• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
मङ्गलबार, भदौ २३, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

रुससँग सम्बन्ध बलियो बनाउँदै उत्तर कोरिया

मेला जोगाउन बझाङमा भलिबल प्रतियोगिता अनिवार्य

म्याग्दी नदी बेसिनमा उत्पादित विद्युत् आवद्ध गर्न डाडाखेतमा सवस्टेशन

पृथ्वी राजमार्ग अवरुद्ध : पर्यटक बस सञ्चालनमा समस्या

मदिरा सेवनबाट भारतमा १५ जनाको मृत्यु

भोटेकोशी बाढीः एक हजार ३५७ जनाको शव फेला

सूर्यविनायक–धुलिखेल सडकखण्ड विस्तार सुस्तः स्थानीयलाई मर्का

बोलिभियाको सैनिक शिविरमा विस्फोटबाट मृत्यु हुनेको संख्या नौ पुग्यो

ह्यारी–मेघनको शाही हैसियत यथावत्

लोकप्रिय समाचार

  • १. राशिफल : कर्कट- दीर्घकालीन लाभ, मीन- प्रशस्त लाभ

  • २. राशिफल : कर्कट- नयाँ काम, मीन- उद्योगमा फाइदा

  • ३. हे प्रकृति तिम्रो न्याय यही हो ?

  • ४. राशिफल : तुला- तीर्थाटन, वृश्‍चिक- मनोरञ्‍जन

  • ५. राशिफल : वृष- काम सम्पादन, सिंह- रमाइलो यात्रा

  • ६. राशिफल : वृष- आतिथ्य सम्मान, सिंह- उत्साह

  • ७. राशिफल : मेष- आत्मीयता बढ्ने, कन्या- प्रशन्‍नता

  • ८. विपत्तिमा मल्हम लगाउँदै निर्माण व्यवसायी : प्रधानमन्त्री राहत कोषमा संघको २ लाख ११ हजार सहयोग

  • ९. राशिफल : वृश्‍चिक- काम बन्‍ने, कुम्भ- मनमा हर्ष

  • १०. विश्‍व घटना : दोस्रो विश्‍वयुद्धको बम भेटिँदा ६० हजारको हरिबिजोग

किन हुन्छ स्तन क्यान्सर, बच्ने कसरी ?


    Avatar photo
बुधबार, कार्तिक १४, २०८१ मा प्रकाशित

काठमाडौं- दूध आउने नलीहरूमा असामान्य कोषहरू अनियन्त्रित रूपमा उत्पन्‍न हुने र द्रुत गतिमा विकास हुँदै स्तनमा सानो गिर्खा बन्छ। विस्तारै ठूलो हुँदै नलीबाट बाहिर निस्किएपछि थाहा हुन्छ। त्यसलाई स्तन क्यान्सर भनिन्छ। यसैबाट यो विभिन्‍न ठाउँमा फैलिन पनि सक्छ।

Advertisement

समग्रमा हेर्दा नेपालमा फोक्सोको क्यान्सर सबैभन्दा धेरै देखिन्छ। तर, महिलामा पाठेघरको क्यान्सरभन्दा पनि स्तन क्यान्सर धेरै देखिन थालेको छ। र, यो दर बढिरहेको छ।

स्तन क्यान्सरको कारण

स्तन क्यान्सरको मूल कारण यो नै हो भन्‍ने स्पष्‍ट छैन। जोखिमहरू धेरै छन्। महिनावारी एकदम चाँडो भयो र सुक्न ढिलो भयो भने हर्मोन एक्सपोजर बढ्ने र क्यान्सरको जोखिम बढ्ने हुन्छ। सामान्यतया १३-१४ वर्षमा महिनावारी हुने गर्छ। तर, आजकाल ‘अर्ली मिनार्की’ हुने गरेको देखिन्छ। १०-११ वर्षमै पहिलो महिनावारी शुरु हुने गरेको छ। त्यसले गर्दा हर्मोन एक्सपोजर ३-४ वर्ष बढ्ने भयो।

यस्तै, सामान्यतया ५० वर्ष आसपासमा महिनावारी सुक्ने गर्छ। त्यो पनि ढिलो भयो भने जोखिम बढ्छ। अर्को, जीवनशैलीमा आएको परिवर्तनले पनि जोखिम बढाएको छ। जंक फूडहरू खाने, प्रशोधित मासुहरू- ससेज, सलामीहरू खाने, प्याकिङ गरेका खानाहरू खाने, क्यान-बोतल फुडहरू- लामो समयसम्म स्टोर गर्न केमिकल हालिएका कुराहरू खानाले स्तन क्यान्सर मात्र नभएर सबैखाले क्यान्सरको जोखिम बढाउँछ। यस्तै, स्मोक्ड फूड- सेकुवाहरू, जसमा कार्बोनेटेड पार्टिकल्सहरू हुन्छ, त्यसले पनि क्यान्सरको जोखिम बढाउँछ।

यस्तै, बर्थ कन्ट्रोल पिल्सहरूको अत्यधिक प्रयोग र हर्मोन रिप्लेसमेन्ट थेरापीहरू लामो समय लिनेहरूमा पनि ब्रेस्ट क्यान्सरको जोखिम बढाउँछ। जेनेटिक म्युटेसनबाट पनि परिवारको एक सदस्यलाई क्यान्सर भए अर्को पुस्तामा सर्ने हुन्छ।

सामान्यतया ४० वर्षमाथिका महिलाहरूमा स्तन क्यान्सरको धेरै समस्या देखिएको छ। तर, त्यसभन्दा कम वा अविवाहित महिलामा पनि स्तन क्यान्सर देखिएको छ। स्तन क्यान्सर र अण्डाशय क्यान्सर एकअर्कामा जोडिएको हुन्छ। स्तन क्यान्सर भए अण्डाशय र अण्डाशय क्यान्सर भए स्तनको नियमित स्क्रिनिङ गराउनुपर्छ।

युरोपेली, अमेरिकी मुलुकहरूमा स्तन क्यान्सर धेरै देखिएको छ। सन् २०२२ को डेटाअनुसार भारत र चीनमा पनि स्तन क्यान्सर बढेको देखिएको छ। नेपालमा पनि समान जीवनशैली भएकाले पछिल्लो समय स्तन क्यान्सर बढेको देखिन्छ। किनभने, पछिल्लो समय कम बच्चा जन्माउने र स्तनपान पनि नगराउने क्रम बढेको छ। एक वर्ष स्तनपान गराउँदा स्तन क्यान्सरको जोखिम कम्तिमा पनि ४.५ प्रतिशतले घट्ने विभिन्‍न अध्ययनले देखाएका छन्। त्यसैले हामी पनि कम्तीमा दुई वर्ष स्तनपान गराउन सुझाव दिन्छौं।

लक्षणहरू

ब्रेस्ट क्यान्सरको लक्षण भनेको स्तनमा गाँठाहरू देखिनु हो। ठूलो स्तन हुनेमा भित्र साना गिर्खा खासै फिल नहुन सक्छ। तर, सानो स्तनमा ठूलो गिर्खा छ भने बाहिरबाट हातले छामेर पनि थाहा पाउन सकिन्छ। त्यही भएर हामीले पनि प्रत्येक महिनामा एकपटक स्तन आफैं परीक्षण गर्न सुझाव दिन्छौं।

यस्तै, छालामा परिवर्तन देखिने, बाक्लो हुने, स्तन रातो हुने, स्तनको आकार ठूलो-सानो देखिने, डिम्पल पर्ने पनि देखिन सक्छ। त्यसबाहेक निप्पलबाट रगत आउने र पानी निस्किने लक्षण पनि देखिन सक्छ। कसैलाई भने घाँटीको वरिपरि र काखीमा गिर्खाहरू पनि देखिन सक्छन्। कसैको निप्पल पहिलादेखि बाहिर थियो तर विस्तारै भित्र गयो भने क्यान्सर भएको हुन सक्छ। कतिपयलाई निप्पलको वरिपरि चिलाउने समस्या पनि देखिन्छ।

उपचार विधि

क्यान्सरको स्टेजअनुसार उपचार विधि हुन्छ। सर्जरी, किमो थेरापी, रेडियो थेरापी विधिबाट उपचार हुन्छ। कसै-कसैमा केही वर्षका लागि औषधिहरू पनि दिइन्छ। अन्तिम स्टेजमा छ भने रोगलाई नियन्त्रणमा ल्याउनभन्दा रोकथाम गरेर जति लाइफ छ, त्यसलाई सहज बनाउने काम गरिन्छ। जसका लागि प्यालियटिभ केयर युनिट हुन्छ।

क्यान्सर उपचारको मूख्य विधिमा सर्जरी नै आउँछ। तर, अप्रेसनपूर्व क्यान्सरको स्टेज, लोकेसन हेरेर मात्र प्लान गरिन्छ। ट्युमरको प्रकृति पनि हेरिन्छ। सीधै सर्जरीमा जाँदैनौं। कसैलाई पहिला किमो थेरापी दिइन्छ। किमो दिएर ठूलो ट्युमर छ भने सानो बनाएर सर्जरी गरिन्छ। कसैको सानो हुँदै आएको छ भने सीधै सर्जरीमा पनि जान्छौं।

पहिला-पहिला स्तन क्यान्सर भएपछि स्तन नै निकालिन्थ्यो। तर, अहिलेको प्रविधिअनुसार त्यो छैन। स्तन बचाएरै सर्जरी गरिन्छ। सानो सर्जरी गरेर ट्युमर र त्यसको वरिपरिको थोरै टिस्युहरू निकालिन्छ।

नेपालमा स्तन क्यान्सर फिल्डमा विशेषज्ञको व्यवस्था केही वर्षबाट मात्रै शुरु भएको हो। पहिला जनरल सर्जनबाट स्तन निकालेर फाल्ने गरिन्थ्यो। अहिले त धेरै एडभान्स भइसक्यो। बाहिर जे गर्छन्, त्यो प्रविधि ल्याइहाल्छौं। नेपालमा विशेषत स्तन क्यान्सरकै विशेषज्ञ ३-४ जना मात्र छन् जस्तो लाग्छ। त्यसैले उपचार गराउँदा पनि कहाँ गराइरहेको, कोसँग गराइरहेको भन्‍ने कुराले फरक पार्छ। जनरल सर्जन र स्तन क्यान्सर सर्जनसँग उपचार गराउँदा धेरै फरक पर्छ।

अक्टोबर- ‘ब्रेस्ट क्यान्सर अवारनेस मन्थ’

हरेक वर्ष अक्टोबर महिनालाई विश्‍वभर स्तन क्यान्सर सचेतना महिनाका रूपमा मनाइन्छ। पहिला-पहिला सर्जन डाक्टरहरू सामान्यतया पुरुषहरू हुने र स्तनमा केही समस्या भएमा महिलाहरू कुरा राख्‍न लजाउने, डराउने हुन्थ्यो। त्यसैले मृत्युदर पनि बढ्दै गएको थियो। त्यसैले स्तनको बारेमा खुलेर कुरा गर्नुपर्छ भनेर जनचेतना जगाउन यो अभियान शुरु भएको हो।

यो अभियानको उद्देश्य स्तन क्यान्सर पीडित र भर्खरै क्यान्सर देखिएकालाई आशा जगाउने र निको भएकाहरूले सफलताको कथा सुनाएर स्तन क्यान्सर जित्‍न सकिन्छ भन्‍ने सन्देश दिनु हो। यस्तै, क्यान्सर बिरामीहरूका लागि आर्थिक सहयोग संकलन गर्ने काम पनि हुन्छ।

(लेखक बी एन्ड बी अस्पतालकी कन्सल्ट्यान्ट ब्रेस्ट अंकोसर्जन हुन्)

बुधबार, कार्तिक १४, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

रुससँग सम्बन्ध बलियो बनाउँदै उत्तर कोरिया
मेला जोगाउन बझाङमा भलिबल प्रतियोगिता अनिवार्य
म्याग्दी नदी बेसिनमा उत्पादित विद्युत् आवद्ध गर्न डाडाखेतमा सवस्टेशन
पृथ्वी राजमार्ग अवरुद्ध : पर्यटक बस सञ्चालनमा समस्या
मदिरा सेवनबाट भारतमा १५ जनाको मृत्यु
भोटेकोशी बाढीः एक हजार ३५७ जनाको शव फेला

भर्खरै

  • १.
    रुससँग सम्बन्ध बलियो बनाउँदै उत्तर कोरिया

  • २.
    मेला जोगाउन बझाङमा भलिबल प्रतियोगिता अनिवार्य

  • ३.
    म्याग्दी नदी बेसिनमा उत्पादित विद्युत् आवद्ध गर्न डाडाखेतमा सवस्टेशन

  • ४.
    पृथ्वी राजमार्ग अवरुद्ध : पर्यटक बस सञ्चालनमा समस्या

  • ५.
    मदिरा सेवनबाट भारतमा १५ जनाको मृत्यु

  • ६.
    भोटेकोशी बाढीः एक हजार ३५७ जनाको शव फेला

  • ७.
    सूर्यविनायक–धुलिखेल सडकखण्ड विस्तार सुस्तः स्थानीयलाई मर्का

  • ८.
    बोलिभियाको सैनिक शिविरमा विस्फोटबाट मृत्यु हुनेको संख्या नौ पुग्यो

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.