नेपाल आदिवासी जनजाती पत्रकार महासंघ ( फोनिज ) को १ प्रदेश समितिको प्रादेशिक महाधिवेशनको बैठक फोनिज केन्द्रिय उपाध्यक्ष कमन देवान प्रमुख आतिथ्यमा सम्पन्न भएको छ।
आज बेलका वडा नं ८ सप्तकोशी पुलमा फोनिज शाखा सुनसरी, संखुवासभा,धनकुटा,भोजपुर,मोरङ र झापा, पाचथर(फिदिम)का अध्यक्ष,उपाध्यक्ष साथै फोनिजका सल्लाहकार बुद्धिजीवीहरु बृहत् भेला भएर प्रादेशिक अधिवेशन सबै जिल्ला अधिवेशन यही पुष २७ गते गर्ने निर्णय पारित गरेको छ ।
१ नं प्रदेशमा यही माघ ५ गते अधिवेशन गर्ने निर्णय भए अनुसार पाचथर (फिदिम)मा गर्ने निर्णय गरेको भएको कुरा फोनिज कोशी प्रदेश अध्यक्ष सन्तविर लामाले जानकारी दिए ।
उक्त बैठकमा वरिष्ठ पत्रकार सन्जय सन्तोषी राई, हिमाल राई, अर्जुन जुम्मेली राई, दिपेन्द्र राई,सन्देश सुव्वा,भुमिका सुव्वा, राजेन्द्र राई (दुष्ट) प्रदिप चौधरी,सुनिल चौधरी, धिरेन्द्र चौधरी,बिनु चेम्जोङ,निलिफा सुव्वा लगायतको उपस्थिति रहेको थियो।
