Advertisement
काठमाडौँ । सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला ४०० ले घटेको छ । योसँगै आज एक लाख दुई हजार १०० रुपैयाँमा कारोबार भएको छ ।
यस्तै, नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको विवरणअनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला एक लाख एक हजार ६०० रुपैयाँ तोकिएको छ । यसको मूल्य अघिल्लो दिन प्रतितोला एक लाख दुई हजार थियो ।
आज चाँदी अघिल्लो कारोबारको मूल्यमै स्थिर रहेको छ ।