• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
शुक्रबार, भदौ २६, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

देवीघाटमा सेनाले बनायो पाँच दिनमा एक्रोब्रिज

असद शासनका नौ पूर्व पाइलट पक्राउ

स्विट्जरल्यान्डमा बस दुर्घटना

“१२५ बेडको स्वीकृति, ३२० बेडमा उपचार : बिरामीको चाप थेग्न सेती अस्पतालले आइतबार पनि सेवा दिने

विभाजनबीच ब्रिक्स शिखर सम्मेलन

विश्‍व घटना : लिबिया बाढीमा मारिए ११ हजार ३००

राशिफल : मकर- शत्रु परास्त, कुम्भ- धन आर्जन

भोटेकोशी बाढीका कारण पूर्वाधार क्षेत्रमा ९० अर्बको क्षति

बाढीले प्रभावित क्षेत्रमा पुनर्निर्माणका लागि सात खर्ब २३ अर्ब आवश्यक

लोकप्रिय समाचार

  • १. हे प्रकृति तिम्रो न्याय यही हो ?

  • २. राशिफल : कर्कट- नयाँ काम, मीन- उद्योगमा फाइदा

  • ३. राशिफल : वृष- अप्ठ्यारो सम्झौता, सिंह- आरामदायी यात्रा

  • ४. राशिफल : वृष- काम सम्पादन, सिंह- रमाइलो यात्रा

  • ५. राशिफल : वृश्‍चिक- मान-सम्मान, धनु- स्वादिष्‍ट भोजन

  • ६. राशिफल : मेष- आत्मीयता बढ्ने, कन्या- प्रशन्‍नता

  • ७. राशिफल : वृश्‍चिक- काम बन्‍ने, कुम्भ- मनमा हर्ष

  • ८. भोटेकोशी बाढी पीडितलाई क्यासिनो एसोसिएसनको ८५ लाख २३ हजार

  • ९. नेपाली युवा बक्सर घिमिरे बने विश्व च्याम्पियन

  • १०. पाटनको कृष्ण मन्दिरमा भक्तजनको घुइँचो

रियो दी जेनेरियोका सडकमा किन घुम्दैछन् नरभक्षी गोही ?


मङ्गलबार, बैशाख ०६, २०७९ मा प्रकाशित

 

Advertisement

काठमाडौँ । यदि, तपाईं घरबाट कतै जाँदै हुनुहुन्छ । सोही क्रममा तपाईंले बाटोमा गोही देख्नु भयो भने कति अचम्म र डर लाग्छ होला ?

 

ब्राजिलको रियो दि जेनेरियोमा बस टर्मिनलमा बस कुरिरहेका मानिसहरूले यस्तै अनुभव गरे । जब उनीहरू खुला विचरण गरिरहेको एक घडियाल गोही देखे ।

 

मार्च २९ बिहान ५ः४० बजेको घटना हो, यो । उक्त समयमा सहरको बस टर्मिनलमा गाडी कुर्नेको घुइचो हुने गर्छ । सोही क्रममा गोही आएपछि बस कुरिरहेका मानिसहरू बस टर्मिनल छेउको आकासे पुल चढेर भिडियो खिच्न थाले ।

 

भिडबाट कसैले कराएर यो जनावर खतरनाक छ भनेपछि मानिसहरूको डर थप बढ्यो । हुन, पनि ४० किलो जतिको २.५ मिटर लामो गोही हेर्द भयानक देखिन्थ्यो ।

 

त्यसमाथि मानिसको भिडले आत्तिएर भाग्ने ठाउँ नपाएर ऊ आफै आकासे पुलमा तलमाथि गर्ने प्रयास गरिरहेको थियो । यो देखेर मानिसहरू चिच्याएर भाग्न थाले । तर, मानिसभन्दा भयभित गोही नै देखिन्थ्यो।

 

एक घण्टा लामो उद्धार प्रयासपछि गोहीलाई खोरमा राखेर नजिकैको तालमा छाडिएको थियो । त्यहाँ मानिसहरू र घडियाल कसैलाई पनि कुनै नोक्सानी भएन । रियो दि जेनेरियोको सिभिल डिफेन्स डिपार्टमेन्टका अनुसार उक्त गोही एक किलोमिटर टाढा बनाइएको तालबाट आएको हुन सक्ने छ ।

 

त्यहाँ काम गर्ने एक व्यक्तिले भने, ‘वर्षाको समयमा यहाँको अँध्यारो ठाउँमा जान डर लाग्छ ।’ यहाँ यस्ता घटना भइरहेकाले उनी डराउनु स्वभाविक हो ।

 

जंगली जनावरहरूको बढ्दो घटना

पछिल्ला केही महिनाहरूमा रियो दि जेनेरियोको शहरी क्षेत्रहरूमा धेरै जंगली जनावरहरू देखिएका छन् । त्यसबारे स्थानीय मिडियाले खबर पनि प्रशारण गरिरहेका हुन्छन् ।

 

बस टर्मिनल घटना हुनुभन्दा चार दिनअघि अप्रिल २ मा भीषण वर्षापछि तीन वटा गोही एक ठाउँको जमेको पानीमा तैरिरहेको अवस्थामा फेला परेका थिए । स्थानीय व्यक्तिले भने, ‘अहिलेसम्म यस क्षेत्रमा मुसा मात्रै देख्थ्यौँ । अब के–के देखिन थालेको छ ।’

 

अघिल्लो साता भाइरल भएको एक भिडियोमा घरको १९ औँ तलाको फ्ल्याटको सिलिङमा एउटा ठूलो सर्प लुकेको देखियो । उद्धार टोलीले प्लास्टर तोड्दा सर्प भुइँमा खसेको थियो ।

 

तीन महिनाअघिको अर्को एक भिडियो भाइरल भएको थियो । जसमा भुइँ तल्लामा बस्ने एक जना मानिस मर्निङ वाकका लागि बाहिर निस्किँदा आफ्नो घर बाहिर गोही आरामसँग बसेको देखे । यस प्रकारका अरु पनि तस्बीर र भिडियो भाइरल भइरहेका छन् ।

 

रियोमा जंगली जीव भेटिने घटनाको आधिकारिक तथ्यांक चिन्ताजनक देखिन्छ । सहरी क्षेत्रमा वन्यजन्तु भेटिने घटना बढ्दै गएको छ । सन् २०२० मा यी घटना २४१९ थिए, जुन २०२१ मा बढेर ३५३४ पुगेको छ ।

 

यस वर्षको जनवरी १ देखि मार्च २८ सम्म रियो नगर निगमले शहरमा सर्प, घडियाल, ठूला छेपारो, चमेरो र जंगली मुसा फेला परेका १२०३ घटनाहरू दर्ज भइसके ।

 

अहिलेकै दरमा जंगली जीव भेटिए भने २०२२ सम्ममा चार हजार यस्ता घटना दर्ज हुने छन् । जसको अर्थ औसतमा एक दिनमा ११ जीव भेटिने छ ।

 

विज्ञहरूका अनुसार घरजस्ता भौतिक संरचनाको वृद्धि, प्रदूषण र जलवायु परिवर्तनले यस्तो घटना बढाइरहेको छ । रियो दि जेनेरियोको जनसंख्या ६० लाख ७० हजार छ । यो शहर पर्यटकीय गन्तव्य हो । त्यसैले यहाँ घरजग्गाको कारोबार बढ्दै गएको छ । यहाँ घरको संख्या बढ्दै जाँदा खुल्ला स्थान घट्दै गएको छ ।

 

यसका कारण सहरका वन्यजन्तुमाथि दबाब परेको जीव विज्ञानी रिकार्डो फ्रेटास बताउँछन् । फ्रेटासले विगत दुई दशकदेखि शहरमा घडियालको व्यवहारको अध्ययन गर्दै आएका छन् ।

 

‘बस टर्मिनलमा घडियालको आगमन सहरीकरणले सिर्जना गरेको अराजकताको संकेत हो,’ फ्रेटास् भन्छन्, ‘उदारणका लागि दुई फुटबल टोलीहरू माराकाना स्टेडियममा खेलिरहेका छन् र तपाईंले स्टेडियममा केही समस्या आएपछि तिनलाई सानो मैदानमा ल्याउनुभयो । त्यसपछि ती टोली कसरी खेल्छन् ? अब त्यहाँ लडाइँ हुनेछ ।’

 

रिकार्डो फ्रेटासका अनुसार अहिले रियोका गोही र अन्य प्रजातिले यही वास्तविकता भोगिरहेका छन् । शहरीकरणका कारण यी जनावरहरूका लागि ठाउँ घटेको छ । घडियालहरू पहिले धेरै ठूलो ठाउँमा बस्ने गर्थे । तर, अहिले विकासको प्रत्यक्ष असर यी जनावरहरूमा परेको छ । यसले उनीहरूका लागि गम्भीर परिणामहरू हुन सक्छ ।

 

घडियाले मौन चिहान

शहरका अन्य पर्यावरणविद् र विज्ञहरू जस्तै रिकार्डोलाई के लाग्छ भने शहरका धेरै ठेकेदारहरू र घर जग्गा व्यवसायीहरूलाई वन्यजन्तुका लागि कुनै चासो छैन । सस्तोमा काम सकाउन वातावरणीय मापदण्ड बेवास्ता भइरहेका छन् ।

 

फ्रेटासका अनुसार धेरै मानिसलाई जनावरहरू निर्माण मेसिनको आवाजबाट बाहिर आएको मान्छन् । तर, खासमा ती आवाज सुनेपछि पानीभित्र लुक्छन् ।

 

रियो दि जेनेरियोमा करिब पाँच हजार गोही छन् । शिकारी जनावरको रूपमा घडियालले पर्यावरणीय सन्तुलनमा महत्वपूर्ण भूमिका खेल्छ । तर, तिनको संख्या घट्दै गएको छ ।

रिकार्डो फ्रेटास भन्छन्, ‘घडियाल सास नफेरी ३० मिनेटदेखि एक घण्टासम्म पानीमुनी बाँच्न सक्छन् । तर, पानीमुनी लुकेर बस्दा उनीहरूलाई थप असर पुग्न सक्दछ । यस प्रकारले धेरै जनावरहरूले आफ्नो ज्यान गुमाएका छन् । ती निर्माणस्थलमै गाडिन्छन् ।’

 

रियोको वातावरण विभागका प्रवक्ताले सहरको वन्यजन्तुको संरक्षणका लागि कार्यक्रमको तयारी भइरहेको बताउँदै भने, ‘स्थानीय सरकारका विज्ञ र प्राज्ञिक समितिले थप कदमका लागि प्राविधिक र वैज्ञानिक सहयोग उपलब्ध गराउने छ ।’

 

स्थानीय सरकारले उद्धार कार्य बढाउनुका साथै अवैध निर्माणमा पनि ध्यान दिइरहेको छ ।

प्रदूषणको खतरा

प्रदुषण पनि जनावरको प्राकृतिक घरबाट बाहिरने अर्को कारण हो । ‘रियोको सम्पूर्ण पश्चिमी क्षेत्र अति प्रदूषित छ । अधिकांश गोहीको बासस्थान फोहोर, जैविक पदार्थ र ढलले ढाक्न थालेपछि फोहोरका कारण ती मर्छन् । उनीहरूका लागि खाना पनि कम हुँदै गएको छ,’ फ्रेटासले भने ।

 

वन्यजन्तुलाई मानिसको खाना खुवाउँदा तिनको आनीबानीमा परिवर्तन आउँछ । र, उनीहरू त्यही खानेकुराका लागि बारम्बार सहरी क्षेत्रमा आउँछन् । रियो सिटी हलका प्रवक्ताका अनुसार पछिल्लो समय स्थानीय सरकारले उक्त विशाल प्राणी बस्ने ताल र नदीहरू सफा गरिराखेको छ ।

 

मौसम परिवर्तन

रियोमा गत साता भारी आँधी र बाढीले आपतकाल घोषणा गरिएको थियो । सहरमा पानी भरिएपछि सो पानीमा गोही र सर्प देखिन थाले । जसको भिडियो सामाजिक सञ्जालमा भरिएका थिए ।

 

भारी वर्षा र जलवायु परिवर्तनबीच प्रत्यक्ष सम्बन्ध जोड्न सम्भव नभए पनि ब्राजिलमा प्राकृतिक प्रकोपका घटनाहरू बढी रहेका छन् ।

 

जलवायु परिवर्तनसम्बन्धी अध्ययनमा विशेषज्ञता राख्ने जर्नल कार्बन ब्रिफले हालै गरेको अध्ययनले ब्राजिल विश्वको चौथो ठूलो कार्बन डाइअक्साइड उत्सर्जन गर्ने मुलुक भएको देखाएको छ । ब्राजिलअघि अमेरिका, चीन र रुस छन् ।

 

सन् २०१९ मा ब्राजिलले उत्सर्जन गर्ने कार्बनडाइअक्साइड बढेर १३ वर्षकै उच्च पुगेको थियो ।
बीबीसी

 

  • परिवर्तन
मङ्गलबार, बैशाख ०६, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

असद शासनका नौ पूर्व पाइलट पक्राउ
स्विट्जरल्यान्डमा बस दुर्घटना
विभाजनबीच ब्रिक्स शिखर सम्मेलन
विश्‍व घटना : लिबिया बाढीमा मारिए ११ हजार ३००
फिलिपिन्समा पानी जहाजमा आगलागी, पाँच जनाको मृत्यु, दर्जनौँ बेपत्ता
विश्‍व घटना : पोल्यान्डको आकाशमा दर्जनौं रुसी लडाकु ड्रोन !

भर्खरै

  • १.
    देवीघाटमा सेनाले बनायो पाँच दिनमा एक्रोब्रिज

  • २.
    असद शासनका नौ पूर्व पाइलट पक्राउ

  • ३.
    स्विट्जरल्यान्डमा बस दुर्घटना

  • ४.
    “१२५ बेडको स्वीकृति, ३२० बेडमा उपचार : बिरामीको चाप थेग्न सेती अस्पतालले आइतबार पनि सेवा दिने

  • ५.
    विभाजनबीच ब्रिक्स शिखर सम्मेलन

  • ६.
    विश्‍व घटना : लिबिया बाढीमा मारिए ११ हजार ३००

  • ७.
    राशिफल : मकर- शत्रु परास्त, कुम्भ- धन आर्जन

  • ८.
    भोटेकोशी बाढीका कारण पूर्वाधार क्षेत्रमा ९० अर्बको क्षति

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.