Advertisement
काठमाडौँ । आज सुनको मूल्य तोलामा एक हजार ५०० सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले सुनको मूल्य तोलामा एक हजार ५०० रुपैयाँले घटेको जानकारी दिएको हो ।
महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा एक लाख ६०० रुपैयाँ कायम भएको छ । यस्तै, तेजाबी सुनको मूल्य तोलामा एक लाख १०० रुपैयाँमा कारोबार भइरहेको छ ।
यसैगरी, आज चाँदीको मूल्य प्रतितोला ३५ रुपैयाँ घट्दै तोलामा १३ सय ८५ रुपैयाँ तोकिएको छ ।