• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
शुक्रबार, साउन ०८, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

स्वास्थ्यमा धनगढीको फड्को, आधुनिक उपचार अब आफ्नै शहरमा

मालीका पूर्व गुप्तचर प्रमुखलाई १५ वर्ष कैद

लागुऔषधसहित दुई जना पक्राउ

सिलिण्डर विष्फोट हुँदा एकको मृत्यु, एक जना गम्भीर घाइते

सेनाको श्रमदानमा महाकाली नदीमा ‘गाइडबण्ड’ पुनःनिर्माण

शैक्षिक परामर्श व्यवसायमाथि धरौटीको व्यवस्था कायमै रहन्छ : शिक्षामन्त्री

उपराष्ट्रपति यादवसँग स्वीस राजदूतको शिष्टाचार भेट

करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु

खैरो हेरोइनसहित चार जना पक्राउ

लोकप्रिय समाचार

  • १. राशिफल : वृष- कर्मयोगमा वृद्धि, सिंह- पारिवारिक जमघट

  • २. राशिफल : वृष- धन खर्च , सिंह- मंगलमय काम

  • ३. राशिफल : कन्या- विशेष उपहार, धनु- मिष्‍ठान्‍न भोजन

  • ४. राशिफल : कन्या- आतिथ्य सम्मान, मकर- मित्रता बढ्ने

  • ५. राशिफल : कन्या- मुद्दा-मामिलामा विजयी, मकर- सुखद समाचार

  • ६. राशिफल : कन्या- विशेष उपहार, धनु- मिष्‍ठान्‍न भोजन

  • ७. झटारो : चर्पीको बाटोमा क्रान्तिको गाडी !

  • ८. ‘एक नेता, अनेक दाबी!’ सुदूरपश्चिममा मुख्यमन्त्रीको दौड, आफ्नै दलभित्र विश्वासको संकट

  • ९. रक्त अभाव टार्न कैलालीमा दोश्रो घुम्ती रक्तदान, ४२ युनिट रगत संकलन

  • १०. स्वास्थ्यमा धनगढीको फड्को, आधुनिक उपचार अब आफ्नै शहरमा

युवामै बढी हिप खिइने समस्या, चुरोट छाड्नूस् !


    Avatar photo
मङ्गलबार, कार्तिक २७, २०८१ मा प्रकाशित
काठमाडौं- हिप जोइन्ट भनेको कम्मरको जोइन्ट हो। जसलाई मेडिकल भाषामा ‘बल एन्ड सकेट जोइन्ट’ भनिन्छ। हरेक जोइन्टको आफ्नै किसिम हुन्छ। जसरी घुँडाको जोइन्ट हुन्छ, त्यसरी नै हिप जोइन्टमा छाना र गेडी हुन्छ। हिप जोइन्टको गेडी छानालाई आधार बनाएर चल्ने गर्छ। त्यसैलाई ‘बल एन्ड सकेट हिप जोइन्ट’ भनिएको हो।

Advertisement

हिप जोइन्ट घुँडाको भन्दा फरक हुन्छ। उमेर बढ्दै जाँदा सबैभन्दा बढी खिइने जोइन्ट भनेकै घुँडा हो। तर, हिप जोइन्ट घुँडाको जसरी खिइँदैन। हिप जोइन्ट खिइने समस्या युवामा बढी छ, जुन एक किसिमको बाथ रोगका कारण हुन्छ। त्यस किसिमको बाथले हिप जोइन्टलाई बढी आक्रमण गर्छ। हिपको जोइन्टलाई खियाउने बाथलाई ‘एन्किलोजिङ स्पोन्डिलाइटिस’ भनिन्छ। यस बाथ रोगले मेरुदन्ड र हिप जोइन्टलाई असर पुर्‍याउँछ।

बाथको किसिमअनुसार त्यसले आ-आफ्नो जोर्नी छान्छ। र, त्यसलाई आक्रमण गर्छ। ‘एन्किलोजिङ स्पोन्डिलाइटिस’ नामक बाथ २० देखि ३५ वर्षको उमेर समूहका व्यक्तिमा पनि बढी देखिन्छ। त्यसले हिपको जोर्नीलाई खियाइदिन्छ।

‘एन्किलोजिङ स्पोन्डिलाइटिस’को समस्या भई ओपीडीमा आएका बिरामीलाई सामान्य रगत र एक्सरे गर्दा पनि यो समस्या नदेखिन सक्छ। घुँडा खिइएको सामान्य जाँचबाटै पत्ता लगाउन सकिन्छ। तर, हिप खिइएको सामान्य जाँचबाट पत्ता लगाउन गाह्रो हुन्छ।

एक्सरेमा पनि नर्मल देखिएपछि बिरामीको लक्षण मध्यनजर गरी ‘जेनेटिक टेस्ट’ गरिन्छ। कहिलेकाहीं एमआरआई पनि गर्नुपर्छ। एमआरआईले एक्सरेमा नदेखिएको परिवर्तनलाई चाँडो देखाउँछ। एक्सरेमा हेर्दा जोर्नी नर्मल देखिएका बिरामीलाई एमआरआई जाँचमा हड्डीभित्र आएको परिवर्तन स्पष्‍ट देखिन्छ। त्यसकारण एमआरआईलाई एकदमै प्रभावकारी परीक्षण मानिन्छ।

किन खिइन्छ हिप जोइन्ट ?

हिप जोइन्ट खिइने समस्या ‘अभास्कुलर नेक्रोसिस अफ फेमोरल हेड’ (एभीएन) का कारणले हुन्छ। रगत सञ्‍चालन विस्तारै कम हुँदै गएपछि गेडी मर्न थाल्छ। गेडी मरेपछि हिपको जोर्नी खिइने गर्छ। यो समस्या बढी युवामा देखिन्छ। ५० प्रतिशतभन्दा बढीमा यसको कारण नै पत्ता लाग्दैन। यो समस्या २०-२५ वर्ष उमेर समूहमा देखिन थाल्छ। र, ५० प्रतिशतमा मात्र कारण थाहा हुन्छ।

मेडिकल साइन्सले चुरोट धेरै पिउने मान्छेहरूमा यसको चान्स धेरै हुन्छ भनेको छ। कहिलेकाहीं दुर्घटनामा परी चोटपटक लागेको भए १-२ वर्षसम्म केही नभएर त्यसको परिणाम भने पछि पनि देखिन सक्छ। जब जोर्नी खिइएर मानिसलाई हिँडडुल गर्न असहज हुन थाल्छ र पूरै जोर्नी खिइएर जान्छ, त्यसको अन्तिम विकल्प ‘टोटल हिप रिप्लेसमेन्ट’ मात्र हो।

‘टोटल हिप रिप्लेसमेन्ट’ गर्दा हिपको गेडी अनि माथिको छाना दुवै फेर्नुपर्ने हुन्छ। हिपमा गेडी हुन्छ, गेडीको घाँटी हुुन्छ। त्यस गेडीलाई घाँटीबाट काटेर फालिन्छ। त्यसको ठाउँमा कृत्रिम गेडी हालिन्छ। त्यसपछि माथिको छाना (कप) फेरेर कृत्रिम छाना हालिन्छ।

सबै हिप फेरियो भने त्यसलाई ‘टोटल रिप्लेसमेन्ट’ भनिन्छ। कहिलेकाहीं आधा मात्र फेरिन्छ, जसलाई ‘हिमी रिप्लेसमेन्ट’ भनिन्छ। आधा मात्र फेर्नुपर्ने अवस्थामा कप नफेरेर गेडी काटेर नयाँ कृत्रिम गेडी मात्रै हालिन्छ।

हिप खिइन नदिन के गर्ने ?

शरीरका अन्य जोर्नीभन्दा हिपको जोर्नी एकदमै फरक हुन्छ। हिप खिइने समस्या वंशाणुगत कारणले पनि हुन्छ। वंशाणुगत कारण हो भने त्यसलाई नियन्त्रण गर्ने वा हुन नदिन हाम्रो वशमा हुँदैन। कहिलेकाहीं परिवारमा कसैलाई नभएको समस्या पनि आउन सक्छ। त्यो हजार जनामा २-३ जनामा देखिन सक्छ।

यस्तै, धेरै धुम्रपान गर्ने व्यक्तिमा पनि हिप खिइने समस्या देखिने गरेको पाइन्छ। त्यसकारण हिप खिइन नदिन धुम्रपान गर्नु हुँदैन।

हाम्रो बसाइले पनि हिपमा प्रभाव पार्न सक्छ। त्यसैले, बस्‍ने तरिकामा परिवर्तन गर्नुपर्छ। बस्दाखेरि ९० डिग्रीमा बस्‍नुपर्छ। भुईंमा बस्दा पनि खुट्टा तेर्स्याएर बस्‍नुपर्छ। पलेंटी कसेर र टुक्रुक्क बस्‍नु हुँदैन।

हिप खिइनुमा खानाको कुनै सम्बन्ध छैन। तथापि, क्याल्सियमयुक्त खानेकुराले हिप खिइनबाट बचाउन सक्छन्।

नेपालमा हिप खिइनु साझा समस्याका रूपमा देखिन थालेको छ। धेरैजसो हिप खिइने समस्या सामान्य जाँचबाट पत्ता लाग्दैन। र, बिरामीहरू दुखाइको औषधि खाएर बसिरहेका हुन्छन् या गाउँघरमै पाइने जडिबुटी खाइरहेका हुन्छन्। त्यसले दुखाइ कम गरे पनि रोग निको हुँदैन। गाउँघरमा दिइने जडिबुटीको अत्यधिक सेवन गरेमा हिपको गेडी नै खिइएर जाने हुन सक्छ। यसकारण चिकित्सकको सल्लाहविना कुनै पनि औषधि सेवन गर्नु थप हानिकारक हुन सक्छ।

मङ्गलबार, कार्तिक २७, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

स्वास्थ्यमा धनगढीको फड्को, आधुनिक उपचार अब आफ्नै शहरमा
मालीका पूर्व गुप्तचर प्रमुखलाई १५ वर्ष कैद
लागुऔषधसहित दुई जना पक्राउ
सिलिण्डर विष्फोट हुँदा एकको मृत्यु, एक जना गम्भीर घाइते
सेनाको श्रमदानमा महाकाली नदीमा ‘गाइडबण्ड’ पुनःनिर्माण
शैक्षिक परामर्श व्यवसायमाथि धरौटीको व्यवस्था कायमै रहन्छ : शिक्षामन्त्री

भर्खरै

  • १.
    स्वास्थ्यमा धनगढीको फड्को, आधुनिक उपचार अब आफ्नै शहरमा

  • २.
    मालीका पूर्व गुप्तचर प्रमुखलाई १५ वर्ष कैद

  • ३.
    लागुऔषधसहित दुई जना पक्राउ

  • ४.
    सिलिण्डर विष्फोट हुँदा एकको मृत्यु, एक जना गम्भीर घाइते

  • ५.
    सेनाको श्रमदानमा महाकाली नदीमा ‘गाइडबण्ड’ पुनःनिर्माण

  • ६.
    शैक्षिक परामर्श व्यवसायमाथि धरौटीको व्यवस्था कायमै रहन्छ : शिक्षामन्त्री

  • ७.
    उपराष्ट्रपति यादवसँग स्वीस राजदूतको शिष्टाचार भेट

  • ८.
    करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.