Advertisement
काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सत्ता गठबन्धनभित्रै पनि मित्रतापूर्ण प्रतिस्पर्धा गर्न सकिने बताएका छन् ।
बिहीबार धनगढी पुगेका उनले पत्रकारसँग कुरा गर्दै भने, ‘कहिँकतै (पालिकामा) गठबन्धनभित्र त्यस्तो समस्या पर्यो भने स्वस्थ र मित्रतापूर्ण प्रतिस्पर्धाको ठाउँ हामीले बाँकी राखेका छौं ।’
तर, ६ महानगर र ११ उपमहागरमा गरिएको तालमेलका आधारमा अन्य पालिकामा गठबन्धन हुने उनले बताए ।
‘समस्या परेमा त्यस्तो ठाउँमा गठबधनभित्रै पनि प्रतिस्पर्धा हुन सक्छ भनेका छौँ, तर त्यस्तो भन्नुको तात्पर्य गठबन्धनभित्रको प्रतिस्पर्धामा प्राथमिकता दिने भनिएको होइन, प्राथमिताकता तालमेलमा हो,’ उनले भने । प्रचण्डले नेपाली राजनीतिमा दुई ध्रुवीकरण देखा परेको बताए ।