भन्सार छली गरी ल्याइएको ३२ बोरा चिनी नियन्त्रणमा
नारायणी अस्पताल घटनाका घाइतेलाई काठमाडौँ ल्याइयो, मन्त्री मेहताद्वारा भेट

भर्खरै

  • १.
    मानव-हात्ती द्वन्द्व : ‘ध्रुवे’देखि मेचीनगरसम्म, संरक्षण कि अझै क्षति ?

  • २.
    लागुऔषधसहित विभिन्न स्थानबाट ११ जना पक्राउ

  • ३.
    फरार ९७ कैदीबन्दी अझै सम्पर्कविहीन

  • ४.
    बोइलर कुखुराको अवैध ओसारपसार नियन्त्रण भएपछि मासु पसल पुनः सञ्चालन हुँदै

  • ५.
    भन्सार छली गरी ल्याइएको ३२ बोरा चिनी नियन्त्रणमा

  • ६.
    नारायणी अस्पताल घटनाका घाइतेलाई काठमाडौँ ल्याइयो, मन्त्री मेहताद्वारा भेट

  • ७.
    त्रिभुवन विश्वविद्यालयको इतिहास विभागबारे छलफल

  • ८.
    संरक्षण र रेखदेखको पर्खाइमा रहेका विमानस्थल

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.