Advertisement
काठमाडौँ । विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ)का महानिर्देशक डा. टेड्रोस अधानोम गेब्रेयसस नेपाल आउने भएका छन् । उनी तीन दिने औपचारिक भ्रमणका लागि नेपाल आउने भएका हुन् ।
तीन दिने भ्रमण आउन लागेका उनी वैशाख ८ देखि १० गते नेपाल बस्ने भएका छन् । भ्रमणका क्रममा उनको साथमा डब्ल्युएचओका दक्षिण पूर्व एशिया क्षेत्रीय कार्यालयका क्षेत्रीय निर्देशक डा. पुनम खेत्रपाल र डब्ल्युएचओका अन्य पदाधिकारीसमेत आउने भएका छन् ।
नेपाल भ्रमणका क्रममा गेब्रेयससले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री शेरबहादुर देउवा र राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासँग भेट वार्ता गर्ने भएका छन् ।