• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
बुधबार, भदौ २४, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

अदालती मुद्दाको चाप घटाउन मेलमिलाप विधेयकः मन्त्री गौतम

बाढीबाट प्रभावित नागरिकको आक्रोशलाई राज्यप्रतिको अपेक्षा र अन्तिम गुहारका रूपमा बुझ्नुपर्छः सभापति लामिछाने

थाई विद्यालयमा शिक्षिकाको हत्या

परराष्ट्रमन्त्री खनालसँग श्रीलङ्काकी राजदूत डेल्पिटियाको भेट

वर्षान्तको बजेट खर्च रोक्ने मधेसको नयाँ परीक्षण

भक्तपुरमाः आज पञ्चदान पर्व मनाइँदै

सत्ता र प्रतिपक्षको परम्परागत सोचबाट माथि उठेर जलवायु न्यायका लागि जुटौँः सभापति लामिछाने

सडक दुर्घटनामा दुईको मृत्यु

काभ्रेका बाढीपीडितको समस्या सरकारी अल्झनमै

लोकप्रिय समाचार

  • १. राशिफल : कर्कट- नयाँ काम, मीन- उद्योगमा फाइदा

  • २. हे प्रकृति तिम्रो न्याय यही हो ?

  • ३. राशिफल : तुला- तीर्थाटन, वृश्‍चिक- मनोरञ्‍जन

  • ४. राशिफल : वृष- अप्ठ्यारो सम्झौता, सिंह- आरामदायी यात्रा

  • ५. राशिफल : वृष- काम सम्पादन, सिंह- रमाइलो यात्रा

  • ६. राशिफल : मेष- आत्मीयता बढ्ने, कन्या- प्रशन्‍नता

  • ७. विपत्तिमा मल्हम लगाउँदै निर्माण व्यवसायी : प्रधानमन्त्री राहत कोषमा संघको २ लाख ११ हजार सहयोग

  • ८. राशिफल : वृश्‍चिक- काम बन्‍ने, कुम्भ- मनमा हर्ष

  • ९. भोटेकोशी बाढी पीडितलाई क्यासिनो एसोसिएसनको ८५ लाख २३ हजार

  • १०. मन्त्रिपरिषद् बैठक बस्दै

भारत आउँदै पुटिन, अमेरिकालाई सन्देश !


    Avatar photo
आइतबार, मङि्सर ३०, २०८१ मा प्रकाशित

काठमाडौं- गत नोभेम्बर अन्त्यमा डलरको विकल्प नखोज्‍न ब्रिक्स देशलाई अमेरिकी राष्‍ट्रपतिमा निर्वाचित डोनाल्ड ट्रम्पको धम्कीको चर्चा सेलाउन नपाउँदै रुसी राष्‍ट्रपति भ्लादिमिर पुटिनको भारत भ्रमणको चर्चा शुरु भएको छ। पुटिन आगामी वर्ष २०२५ को शुरुवातमा भारत आउने चर्चा चलेको छ। युक्रेन युद्धका कारण प्रतिबन्धको सामना गरिरहेको रुसका राष्‍ट्रपतिको सम्भावित भारत भ्रमणलाई चासोका साथ हेरिएको छ।

Advertisement

भारतीय अखबार ‘द हिन्दू’का अनुसार प्रधानमन्त्री नरेन्द्र मोदीले रुसी राष्‍ट्रपति पुटिनलाई अर्को वर्षको शुरुमा हुने दुई देशीय शिखर वार्ताका लागि निम्तो दिएका छन्। २ डिसेम्बरमा पुटिनका विदेश नीति सल्लाहकार युरी उसाकोभले मोदीको निमन्त्रणा पुष्‍टि गरेका थिए। भ्रमणको मिति भने तय भइसकेको छैन। भ्रमण तिथि दुई देशबीच हुने आगामी उच्चस्तरीय छलफलबाट तय गरिने उनले बताएका छन्।

२४ फेब्रुअरी २०२२ मा युक्रेनमा रुसी आक्रमणपछि पुटिनको यो पहिलो भारत भ्रमण हुनेछ। त्यसअघि सन् २०२१ मा दुईदेशीय शिखर सम्मेलनका क्रममा पुटिन भारत आएका थिए। दुई देशका सरकारबीचको वार्षिक शिखर सम्मेलन गर्ने प्रतिबद्धताअनुसार भारतमा हुने सम्मेलनमा भाग लिन पुटिन भारत आउन लागेको द डिप्लोम्याटले उल्लेख गरेको छ।

हिन्दूका अनुसार विदेशमन्त्री एस जयशंकर र रुसी उपप्रधानमन्त्री डेनिस मान्टुरोभबीच अन्तर-सरकारी बैठकका क्रममा भारतमा भेट तथा सोही बैठकमा भाग लिन मस्को पुगेका भारतका रक्षामन्त्री राजनाथ सिंहको भ्रमणले पनि पुटिनको भारत यात्राको तयारी भइरहेको संकेत गर्छन्।

रुसमा निर्मित सामरिक यान ‘प्रोजेक्ट ११३५६ फ्रिगेट’लाई हरियो झण्डा देखाउने र भारतीय नौसेनालाई हस्तान्तरण गर्ने कार्यक्रममा रक्षामन्त्री सिंह सहभागी भएका छन्। इन्डिया टुडेका अनुसार उक्त जहाज एयर डिफेन्स, एन्टी-सबमरिन वारफेयर र सर्फेस कम्ब्याटसहित युद्धसम्बन्धी धेरै काममा प्रदर्शन गर्न सक्षम छ।

रुस-भारत सम्बन्ध

गत ६ नोभेम्बरमा रुसी थिंक ट्यांकको ‘भाल्डाई डिस्कसन क्लब’मा सम्बोधन गर्दै पुटिनले भारतलाई प्राकृतिक साझेदारको रूपमा उल्लेख गरेका थिए। र, द्विपक्षीय सम्बन्धमा विश्‍वास र सहयोगको प्रशंसा गर्दै भारत विश्‍वव्यापी महाशक्तिहरूको सूचीमा समावेश हुन योग्य रहेको बताएका थिए।

एक महिनापछि पुटिनले भारतका प्रधानमन्त्री मोदी र उनको ‘मेक इन इन्डिया’ पहलको तारिफ गरेका छन्। र, भारतमा लगानी बढाउन तयार रहेको बताएका छन्। ४ डिसेम्बरमा मस्कोमा भएको भीटीबी लगानी सम्मेलनलाई सम्बोधन गर्दै पुटिनले भारतको ‘मेक इन इन्डिया’ पहल र रुसको आयात प्रतिस्थापन कार्यक्रमबीच समानता रहेको बताएका थिए। भारत सरकारको साना र मझौला उद्यमहरूलाई प्राथमिकता दिने नीतिको सराहना गर्दै भारतमा उद्योगहरू सञ्‍चालन गर्न रुस तयार रहेको उनले बताएका थिए।

‘प्रधानमन्त्री मोदीको ‘मेक इन इन्डिया’ नामको यस्तै कार्यक्रम छ। हामी हाम्रो उत्पादन उद्योग भारतमा राख्‍न पनि तयार छौं। भारतका प्रधानमन्त्री र भारत सरकारले स्थिर अवस्था सिर्जना गर्दै आएका छन्। किनभने, भारतीय नेतृत्वले ‘भारत पहिलो’ नीति अवलम्बन गर्दै आएको छ र हामी विश्‍वास गर्छौं कि भारतमा लगानी फाइदाजनक छ।’

पछिल्लो समय पुटिन-मोदी सम्पर्क बाक्लिएको द डिप्लोम्याटले उल्लेख गरेको छ। यसै वर्ष मात्र दुईपटक रुस भ्रमण गरिसकेका मोदी र राष्‍ट्रपति पुटिनका बीच केही महिनाको अन्तरालमा टेलिफोन वार्तासमेत हुने गरेको डिप्लोम्याटले उल्लेख गरेको छ। दुईदेशीय सम्बन्धलाई बढावा दिएकामा मोदीलाई रुसले सर्वोच्च राष्‍ट्रीय पुरस्कार ‘द अर्डर अफ सेन्ट एन्ड्रयू द अपोसल’ पनि प्रदान गरिसकेको छ।

गत ८ जुलाईमा भारतीय प्रधानमन्त्री मोदी रुसी राष्‍ट्रपति भ्लादिमिर पुटिनको निम्तोमा २२औं भारत-रुस शिखर सम्मेलनमा सहभागी हुन मस्को पुगेका थिए। यो मोदीको रुस-युक्रेन युद्ध शुरु भएपछिको पहिलो मस्को भ्रमण थियो। त्यति मात्र नभएर तेस्रोपटक प्रधानमन्त्री बनेपछिको उनको पहिलो विदेश भ्रमण थियो।

त्यति नै बेला मोदीको मस्को भ्रमणलाई लिएर अमेरिकाले चिन्ता व्यक्त गर्दै भारतलाई सचेतसमेत गराएको थियो। अमेरिकी विदेश मन्त्रालयका प्रवक्ता म्याथ्यु मिलरले पुटिनसँगको वार्तामा युक्रेनको क्षेत्रीय अखण्डताको सम्मान र संरक्षणमा जोड दिन सचेत गराएका थिए।

गत अक्टोबरमा ब्रिक्स शिखर सम्मेलनमा भाग लिन मोदी फेरि रुसको कजान पुगेका थिए। मोदी-पुटिन भेटवार्तालाई अमेरिकासहित पश्‍चिमा मुलुकले चासोका साथ हेर्ने गरेको जानकारहरू बताउँछन्।

नेटो मुलुकले युक्रेनमा रुसी आक्रमणको कडा निन्दा गर्दै आएका छन्। जब कि, भारतले द्वन्द्व समाधान गर्न वार्ता र कूटनीतिका लागि आह्वान गर्नुबाहेक पुटिनको स्पष्‍ट आलोचना गर्नबाट पन्छिने गरेको बीबीसीले उल्लेख गरेको छ। भारतले युक्रेन र रुसबीचको द्वन्द्व समाधानका लागि ‘शान्ति र कूटनीति’को वकालत गर्दै आएको छ। सोभियत संघदेखि नै रुसको पक्षमा रहेको भारत अहिले पनि रुसकै पक्षमा देखिन्छ।

पश्‍चिमा मुलुकले मस्कोलाई एक्ल्याउन विभिन्‍न प्रतिबन्धहरू लगाएका छन्। तर, भारतले प्रतिबन्धपछि रुसी सहुलियतको तेल आयातलाई झन बढाएको छ। युद्धरत रुस र युक्रेनसँग समानान्तर सन्तुलित कूटनीतिक सम्बन्ध बनाइरहेको भारत रुससँगको सम्बन्धलाई लिएर अमेरिका र पश्‍चिमा मुलुकलाई पनि चिढ्याउने पक्षमा छैन। तर, रुसबाट अलग हुने पक्षमा पनि नभएको जानकारहरू बताउँछन्।

एक भारतीय कूटनीतिज्ञका अनुसार रुसले सोभियत संघको पालादेखि नै भारतको अहितमा कुनै काम गरेको छैन। यता अमेरिका र पश्‍चिमा मुलुकले भने एउटै गठबन्धनमा भए पनि पटक-पटक भारतको हित विपरीतका कार्य गर्दै आएका छन्। उनकै शब्दमा ‘भारतलाई रोक्ने प्रयास गर्दै आएका छन्।’ त्यसैले पनि भारतलाई रुससँगको सम्बन्धबाट टाढा हुने छुट छैन।

अलजजिराले स्रोतलाई उल्लेख गर्दै भनेको छ, ‘भारत रुसको ठूलो ग्राहक देश हो। उसका धेरैजसो सैन्य उपकरण रुसी निर्मित छन्, त्यसैले भारतले रुसलाई अलग्याउन सक्दैन।’ भारत रुसी हतियारको विश्‍वको सबैभन्दा ठूलो खरिदकर्ता पनि हो।

आणविक क्षेत्रमा भारत र रुसबीचको सहकार्यको सबैभन्दा महत्त्वपूर्ण क्षेत्र भारतको तमिलनाडुस्थित कुडानकुलम आणविक ऊर्जा परियोजना हो। जहाँ अहिले युनिट ३ र ४ को धमाधम निर्माण भइरहेको छ। त्यसपछि युनिट ५ र ६ को निर्माण शुरु हुनेछ। फाइनान्सियल एक्सप्रेसका अनुसार युनिट १ र २ को निर्माण सम्पन्‍न भइसकेको छ। यो परियोजनाले भारतको ऊर्जा क्षमतालाई बढावा दिनेछ।

यसबाहेक दुई देशबीच सन् २०३० सम्ममा द्विपक्षीय व्यापार १०० बिलियन डलर पुर्‍याउने, लगानी बढाउने, नन्-ट्यारिफ व्यापार अवरोधहरू हटाउने सहमति भइसकेको छ। यस्तै, रुसमाथि लागेको पश्‍चिमा प्रतिबन्धहरू छल्न दुईदेशीय कारोबारमा एकअर्काका मुद्राहरू प्रयोग गर्ने सहमति गरेका छन्।

ट्रम्पको चेतावनी भर्सेस मोदी-पुटिन वार्ता

अमेरिकी राष्‍ट्रपतिमा निर्वाचित डोनाल्ड ट्रम्पले ब्रिक्स देशहरूलाई डलरको विकल्प नखोज्‍न चेतावनी दिएका थिए। ३० नोभेम्बरमा एक्समा एक पोस्ट गर्दै भनेका थिए, ‘डलरबाट टाढा जान खोजिरहेका ब्रिक्स देशहरूको प्रयासलाई हामीले मुकदर्शक बनेर हेरिरहने समय सकिएको छ।’ टम्पले अमेरिकी डलरको विकल्पको रूपमा नयाँ मुद्रा सिर्जना नगर्ने प्रतिबद्धताको माग गर्दै अन्यथा शतप्रतिशत कर लगाउने चेतावनी दिएका छन्।

सीएनबीसीका अनुसार ट्रम्पले लामो समयदेखि अमेरिकी डलर विश्‍वको रिजर्भ मुद्रा रहिरहोस् भन्‍नेमा जोड दिँदै आएका छन्। एक अन्तर्वार्तामा ट्रम्पले ‘अमेरिकी प्रभुत्वमा क्षति गर्ने भएकाले देशहरूलाई डलरबाट बाहिरिन नदिने’ प्रतिबद्धता जनाएको याहु फाइनान्सले उल्लेख गरेको छ।

याहु फाइनान्सका अनुसार ट्रम्प र उनका आर्थिक सल्लाहकारहरूले डलरबाहेक अन्य मुद्राहरूमा द्विपक्षीय व्यापार गर्ने तयारी गरिरहेका विरोधी देशका साथै सहयोगीहरूलाई पनि समान सजाय दिनेबारे छलफल गरिरहेका छन्। याहु फाइनान्सले स्रोतको हवाला दिँदै उनीहरूले निर्यात नियन्त्रण, मुद्रा हेरफेर शुल्क र व्यापारमा उच्च कर लगाउने विकल्पहरूमा काम गरिरहेका छन्।

सन् २०२२ मा रुस-युक्रेन युद्ध शुरु भएसँगै अमेरिकाले रुसमाथि आर्थिक प्रतिबन्ध लगाएको थियो। त्यसलगत्तै ब्रिक्स राष्‍ट्रहरूले सन् २०२३ को शिखर सम्मेलनमा डलरको विकल्पको बारेमा छलफल गरेका थिए।

अमेरिका र पश्‍चिमाको दबाबका बावजुद मोदी-पुटिन सम्बन्ध झन विस्तार हुँदै गएको जानकारहरू बताउँछन्। ट्रम्पको चेतावनीसँगै हुन लागेको पुटिनको भारत भ्रमणले पश्‍चिमाहरूलाई थप चिढ्याउने विश्लेषकहरू बताउँछन्। यद्यपि, सम्भावित परिणामहरू हेर्न बाँकी नै छ।

भारतको नयाँ कूटनीति र अमेरिका सम्बन्ध

पछिल्लो समय भारतले शान्ति कूटनीतिलाई बढी सक्रिय र कम जोखिमको पोजिसनका रूपमा लिएको पाइन्छ, जुन परम्परागत तटस्थताको सिद्धान्तभन्दा धेरै पर पुगिसकेको अब्जर्भर रिसर्च फाउन्डेसनमा प्रकाशित रिपोर्टमा उल्लेख छ।

भारतले मुद्दामा आधारित कूटनीति अपनाउँदै आएको कूटनीतिका जानकारहरू बताउँछन्। तर, भारतले अहिले नै विश्‍व शक्तिको दाबी गर्दा भूराजनीतिक भूमरीमा फस्‍न सक्ने पनि उनीहरूको बुझाइ छ।

कूटनीतिका एक जानकार भन्छन्, ‘भारत अहिले आइडियोलिजम छोडेर रियालिजम र लिबरालिजममा बरालिएको छ। क्षेत्रीय शक्तिका रूपमा उदाउँदै गरेको छ। तर, अहिले नै विश्‍व शक्तिमा दाबी गर्नु र चुनौती दिनुले भारत कुनै पनि बेला भूराजनीतिक भूमरीमा फस्‍न सक्छ।’

सन् २०१४ देखि भारत अमेरिकाको रणनीतिक प्रमुख रक्षा साझेदारको रूपमा छ। भारत अमेरिकाको इन्डो-प्यासिफिक स्ट्राटेजीको प्रमुख साझेदार पनि हो। अमेरिका सम्मिलित ‘आईटूयूटू’ समिटमा पनि सदस्य छ, भारत। भारतीय विश्लेषक चिन्तामणि महापात्राका अनुसार अमेरिकाले भारतलाई चीनको चुनौती सामना गर्न इन्डो-प्यासिफिक स्ट्राटेजीमा मुख्य साझेदार मान्छ। अमेरिकाको उद्देश्य इन्डो-प्यासिफिक क्षेत्रमा चीनको बढ्दो प्रभाव रोक्नु हो। भारत पनि यस क्षेत्रमा चीनको बढ्दो प्रभावबाट सशंकित छ। यसका लागि उसले अमेरिकी गठबन्धनमा सहकार्य गरिरहेको छ।

भारत एकातर्फ इन्डो-प्यासिफिकमा चीनलाई रोक्ने प्रयास गरिरहेको छ। अर्कोतर्फ सम्बन्ध सुधारको पक्षमा पनि लागिसकेको छ। भारत-चीनले सीमा विवाद समाधानका लागि सम्झौता गर्दै सम्बन्ध सुधार प्रयास शुरु गरिसकेका छन्। ब्रिक्स जानुअघि दुवै देशले सीमा विवाद समाधानका लागि सम्झौता गरेका थिए।

ब्रिक्समा जानुअघि सम्झौता भएकाले रुसले भारत-चीनलाई मिलाएर आफ्नो कूटनीतिक शक्ति देखाएको हुन सक्ने चर्चा चलेको थियो। पछिल्लो समय उग्र राष्‍ट्रवादी मोदी सरकारले अमेरिकाबाट बारम्बार धम्की पाइरहेको र आन्तरिक मामलामा हस्तक्षेप भएको महशुस गरेको छ। सोही कारण उसले आफ्नो स्वतन्त्र कूटनीतिको अभ्यास थालेको जानकारहरू बताउँछन्।

भारत र चीन दुवैले आफूमाथि अन्तर्राष्‍ट्रीय दबाब महशुस गरेका छन्। त्यसैले ती दबाबसँग जुध्न पनि दुई देशबीच तनाव कम गर्ने सम्झौता भएको हुन सक्ने परराष्‍ट्रविद अरुणकुमार सुवेदी बताउँछन्। भन्छन्, ‘चीनमाथि पूर्वी र दक्षिण चीन सागरको ठूलो दबाब छ। भारतले पनि पश्‍चिमा दबाबको महशुस गरेको देखिन्छ। दुवैले आफूमाथि पर्दै गएका दबाबहरूबाट मुक्त हुनका लागि एकअर्काबीचको नकारात्मक इंगेजमेन्टलाई कम गर्ने कोशिस गरेका हुन्।’

भारतले विभिन्‍न अन्तर्राष्‍ट्रीय मञ्‍चहरूमा चीनसँगको सहकार्य र प्रतिस्पर्धालाई सन्तुलनमा राखेर अगाडि बढ्नुपर्ने बिजनेस स्टान्डर्डले सुझाव दिएको छ।

भारत-रुस नजिकिँदा ‘बहुध्रुवीय विश्‍व व्यवस्था’लाई मलजल

नेपालको परराष्‍ट्र मन्त्रालयका एक अधिकारीको बुझाइमा ब्रिक्सको सफलता विश्‍व राजनीतिक अर्डरमा चीन, भारत र रुसको एक बलियो ध्रुव बन्‍ने क्रमको शुरुवात हो। भन्छन्, ‘चीनको मिडियामा जुन तरिकाले भारत-चीन सीमा विवाद समाधान सम्झौतालाई ब्रिक्सको उपलब्धिका रूपमा व्याख्या गरिएको छ, त्यसले तीन देशको नयाँ गठबन्धन बन्‍ने ज्यादा सम्भावना छ।’

१६औं ब्रिक्स शिखर सम्मेलनको उदघाटन सत्रमा रुसका राष्‍ट्रपति भ्लादिमिर पुटिनले पनि ‘बहुध्रुवीय विश्‍व व्यवस्था’को गठन प्रगति उन्मुख रहेको बताएका थिए। कारण थियो, ब्रिक्समा नयाँ सदस्यहरू थपिनु। ब्राजिल, रुस, भारत, चीन, दक्षिण अफ्रिका सम्मिलित ब्रिक्समा चार सदस्य थपिएका छन्- इथियोपिया, संयुक्त अरब इमिरेट्स (यूएई), इरान र इजिप्ट। यद्यपि, पुटिनले ब्रिक्सलाई ‘पश्‍चिमा विरोधी गठबन्धन’को रूपमा भने अस्वीकार गरेका छन्।

द डिप्लोम्याटका अनुसार भारत चीनसँगको सीमामा शान्ति र स्थायित्व कायम गर्दै रुससँग ऊर्जा सुरक्षा, रक्षा सहयोग र रणनीतिक साझेदारी सुनिश्‍चित गर्न चाहन्छ। उसका पछिल्ला गतिविधिले पनि यो कुरा पुष्‍टी हुन्छ।

आइतबार, मङि्सर ३०, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

अदालती मुद्दाको चाप घटाउन मेलमिलाप विधेयकः मन्त्री गौतम
बाढीबाट प्रभावित नागरिकको आक्रोशलाई राज्यप्रतिको अपेक्षा र अन्तिम गुहारका रूपमा बुझ्नुपर्छः सभापति लामिछाने
थाई विद्यालयमा शिक्षिकाको हत्या
परराष्ट्रमन्त्री खनालसँग श्रीलङ्काकी राजदूत डेल्पिटियाको भेट
वर्षान्तको बजेट खर्च रोक्ने मधेसको नयाँ परीक्षण
भक्तपुरमाः आज पञ्चदान पर्व मनाइँदै

भर्खरै

  • १.
    अदालती मुद्दाको चाप घटाउन मेलमिलाप विधेयकः मन्त्री गौतम

  • २.
    बाढीबाट प्रभावित नागरिकको आक्रोशलाई राज्यप्रतिको अपेक्षा र अन्तिम गुहारका रूपमा बुझ्नुपर्छः सभापति लामिछाने

  • ३.
    थाई विद्यालयमा शिक्षिकाको हत्या

  • ४.
    परराष्ट्रमन्त्री खनालसँग श्रीलङ्काकी राजदूत डेल्पिटियाको भेट

  • ५.
    वर्षान्तको बजेट खर्च रोक्ने मधेसको नयाँ परीक्षण

  • ६.
    भक्तपुरमाः आज पञ्चदान पर्व मनाइँदै

  • ७.
    सत्ता र प्रतिपक्षको परम्परागत सोचबाट माथि उठेर जलवायु न्यायका लागि जुटौँः सभापति लामिछाने

  • ८.
    सडक दुर्घटनामा दुईको मृत्यु

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.