• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
बिहिबार, भदौ २५, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

नेपाल एसीसी प्रिमियर कप क्रिकट प्रतियोगिताको फाइनलमा

चरम ग्यास अभावबीच उद्योगमन्त्री गौरीकुमारी यादवले दिइन् राजीनामा

बाँकेमा फरार १७१ जना कैदी तथा बालबन्दी पक्राउ

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु १२ अर्ब ४३ करोडभन्दा बढी

अपर म्याग्दी–१ को सुरुङ ‘ब्रेक थ्रु’

तिलौराकोटमा थप जग्गा अधिग्रहण गरिँदै

एसीसी प्रिमियर कप क्रिकटः नेपालले ओमानलाई दियो १४८ रनको लक्ष्य

तरकारीको विषादी परीक्षण बढाइँदै

तरकारी, फलफूल र माटो सुधार कार्यक्रममा बजेट अभाव

लोकप्रिय समाचार

  • १. राशिफल : कर्कट- नयाँ काम, मीन- उद्योगमा फाइदा

  • २. हे प्रकृति तिम्रो न्याय यही हो ?

  • ३. राशिफल : तुला- तीर्थाटन, वृश्‍चिक- मनोरञ्‍जन

  • ४. राशिफल : वृष- अप्ठ्यारो सम्झौता, सिंह- आरामदायी यात्रा

  • ५. राशिफल : वृष- काम सम्पादन, सिंह- रमाइलो यात्रा

  • ६. राशिफल : मेष- आत्मीयता बढ्ने, कन्या- प्रशन्‍नता

  • ७. राशिफल : वृश्‍चिक- मान-सम्मान, धनु- स्वादिष्‍ट भोजन

  • ८. राशिफल : वृश्‍चिक- काम बन्‍ने, कुम्भ- मनमा हर्ष

  • ९. भोटेकोशी बाढी पीडितलाई क्यासिनो एसोसिएसनको ८५ लाख २३ हजार

  • १०. नेपाली युवा बक्सर घिमिरे बने विश्व च्याम्पियन

आफ्नै साथीले यसरी गरेका थिए कैलालीका अर्जुनको हत्या


शुक्रबार, बैशाख ०२, २०७९ मा प्रकाशित

काठमाडौँ । २५ वर्षीय अर्जुन दासको हत्यामा संलग्नलाई प्रहरी नयाँ वर्षको दिन पक्राउ गरेको छ । महानगरीय अपराध महाशाखाको टोलीले अर्जुनको हत्यामा संलग्न चार जनालाई पक्राउ गरेको हो ।

Advertisement

गत पुस ३ गते कैलाली जिल्लाको जानकी गाउँपालिका ९ अमरावती सामुदायिक वनमा सोही स्थानका अर्जुनको रूखमा बाँधेर खुकुरीको प्रयोग गरी घाँटी छिनाली विभत्स शैलीमा हत्या गरेका थिए ।

उनको हत्यामा संलग्न रहेर फरार सुमित साउद, बमे भनिने बम बहादुर बोहरा, रोनी परियार भनिने दिलिप दास र मनोज भण्डारी छन् । जानकी गाउँपालिका ९ कैलाली घर भएका सबै जना १९ वर्षीय उनका अर्जुनका साथीहरू नै हुन् ।

रूपन्देहीको सिद्धार्थ नगरपालिका १ बेलहिया सीमा नाकाबाट गोप्य सूचनाको आधारमा अपराध महाशाखाको विशेष टोलीले पक्राउ गरी जिल्ला प्रहरी कार्यालय कैलालीलाई बुझाएको हो । हिजो पक्राउ परेका उनीहरूलाई कर्तव्य ज्यान कसुरमा मुद्दा रहेकाले थप अनुसन्धानका लागि कैलाली प्रहरीलाई बुझाएको हो ।

यसरी पक्राउ परे ?

हत्या गरी भारततर्फ फरार भएका चारै जना लुकिछिपी बस्दै आएका थिए । भारतमा बसेर उनीहरूले फेसबुक लाइभमार्फत नेपालमा धम्की दिँदै आएका थिए । नेपालको प्रहरीले पक्राउ गर्न नसक्ने उनीहरूको दाबी थियो ।

नयाँ दिल्लीतर्फ लागेका उनीहरू पछिल्लो समय काम खोज्दै बेलहिया नाकातर्फ स्वदेश फर्किएका थिए । सुमित, मनोज, दिलीप र बमे बेहलिया नाकातर्फ आएको सूचना महानगरीय अपराध महाशाखाले पाएको थियो ।

त्यसपछि खटिएको विशेष टोलीले नयाँ वर्ष अर्थात १ वैशाखको ४ः१५ बजेतिर पक्राउ गरेको थियो । पक्राउ परेका उनीहरूलाई कैलाली जिल्ला प्रहरी कार्यालयमा बुझाएको छ ।

यसरी भएको थियो हत्या ?

घटना हुनुभन्दा तीन दिनअगाडि कमल साउदको मोबाइल फोन हराएको विषयलाई लिएर सुमित साउदलाई शंका गरी कुटपिट गरेको थिए । सुमित कुटिएको विषयमा मनोज भण्डारी र बमबहादुरले कमल साउदको २५ हजार रुपैयाँ बराबरको लागू औषध चोरी गरी जंगलमा लुकाएका थिए ।

अर्जुनले मोबाइल चोरी हर्के भाटलाई दिएको कुरा सुमितले पत्ता लगाएका थिए । पछि उक्त फोन कमललाई फिर्ता दिएका थिए । कमलको मोबाइल चोरी गरेको र सुमितलाई कुटपिट गरेको विषयमा मुख्य दोषी अर्जुन हो भनी मनोज, सुमित, बम, सुशील मयाल, दिलीप दास, बादल विक, करण दर्नालले कुट्ने योजना बनाएका थिए ।

गत पुस २ गते साँझ ६ बजेतिर अर्जुन र उनका साथीहरू लागु औषध सेवन गर्न उक्त सामुदायिक वनमा भेला भए । सबै जनाले लागु औषध सेवन गरेपश्चात कमलको चोरी भएको मोबाइल र सुमितलाई कुटपिट गरेको विषयमा अर्जुनलाई दोषी देखाई सबै मिलेर कुटपिट गरी हातखुट्टा बाँधेका थिए ।

अर्जुनलाई हातखुट्टा बाधेर ४–५ घण्टा राखेपछि सबै जनाको मार्ने योजनाअनुसार सुशील मयाल खुकुरी उपलब्ध गराएर घर फर्किएका थिए ।

सोही दिन राति ११ बजेतिर मनोजलगायतको समूहले अर्जुनलाई साजको रूखमा हातखुट्टा बाँधेर राखेका थिए । पछि उनीहरूले खुकुरी प्रयोग गरी घाँटी छिनाली विभत्स हत्या गरी टाउको दुई फिट टाढा राखी सबैजनाले लागु औषध सेवन गरेका थिए । उनीहरू रातभरि घटनास्थलमै बसेका थिए ।

भोलिपल्ट बिहान ५ बजेतिर मनोज, बादल, दिलीप, बमे, सुमित र विवेक भारतको दिल्लीतर्फ लागेका थिए । कनकलाल, करण, सुशील कैलालीमै साथीको घरमा लुकेर बसे ।

सुमित, मनोज, दिलीप र बमे भारतका विभिन्न स्थानमा बस्दै आएका थिए ।

  • अनुसन्धान
  • कार्यालय
शुक्रबार, बैशाख ०२, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

नेपाल एसीसी प्रिमियर कप क्रिकट प्रतियोगिताको फाइनलमा
चरम ग्यास अभावबीच उद्योगमन्त्री गौरीकुमारी यादवले दिइन् राजीनामा
बाँकेमा फरार १७१ जना कैदी तथा बालबन्दी पक्राउ
प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु १२ अर्ब ४३ करोडभन्दा बढी
अपर म्याग्दी–१ को सुरुङ ‘ब्रेक थ्रु’
तिलौराकोटमा थप जग्गा अधिग्रहण गरिँदै

भर्खरै

  • १.
    नेपाल एसीसी प्रिमियर कप क्रिकट प्रतियोगिताको फाइनलमा

  • २.
    चरम ग्यास अभावबीच उद्योगमन्त्री गौरीकुमारी यादवले दिइन् राजीनामा

  • ३.
    बाँकेमा फरार १७१ जना कैदी तथा बालबन्दी पक्राउ

  • ४.
    प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु १२ अर्ब ४३ करोडभन्दा बढी

  • ५.
    अपर म्याग्दी–१ को सुरुङ ‘ब्रेक थ्रु’

  • ६.
    तिलौराकोटमा थप जग्गा अधिग्रहण गरिँदै

  • ७.
    एसीसी प्रिमियर कप क्रिकटः नेपालले ओमानलाई दियो १४८ रनको लक्ष्य

  • ८.
    तरकारीको विषादी परीक्षण बढाइँदै

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.