कैलाली- नेपाली कांग्रेसका सभापति तथा पुर्व प्रधानमन्त्री शेरबहादुर देउवा धनगढी आइपुगेका छन् । देउवा आइतबार धनगढी आइपुगेका हुन् । धनगढीमा भेटघाटपछि उनी एक साताका लागि गृहजिल्ला डडेल्धुरामा रहनेछन् । डडेल्धुरामा देउवा कार्यकर्ता भेटघाट कार्यक्रमदेखि विभिन्न जात्रामा सहभागी हुने कार्यक्रम तय भएको छ ।
देउवा चौलोले प्रख्यात बडाल जाँत र उग्रतारा मेलामा सहभागी हुने छन् । कार्तिक २६ गते आलिताल गाउँपालिका र परशुराम नगरपालिकामा भेटघाट गर्ने कार्यक्रम तय भएको छ । यस्तै कार्तिक २७ गते सभापति देउवा गन्यापधुरा गाउँपालिकाको बडाल जाँतमा सहभागी हुनेछन् भने कार्तिक २८ गते नेपाली कांग्रेस जिल्ला कार्यसमिति बैठकमा सहभागी हुने बताइएको छ ।
त्यसैगरी कार्तिक २८ पालिकास्तरीय भेटघाट, कार्तिक २९ गते पनि भेटघाट कार्यक्रम, कार्तिक ३० गते जन्मस्थान गन्यापधुरा गाउँपालिका–१ रुवाखोला जाने कार्यक्रम तय भएको छ । यस्तै देउवा मंसिर १ गते उग्रतारा मेलामा सहभागी हुने कांग्रेस डडेल्धुराका सभापति भिम बहादुर साउदले जानकारी दिएका छन् ।