• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
बुधबार, भदौ २४, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

राशिफल : वृश्‍चिक- मान-सम्मान, धनु- स्वादिष्‍ट भोजन

अदालती मुद्दाको चाप घटाउन मेलमिलाप विधेयकः मन्त्री गौतम

बाढीबाट प्रभावित नागरिकको आक्रोशलाई राज्यप्रतिको अपेक्षा र अन्तिम गुहारका रूपमा बुझ्नुपर्छः सभापति लामिछाने

थाई विद्यालयमा शिक्षिकाको हत्या

परराष्ट्रमन्त्री खनालसँग श्रीलङ्काकी राजदूत डेल्पिटियाको भेट

वर्षान्तको बजेट खर्च रोक्ने मधेसको नयाँ परीक्षण

भक्तपुरमाः आज पञ्चदान पर्व मनाइँदै

सत्ता र प्रतिपक्षको परम्परागत सोचबाट माथि उठेर जलवायु न्यायका लागि जुटौँः सभापति लामिछाने

सडक दुर्घटनामा दुईको मृत्यु

लोकप्रिय समाचार

  • १. राशिफल : कर्कट- नयाँ काम, मीन- उद्योगमा फाइदा

  • २. हे प्रकृति तिम्रो न्याय यही हो ?

  • ३. राशिफल : तुला- तीर्थाटन, वृश्‍चिक- मनोरञ्‍जन

  • ४. राशिफल : वृष- अप्ठ्यारो सम्झौता, सिंह- आरामदायी यात्रा

  • ५. राशिफल : वृष- काम सम्पादन, सिंह- रमाइलो यात्रा

  • ६. राशिफल : मेष- आत्मीयता बढ्ने, कन्या- प्रशन्‍नता

  • ७. विपत्तिमा मल्हम लगाउँदै निर्माण व्यवसायी : प्रधानमन्त्री राहत कोषमा संघको २ लाख ११ हजार सहयोग

  • ८. राशिफल : वृश्‍चिक- काम बन्‍ने, कुम्भ- मनमा हर्ष

  • ९. भोटेकोशी बाढी पीडितलाई क्यासिनो एसोसिएसनको ८५ लाख २३ हजार

  • १०. मन्त्रिपरिषद् बैठक बस्दै

फेरि होला ट्रम्प-किम भेटवार्ता ?


    Avatar photo
सोमबार, मङि्सर ०३, २०८१ मा प्रकाशित

काठमाडौं- अमेरिकाको ४७औं राष्‍ट्रपतिमा रिपब्लिकन पार्टीका उम्मेदवार तथा पूर्वराष्‍ट्रपति डोनाल्ड ट्रम्प निर्वाचित भएसँगै विश्‍व राजनीतिमा नयाँ परिवर्तनको संकेत देखिन थालेको छ। उनको दोस्रो कार्यकालमा विश्‍वमा जारी तनाव अन्त्यको अपेक्षा गरिएको छ।

Advertisement

राष्‍ट्रपतिको पहिलो कार्यकालमा ‘बोल्ड डिसिजन’का कारण ट्रम्प विश्‍वभर चर्चाको शिखरमा रहे। उनको कार्यकालमा भएका ऐतिहासिक निर्णयहरू अहिले पनि चर्चामा छन्। विश्‍वमा शान्तिका लागि ट्रम्पको प्रयास सराहनीय रहेको जानकारहरू बताउँछन्।

पहिलो कार्यकाल यस अर्थमा विशेष रह्यो कि ट्रम्पले कट्टर शत्रुराष्‍ट्र उत्तर कोरियासँग मित्रताको हात अघि बढाएका थिए। उत्तर कोरियाली नेता किम जोङ उनसँग ऐतिहासिक भेटवार्ता गरेका थिए। आगामी कार्यकालमा पनि दुई नेताहरूबीच भेटवार्ता हुने र दुई देशबीचको तनाव कम हुने अपेक्षा विश्‍वभर देखिन्छ।

१२ जुन २०१८ मा अमेरिकी राष्‍ट्रपति ट्रम्प र उत्तर कोरियाली किमबीच भेटवार्ता भएको थियो। न्युट्रल भेन्यु रोजिएको थियो- सिंगापुरको होटल क्याम्पेला। पहिलो भेट नै सकारात्मक बनेपछि अमेरिका र कोरियाली प्रायद्वीपमा उत्साह छाएको थियो। ४५ मिनट गोप्य वार्ता गरेका दुई नेताहरू वार्तापछि उत्साहित देखिन्थे। त्यसक्रममा उनीहरूले एकअर्काको तारिफ गरेका थिए।

केही समय अघिसम्म मात्र एकअर्काविरुद्ध अपमानजनक शब्द प्रयोग गर्दै चेतावनी दिँदै आएका नेताहरूको एकाएक भएको भेटले सनसनी मच्चाएको थियो।

२७-२८ फेब्रुअरी २०१९ मा भियतनामको हनोइमा दोस्रो भेटवार्ता भयो। उक्त भेटवार्ता भने सकारात्मक भएन। दुई नेताबीचको छलफलमा आणविक निशस्त्रीकरण र आर्थिक एजेन्डामा छलफल भएको तर कुनै निष्‍कर्षमा पुग्‍न नसकेको ह्वाइट हाउसले जनाएको थियो।

३० जुन २०१९ मा फेरि कोरियाली प्रायद्विपको सिमानास्थित असैनिकीकृत क्षेत्र पान्मुन्जोममा उनीहरूको तेस्रो भेट भयो। उक्त भेट यस अर्थमा ऐतिहासिक थियो कि उत्तर कोरिया र अमेरिका आमनेसामने भएर कोरियाली सिमानाको असैनिकीकृत क्षेत्रमा भेटघाट भएको यो नै पहिलो घटना थियो।

सन् १९५० देखि कोरियाली प्रायद्विपमा युद्ध शुरु भएको थियो। सन् १९५३ मा कोरिया दुई टुक्रा भयो। र, उत्तर र दक्षिण कोरिया बने। त्यसयता उत्तर कोरियाको अमेरिका र दक्षिण कोरियासँग शत्रुतापूर्ण सम्बन्ध रहँदै आएको छ।

मित्रराष्‍ट्रप्रति ट्रम्पको आक्रोश, शत्रुसँग बढाउलान् हात ?

गत सेप्टेम्बरको एक चुनावी सभामा ट्रम्प एकाएक आक्रोशित मुद्रामा देखिए। कारण थियो- सहयोगी गठबन्धनका देशहरूको अमेरिकाप्रतिको व्यवहार। मित्र राष्‍ट्रहरूले अमेरिकासँग लिने मात्र गरेको तर अमेरिकालाई केही नदिएको भन्दै ट्रम्पले सहयोगीहरूको आलोचना गरेका थिए। मित्रराष्‍ट्रहरूले अमेरिकाका तथाकथित शत्रुराष्‍ट्रहरू भन्दा पनि खराब व्यवहार गरेको उनको आरोप थियो।

ट्रम्पले भनेका थिए, ‘हामीलाई प्रायः मित्रराष्‍ट्रहरूबाट धेरै नराम्रो व्यवहार गरिएको छ। हाम्रा गठबन्धनका देशहरूले हामीलाई हाम्रा तथाकथित शत्रुहरू भन्दा पनि नराम्रो व्यवहार गर्ने गरेका छन्। हामी जसलाई सुरक्षा प्रदान गरिरहेका छौं, उनीहरूले नै हामीलाई व्यापारमा ठगिरहेका छन्। हामी यो अब हुन दिन्‍नौं।’

मित्रराष्‍ट्रहरूबाट धोका पाएको महशुस गरेका ट्रम्पले अब इतिहासका तथाकथित शत्रुराष्‍ट्रहरूसँग नयाँ शुरुवात गर्ने अपेक्षा गरिएको छ। ट्रम्प विस्तारै व्यापारको चीन मोडलमा जान चाहिरहेको विज्ञहरू बताउँछन्। युद्धविरोधी छवी बनाएका ट्रम्प भौतिक वारलाई ट्रेड वारमा बदल्न चाहिरहेका छन्। पहिलो कार्यकालमा ट्रम्पले चीनसँग ट्रेड वार शुरु गरिसकेका थिए। उनको मेक अमेरिका ग्रेट अभियानले पनि स्वदेशी उत्पादनमा जोड दिएको छ।

ट्रम्पले आगामी कार्यकालमा रुस, इरान, भारत, चीन र उत्तर कोरियासँगको सम्बन्ध पुनरावलोकनमा ध्यान केन्द्रित गर्ने सम्भावना रहेको बीबीसीले जनाएको छ। ट्रम्पले चीनलाई रोक्न रुसलाई आफ्नो पक्षमा ल्याउन सक्ने चर्चा हुन थालेको छ। त्यसका लागि उनले युक्रेन कार्ड प्रयोग गर्ने सम्भावना छ। रुसले कब्जा गरेको युक्रेनी भूभाग रुसकै नियन्त्रणमा राख्‍न अनुमति दिएर युद्ध अन्त्यका लागि पहल गर्ने सम्भावना रहेको विश्लेषण हुन थालेका छन्।

न्युयोर्क टाइम्सका अनुसार राष्‍ट्रपतिमा निर्वाचित भएपछि ट्रम्प र युक्रेनी समकक्षी भोलोदिमिर जेलेन्स्कीबीच टेलिफोन वार्ता भएको छ। वार्ताका क्रममा उनले रुस-युक्रेन युद्ध छिटो अन्त्य गर्ने वाचा गरेको उल्लेख गरिएको छ।

‘द मिन्ट’का अनुसार अमेरिकी राष्‍ट्रपतिमा ट्रम्पको उदयले युक्रेन सशंकित देखिन्छ। ट्रम्पले चुनावी अभियानका क्रममा बाइडेन प्रशासनले युक्रेनलाई दिँदै आएको सहयोगका कारण युद्ध लम्बिरहेको र युक्रेनलाई सहयोग धेरै भएको बताएका थिए। नेटोका कटु आलोचक रहेका उनले सैन्य गठबन्धनका अन्य देशले खर्च नगरिरहेको अर्थमा यसको औचित्यमाथि प्रश्‍न उठाएका थिए।

भारतको व्यापार नीतिप्रति पनि ट्रम्प असन्तुष्‍ट देखिन्छन्। निर्वाचन अभियानका क्रममा उनले भारतले अमेरिकी उत्पादनमा उच्च कर लगाउने गरेको भन्दै आलोचना गरेका थिए। भारतले अमेरिकी उत्पादनमा लगाउँदै आएको कर समायोजन नगरेमा ट्रम्पले पनि भारतीय उत्पादनमा उच्च कर लगाउने सम्भावना रहेको भारतीय सञ्‍चार माध्यम आजतकको आकलन छ। अमेरिका भारतको चीनपछिको दोस्रो ठूलो व्यापार साझेदार पनि हो।

अलजजिराका अनुसार ट्रम्प इरानसँग भने सम्बन्ध सुधारको पक्षमा देखिएका छैनन्। उनको इरान सरकारसँगको तनाव झनै बढ्ने चर्चा हुन थालेको छ। समाचार संस्था रोयटर्सका अनुसार इरानी जनता ट्रम्पको जितको पक्ष र विपक्षा बाँडिएका छन्। एकथरि इरानी नागरिक अमेरिकाको दबाबमा मौजुदा सरकार ढल्ने आशामा छन्। सरकार ढलेमा इरानी जनताको स्वतन्त्रता पुनर्बहाली हुने उनीहरूको अपेक्षा छ। अर्काथरि भने ट्रम्पको शासनमा इरानमाथिका प्रतिबन्ध अझै बढ्ने र इरान थप आर्थिक संकटमा फस्‍ने चिन्तामा छन्।

पहिलो कार्यकालमा तीनपटकसम्म लगातार भएको किम-ट्रम्प भेटवार्ताको शृंखला जारी रहने सम्भावना रहेको जानकारहरू बताउँछन्। उत्तर कोरियासँगको शत्रुतापूर्ण सम्बन्ध सुधार भएमा अमेरिकाको एउटा ठूलो टाउको दुखाइ अन्त्य हुने उनीहरूको बुझाइ छ। ट्रम्प पनि सुरक्षा तनाव बढाएर अमेरिकी नागरिकलाई खतरामा पार्ने पक्षमा छैनन्।

दक्षिण कोरियामा बसोबास गर्दै आएका एक नेपाली विज्ञ भन्छन्, ‘कोरियाली जनताहरू अमेरिका र उत्तर कोरियाको सम्बन्ध सुधारको पक्षमा छन्। उनीहरूको चासो अमेरिकाभन्दा पनि दुई कोरियाको सम्बन्ध सुधारमा छ। अमेरिकासँग सम्बन्ध सुधार भए उत्तर-दक्षिण कोरिया सम्बन्ध पनि सुधार हुन्छ। अझ उनीहरू दुई कोरिया एक हुनुपर्ने पक्षमा छन्।’

उनका अनुसार ट्रम्पले उत्तर कोरियालाई परमाणु कार्यक्रम अन्त्यका लागि आग्रह गर्ने अपेक्षा गरिएको छ। उत्तर कोरियाले पनि आफूमाथिका प्रतिबन्ध फुकुवाका लागि परमाणु कार्यक्रम रोक्न तयार हुन सक्छ। किनभने, लामो दूरीका मिसाइल परीक्षणमा सफलताको दाबीसँगै पछिल्लो समय किम जोङ उन कोरियाको आर्थिक अवस्था सुधारमा केन्द्रित हुने अपेक्षा छ।

यद्यपि, आणविक शक्ति सम्पन्‍न राष्‍ट्रको मान्यताका लागि उत्तर कोरियाको माग अमेरिकाले स्वीकार गर्ला? प्रश्‍न अनुत्तरित छ। यदि मान्यता नपाएमा उत्तर कोरियाले पनि परमाणु कार्यक्रम जारी राख्‍नेमा शंका छैन। मस्कोसँग नजिक बन्दै गएका किम अमेरिकाको प्रतिबन्धबाट पछि हट्ने मुडमा छैनन्।

सोमबार, मङि्सर ०३, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

राशिफल : वृश्‍चिक- मान-सम्मान, धनु- स्वादिष्‍ट भोजन
अदालती मुद्दाको चाप घटाउन मेलमिलाप विधेयकः मन्त्री गौतम
बाढीबाट प्रभावित नागरिकको आक्रोशलाई राज्यप्रतिको अपेक्षा र अन्तिम गुहारका रूपमा बुझ्नुपर्छः सभापति लामिछाने
थाई विद्यालयमा शिक्षिकाको हत्या
परराष्ट्रमन्त्री खनालसँग श्रीलङ्काकी राजदूत डेल्पिटियाको भेट
वर्षान्तको बजेट खर्च रोक्ने मधेसको नयाँ परीक्षण

भर्खरै

  • १.
    राशिफल : वृश्‍चिक- मान-सम्मान, धनु- स्वादिष्‍ट भोजन

  • २.
    अदालती मुद्दाको चाप घटाउन मेलमिलाप विधेयकः मन्त्री गौतम

  • ३.
    बाढीबाट प्रभावित नागरिकको आक्रोशलाई राज्यप्रतिको अपेक्षा र अन्तिम गुहारका रूपमा बुझ्नुपर्छः सभापति लामिछाने

  • ४.
    थाई विद्यालयमा शिक्षिकाको हत्या

  • ५.
    परराष्ट्रमन्त्री खनालसँग श्रीलङ्काकी राजदूत डेल्पिटियाको भेट

  • ६.
    वर्षान्तको बजेट खर्च रोक्ने मधेसको नयाँ परीक्षण

  • ७.
    भक्तपुरमाः आज पञ्चदान पर्व मनाइँदै

  • ८.
    सत्ता र प्रतिपक्षको परम्परागत सोचबाट माथि उठेर जलवायु न्यायका लागि जुटौँः सभापति लामिछाने

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.