भारत पश्चिमबंगालमा भएको उपचुनावबाट अभिनेता शत्रुघन सिन्हा र गायक बाबुल सुप्रियो लोकसभा सांसद बनेका छन् ।
सिन्हाले आसनसोल र सुप्रियोले बालीगञ्ज विधानसभा सिटमा जित हात पारेका हुन् । दुवैले पश्चिमबंगालकी मुख्यमन्त्री ममता बेनर्जीको पार्टी तृणमुल कंग्रेसबाट जितेका हुन् ।
सन् २०१९ मा आसनलसोल सिटबाट भाजपाबाट लोकसभा सांसद निर्वाचित सुप्रियोले बीचमा पार्टीबाट राजीनामा दिएर तृणमुल कंग्रेसमा प्रवेश गरेका थिए । सोही कारण उक्त सिट खाली भएको थियो । यसपटक उनको ठाउँमा अभिनेता सिन्हाले जितेका छन् । सुप्रियो यसपटक बालीगञ्ज सिटबाट चुनाव लडे, जहाँ राज्य सरकारका मन्त्री सुब्रत मुखर्जीको निधनपछि लोकसभा सिट रिक्त भएको थियो ।
भाजपाकी अग्निमित्रा पौललाई हराउँदै सिन्हा सांसद बनेका हुन्, उनले करिब तीन लाख भोटले पौललाई हराएका छन् । गायक सुप्रियोले भने करिब २० हजार भोट अन्तरमा जित निकालेका हुन् ।