सुनसरी- बराहक्षेत्र नगरपालिका–१ वडा कार्यालयको आयोजना र तिलगंगा आँखा प्रतिष्ठान काठमाण्डौको व्यवस्थापन तथा रामलाल गोल्छा आँखा अस्पतालको प्राविधिक सहयोगमा बिहीबार एकदिने निशुल्क आँखा शिविर सम्पन्न भएको छ।
शिविरमा १२९ जना आँखाका बिरामीले उपचार सेवा लिएको दृष्टि विशेषज्ञ डा. सर्वेन्द्र कुमार यादवले जानकारी दिए। शिविरमा आँखा पोल्ने, मोतिविन्दु, आँखा पाकेको, मासु पलाएको, आँखा बांगो भएको, मधुमेह रोग कारण रेटिनामा देखिएको समस्या र चस्माको जाँच गरिएको थियो।
मोतिविन्दु भएका ३३ बिरामी भए पनि तत्काल २५ जना मोतिबिन्दु भएकालाई एकजना कुरुवा सहितलाई आफ्नै सवारी साधनमा लगेर निःशुल्क शल्यक्रिया गरिने दृष्टि विशेषज्ञ डा. सर्वेन्द्र कुमार यादवले जानकारी दिए। शिविरमा आँखाका साधारण बिरामी रहेका ७५ जनालाई निःशुल्क औषधि वितरण गरिएको थियो।
शिविरमा ५ वर्षीया पवित्रा थापादेखि ९१ वर्षका मानबहादुर श्रेष्ठसम्मको आँखाको उपचार गरिएको राजेश कटुवालले जानकारी दिए।


