लेफ्टिनेन्ट जनरल मनोज पाण्डे भारतका नयाँ सेना प्रमुख बन्ने भएका छन्।
Advertisement
हालका सेना प्रमुख मनोज मुकुन्द नरभणेले अप्रिल अन्तिममा अनिवार्य अवकाश पाउँदै छन्। उनका उत्तराधिकारीका रूपमा भारत सरकारले पाण्डेलाई चयन गरेको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन्।
लेफ्टिनेन्ट जनरल पाण्डे इन्जिनियरिङ पृष्ठभूमिका हुन्। उनी उक्त पृष्ठभूमिबाट भारतीय सेनाको नेतृत्वको गर्ने भारतका पहिलो सेनापति बन्दैछन्।