• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
बुधबार, भदौ २४, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

अदालती मुद्दाको चाप घटाउन मेलमिलाप विधेयकः मन्त्री गौतम

बाढीबाट प्रभावित नागरिकको आक्रोशलाई राज्यप्रतिको अपेक्षा र अन्तिम गुहारका रूपमा बुझ्नुपर्छः सभापति लामिछाने

थाई विद्यालयमा शिक्षिकाको हत्या

परराष्ट्रमन्त्री खनालसँग श्रीलङ्काकी राजदूत डेल्पिटियाको भेट

वर्षान्तको बजेट खर्च रोक्ने मधेसको नयाँ परीक्षण

भक्तपुरमाः आज पञ्चदान पर्व मनाइँदै

सत्ता र प्रतिपक्षको परम्परागत सोचबाट माथि उठेर जलवायु न्यायका लागि जुटौँः सभापति लामिछाने

सडक दुर्घटनामा दुईको मृत्यु

काभ्रेका बाढीपीडितको समस्या सरकारी अल्झनमै

लोकप्रिय समाचार

  • १. राशिफल : कर्कट- नयाँ काम, मीन- उद्योगमा फाइदा

  • २. हे प्रकृति तिम्रो न्याय यही हो ?

  • ३. राशिफल : तुला- तीर्थाटन, वृश्‍चिक- मनोरञ्‍जन

  • ४. राशिफल : वृष- अप्ठ्यारो सम्झौता, सिंह- आरामदायी यात्रा

  • ५. राशिफल : वृष- काम सम्पादन, सिंह- रमाइलो यात्रा

  • ६. राशिफल : मेष- आत्मीयता बढ्ने, कन्या- प्रशन्‍नता

  • ७. विपत्तिमा मल्हम लगाउँदै निर्माण व्यवसायी : प्रधानमन्त्री राहत कोषमा संघको २ लाख ११ हजार सहयोग

  • ८. राशिफल : वृश्‍चिक- काम बन्‍ने, कुम्भ- मनमा हर्ष

  • ९. भोटेकोशी बाढी पीडितलाई क्यासिनो एसोसिएसनको ८५ लाख २३ हजार

  • १०. मन्त्रिपरिषद् बैठक बस्दै

दुर्गा प्रसाईंको अराजक अभियान र लरेन्स विश्नोई कनेक्सन


    Avatar photo
बिहिबार, मङि्सर २७, २०८१ मा प्रकाशित

काठमाडौं– सरकारको कमजोरीको फाइदा उठाउँदै अराजक अभियान सञ्‍चालन गर्दै आएका मेडिकल व्यवसायी दुर्गा प्रसाईं यतिबेला प्रहरी हिरासतमा छन्। विद्युतीय कारोबार ऐनको कसुरमा साइबर ब्युरोको हिरासतमा रहेका प्रसाईंको आपराधिक समूहसँग कनेक्सन देखिएपछि थप अनुसन्धानका लागि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)को जिम्मा लगाइएको छ।

Advertisement

प्रधानमन्त्री केपी ओलीको कम्बोडियामा लगानी रहेको भन्दै विवादास्पद अभिव्यक्ति दिएपछि ४ मंसिरमा सीआईबीले उनलाई भक्तपुरस्थित निवासबाट पक्राउ गरेको थियो। पक्राउपछि उनलाई सीआईबीले साइबर ब्युरोमा बुझाएको थियो। साइबर ब्युरोले विद्युतीय कारोबार ऐनको कसूरमा अनुसन्धान सकेर जिल्ला सरकारी वकिलको कार्यालयमा प्रतिवेदन बुझाएपछि प्रसाईंलाई आपराधिक लाभसम्बन्धी अर्को कसूरमा अनुसन्धानका लागि २४ मंसिरमा सीआईबी लगिएको हो।

पक्राउको अघिल्लो दिन प्रसाईंले पत्रकार सम्मेलन गर्दै कम्बोडियास्थित टेलिकम कम्पनी स्मार्ट आजिआटामा ओलीको २१ करोड अमेरिकी डलर (२५ मंसिरको सटही दरअनुसार करिब साढे २८ अर्ब रूपैयाँ) लगानी रहेको आरोप लगाएका थिए। १४ मे २०१९ मा कम्बोडियामा बिजनेस फोरममा सहभागी हुन पुगेका बेला कम्पनीको सेयर होल्डरको रूपमा हस्ताक्षर गरेको उनको दाबी थियो।

अनुसन्धानमा संलग्‍न एक अधिकारीका अनुसार प्रसाईंको आरोप कुनै एंगलबाट पनि पुष्‍टि हुने आधार भेटिएनन्। प्रमाण भन्दै सार्वजनिक गरिएको ‘फेक डकुमेन्ट’मा प्रधानमन्त्रीको नाम र हस्ताक्षर नै नमिलेको उनी बताउँछन्। र, प्रसाईंले पनि ‘स्रोतको भर पर्दा फेक डकुमेन्ट सार्वजनिक गर्न पुगेको’ स्वीकार गरेका उनको दाबी छ।

प्रहरीले अनुसन्धान सकेर जिल्ला सरकारी वकिल कार्यालयलाई फाइल बुझाइसकेकाले बाँकी कारवाही प्रक्रिया त्यहींबाट अघि बढ्ने उनी बताउँछन्। अनुसन्धानका क्रममा प्रसाईंको कनेक्सन केही आपराधिक समूहसँग पनि देखिएपछि त्यसको अनुसन्धानका लागि उनलाई सीआईबीमा पठाइएको उनले बताए।

प्रसाईंको विश्‍नोई कनेक्सनमा सीआईबी अनुसन्धान

साइबर अपराधमा अनुसन्धानका क्रममा प्रसाईंको कनेक्सन भारतीय गुण्डा नाइके लरेन्स विश्‍नोईको समूहसँग देखिपछि उनी यतिबेला सीआईबीको हिरासतमा पुगेका छन्। सीआईबीले २४ मंसिरमा दुर्गा प्रसाईंसँग पहिलो चरणको बयान पनि लिइसकेको छ। उनीमाथि लरेन्स विश्‍नोईको नाम लिएर व्यवसायीहरूलाई धम्क्याएको आरोप छ।

केही समयअघि व्यवसायीहरूले भारतीय र दुबईका नम्बरबाट विश्‍नोईका नाममा लगातार धम्की आउन थालेपछि सीआईबीमा उजुरी दिएका थिए। अनुसन्धानका क्रममा झापाको मेचीनगर-१३ का हरिचन्द्र फुयालको संलग्‍नता रहेको देखिएपछि १४ मंसिरमा पक्राउ परेका थिए। फुयाल पक्राउ परेपछि उनको सम्बन्ध दुर्गा प्रसाईंसँग रहेको खुलेको सीआईबीले जनाएको छ। फुयाल र प्रसाईंमाथि सीआईबीले अनुसन्धान गरिरहेको छ।

सीआईबीका एक अनुसन्धान अधिकृतका अनुसार व्यवसायीहरूलाई धम्की आएको मितिमा मात्रै उनीहरूबीच १०० पटकभन्दा बढी फोन सम्पर्क भएको खुलेको छ। त्यसपछि फुयालसँग प्रसाईंको कनेक्सन खुलेको थियो। उनका अनुसार फुयाल भारतको आसाम र पानीट्यांकीमा बसेर भारतीय नम्बरमार्फत व्यवसायीलाई धम्क्याउने काम गर्थे। उनले पानीट्यांकीमा आफ्नो व्यवसाय पनि रहेको बताएका छन्। प्रहरीका अनुसार फुयालले भारतमा आफूलाई नवीन प्रधानको नामबाट परिचित गराएका थिए।

सीआईबी स्रोतका अनुसार प्रसाईंले व्यवसायी धम्क्याउने फुयाललाई भारतमा बस्‍ने र खाने खर्च भन्दै ५ लाख रूपैयाँ दिएको खुलेको छ। तर, पैसा उनले सीधा दिएका थिएनन्। अर्का व्यक्तिमार्फत फुयाललाई पैसा पठाएका थिए। प्रसाईंका ती सहयोगीसहित आपराधिक लाभमा संलग्‍न अन्य ६ जना फरार रहेको र उनीहरूको खोजी भइरहेको प्रहरीले जनाएको छ।

सीआईबी स्रोतका अनुसार फुयालले व्यवसायीहरूलाई धम्क्याउन दुर्गा प्रसाईंबाट रकम लिएको स्वीकार गरेका छन्। विश्‍नोईको नाममा धम्की पाएका व्यापारीहरूसँग फुयालको यसअघि कुनै पनि सम्बन्ध रहेको पुष्‍टि हुन सकेको छैन। सोही कारण प्रहरीले उनलाई अर्कैले रकम दिएर धम्की दिन लगाएको हुन सक्ने आशंका गरेको थियो। र, प्रसाईंसँग फुयालको कनेक्सन देखिएपछि प्रहरीलाई अनुसन्धानमा सहज भएको छ।

सीआईबीका प्रवक्ता एसपी होबिन्द्र बोगटीका अनुसार लरेन्स विश्‍नोई समूहसँग कनेक्सन रहेको आशंका गरिए पनि हालसम्म प्रसाईंको प्रत्यक्ष कनेक्सन पुष्‍टि भइसकेको छैन। तर, प्रसाईं र फुयालबीच सम्पर्क देखिएको र पैसा दिएको रसिदहरू पनि ह्वाट्स एपमार्फत पठाएको भेटिएको छ।

भन्छन्, ‘लरेन्ससँग त सीधा सम्पर्क देखिएको छैन। दुर्गा प्रसाईं र फुयालबीच सम्पर्क देखिन्छ। पैसा दिएको रसिदहरू पनि ह्वाट्स एपमा पठाएको देखिन्छ। त्यसको परीक्षण गर्दैछौं। मुद्दा चलाउने आधारचाहीं देखिएको छ। पुष्‍टि हुने÷नहुने कुरा थप अनुसन्धानपछि थाहा हुने कुरा हो।’

यसैबीच, सीआईबीको हिरासतमा रहेका प्रसाईंले आफूलाई ओली सरकारले झुटा मुद्दा लगाएर फसाउने षडयन्त्र गरेको दाबी गरेका छन्। २५ मंसिरमा प्रसाईंले स्वकीय सचिवमार्फत आफ्नो सामाजिक सञ्‍जालमा सरकारले फुयाल नामका एक पात्र खडा गरी संगठित अपराध र आर्थिक लाभजस्ता मुद्दामा फसाउन लागेको दाबी गरेका छन्। र, सीआईबीले नक्कली पात्र खडा गरेर ‘बयानको नाटक’ सम्पन्‍न गरेको दाबी गरेका छन्।

प्रसाईंले स्वकीय सचिवमार्फत भनेका छन्, ‘हिजो सीआईबीले नक्कली पात्रलाई मेरासामु खडा गरी बयान लिने नाटक पनि सम्पन्‍न ग¥यो। आफूले दुर्गा प्रसाईं यसअघि नचिनेको, प्रत्यक्ष नभेटेको नदेखेको र कुनै प्रकारको कुराकानीसमेत नभएको ती पात्रले बयान दिएका छन्। हेक्का रहोस्, जीवनमा मैले कुनै किसिमको अपराध गरेको वा गर्न लगाएर एक पैसाको लाभ लिएको छैन्।’

फुयालले व्यवसायीलाई धम्की दिन नाम लिएका लरेन्स विश्‍नोई भारतका खुंखार गुण्डा नाइके मानिन्छन्। उनी अहिले भारतको तिहाड जेलमा कैद छन्। यद्यपि, उनको समूहले विश्‍नोईका नाममा आपराधिक गतिविधिलाई निरन्तरता दिँदै आएको छ। उनीमाथि जबर्जस्ती असुली, फिरौती, हत्यालगायत कैयौं मुद्दा लागेका छन्।

प्रसाईंका अराजक अभियान

कुनै बेला एमाले अध्यक्ष ओली र माओवादी अध्यक्ष पुष्‍पकमल दाहाल ‘प्रचण्ड’लाई आफ्नै निवासमा मार्सी चामलको भात खुवाएर चर्चामा आएका प्रसाईं पछिल्लो समय ‘राष्‍ट्र, राष्‍ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान’का नाममा अराजक गतिविधिमा संलग्‍न छन्। एमालेको केन्द्रीय सदस्यसमेत बनेका प्रसाईंलाई पूर्व राजा ज्ञानेन्द्र शाहसँग साँठगाँठ बढेपछि पार्टीले कारवाही गरेको थियो।

पटक-पटक विवादास्पद गतिविधि र अभिव्यक्तिका कारण उनी प्रहरी हिरासतमा पुगेका छन्। यसअघि पनि गत २ असोजमा व्यक्तिको चरित्र हत्या आरोपमा साइबर ब्युरोले उनलाई घरैबाट पक्राउ गरेको थियो।

राजनीतिक दबाबमा समेत बीएन्डसी मेडिकल कलेजको सम्बन्धन नपाएपछि उनी राजनीतिक दलहरूप्रति विष वमनमा उत्रिन थाले। अझ एमाले अध्यक्ष ओलीसँग दूरी बढेपछि पूर्व राजासँग नजिकिएका प्रसाईंले ‘राष्‍ट्र, राष्‍ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान’का नाममा व्यवस्था नै परिवर्तन गर्ने भन्दै आन्दोलन गर्दै आएका छन्। पटक-पटक महेश बस्‍नेत इन्चार्ज रहेको एमालेको युवा संघ र दुर्गा प्रसाईं समूह आमनेसामने भइसकेका छन्।

नेपाललाई लुटेर धनी बनेको र अर्थतन्त्र ध्वस्त पारेको भन्दै प्रसाईंले मारवाडी समुदायका व्यवसायीहरूलाई लक्षित गर्दै कुख्यात राष्‍ट्रघाती, अपराधीजस्ता आरोपसमेत लगाउन भ्याए। यस्तै, लघुवित्त, सहकारी र बैंकका ऋणीहरूलाई उकासेर ऋण मिनाहाको अभियानसम्म चलाए। उनले बैंक तथा वित्तीय संस्थाका कर्मचारीलाई कारवाही गर्ने नाममा कालोमोसो अभियानसमेत चलाए। त्यसका लागि ‘कालोमोसो दस्ता’ नै घोषणा गरेका थिए। तर, पटक-पटक आफैं कालोमोसोको शिकार भएपछि प्रसाईंको अभियान तुहिएको थियो।

जानकारहरूका अनुसार व्यवस्था परिवर्तन भए ऋण मिनाहा हुने आश्‍वासन दिएर उनले ऋणीहरूलाई आफ्नो साथमा लिएका थिए। तर, उनको मेडिकल कलेजले सम्बन्धन पाएसँगै प्रसाईं ऋणीहरूको मागबाट विमुख भएका छन्। प्रसाईंले व्यक्तिगत स्वार्थका लागि अराजकता फैलाइरहेको र समाजलाई विखण्डनतर्फ प्रेरित गरेको बैंकका ऋणीहरू बताउँछन्।

बिहिबार, मङि्सर २७, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

अदालती मुद्दाको चाप घटाउन मेलमिलाप विधेयकः मन्त्री गौतम
बाढीबाट प्रभावित नागरिकको आक्रोशलाई राज्यप्रतिको अपेक्षा र अन्तिम गुहारका रूपमा बुझ्नुपर्छः सभापति लामिछाने
थाई विद्यालयमा शिक्षिकाको हत्या
परराष्ट्रमन्त्री खनालसँग श्रीलङ्काकी राजदूत डेल्पिटियाको भेट
वर्षान्तको बजेट खर्च रोक्ने मधेसको नयाँ परीक्षण
भक्तपुरमाः आज पञ्चदान पर्व मनाइँदै

भर्खरै

  • १.
    अदालती मुद्दाको चाप घटाउन मेलमिलाप विधेयकः मन्त्री गौतम

  • २.
    बाढीबाट प्रभावित नागरिकको आक्रोशलाई राज्यप्रतिको अपेक्षा र अन्तिम गुहारका रूपमा बुझ्नुपर्छः सभापति लामिछाने

  • ३.
    थाई विद्यालयमा शिक्षिकाको हत्या

  • ४.
    परराष्ट्रमन्त्री खनालसँग श्रीलङ्काकी राजदूत डेल्पिटियाको भेट

  • ५.
    वर्षान्तको बजेट खर्च रोक्ने मधेसको नयाँ परीक्षण

  • ६.
    भक्तपुरमाः आज पञ्चदान पर्व मनाइँदै

  • ७.
    सत्ता र प्रतिपक्षको परम्परागत सोचबाट माथि उठेर जलवायु न्यायका लागि जुटौँः सभापति लामिछाने

  • ८.
    सडक दुर्घटनामा दुईको मृत्यु

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.