Advertisement
काठमाडौँ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी काममा फर्किएका छन् । मंगलबार सर्वोच्च अदालतले काम गर्नबाट नरोक्न अन्तरिम आदेश दिएसँगै उनी काममा फर्किएका हुन् ।
काममा फर्किएसँगै उनले सरकारले संस्थामाथि आक्रमण गरेकाले आदलत गएको प्रतिक्रिया दिए । उनले व्यवसायिक ढंगले काम गर्ने बताउँदै पूर्वाग्रह नराख्ने बताएका थिए ।
अधिकारीलाई बैंकका कर्मचारीले स्वागत गरेका थिए । उनीमाथि कारबाही गरेको भन्दै राष्ट्र बैंकका कर्मचारीले विरोध जनाउँदै आएका थिए ।
अर्थमन्त्री जनार्दन शर्माले असहयोग गरेको भन्दै गर्भनर अधिकारीमाथि गम्भीर आरोप लगाएर निलम्बन गरेका थिए ।