• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
बिहिबार, भदौ २५, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु १२ अर्ब ४३ करोडभन्दा बढी

अपर म्याग्दी–१ को सुरुङ ‘ब्रेक थ्रु’

तिलौराकोटमा थप जग्गा अधिग्रहण गरिँदै

एसीसी प्रिमियर कप क्रिकटः नेपालले ओमानलाई दियो १४८ रनको लक्ष्य

तरकारीको विषादी परीक्षण बढाइँदै

तरकारी, फलफूल र माटो सुधार कार्यक्रममा बजेट अभाव

चिनाकोटमा पर्यटकीय पूर्वाधार निर्माण

हतुवागढी खैराङमा अदुवा खेती विस्तार

५ जिल्लामा ५३ हजार सिलिन्डर भरेर काठमाडौं पठाइयो खाना पकाउने ग्यास

लोकप्रिय समाचार

  • १. राशिफल : कर्कट- नयाँ काम, मीन- उद्योगमा फाइदा

  • २. हे प्रकृति तिम्रो न्याय यही हो ?

  • ३. राशिफल : तुला- तीर्थाटन, वृश्‍चिक- मनोरञ्‍जन

  • ४. राशिफल : वृष- अप्ठ्यारो सम्झौता, सिंह- आरामदायी यात्रा

  • ५. राशिफल : वृष- काम सम्पादन, सिंह- रमाइलो यात्रा

  • ६. राशिफल : मेष- आत्मीयता बढ्ने, कन्या- प्रशन्‍नता

  • ७. राशिफल : वृश्‍चिक- मान-सम्मान, धनु- स्वादिष्‍ट भोजन

  • ८. विपत्तिमा मल्हम लगाउँदै निर्माण व्यवसायी : प्रधानमन्त्री राहत कोषमा संघको २ लाख ११ हजार सहयोग

  • ९. राशिफल : वृश्‍चिक- काम बन्‍ने, कुम्भ- मनमा हर्ष

  • १०. भोटेकोशी बाढी पीडितलाई क्यासिनो एसोसिएसनको ८५ लाख २३ हजार

अस्पतालमा जेनेरेटर नहुँदा उपचारमा समस्या


    Avatar photo
शुक्रबार, कार्तिक ०९, २०८१ मा प्रकाशित

गाईघाट- जिल्ला अस्पताल उदयपुर गाईघाटमा लामो समयदेखि जेनेरेटर नहुँदा उपचारमा समस्या हुँदै आएको छ । पटकपटक विद्युत् जाने समस्या हुनुका साथै जेनेरेटर नहुँदा बिरामीको उपचारमा समस्या हुने गरेको हो ।

Advertisement

अस्पतालका चिकित्सक तथा कर्मचारीका अनुसार पटक–पटक विद्युत् आपूर्ति बन्द हुने समस्याले उपचारमा सास्ती हुने गरेको हो । अस्पतालका प्रमुख डा वीरेन्द्रकुमार मण्डलका अनुसार विद्युत् गएका समयमा तत्काल प्रयोग गर्ने जेनेरेटर नहुँदा समस्या भएको भन्दै पुरानो जेनेरेटर पनि बिग्रिएर थन्किएको छ ।

करिब १५ वर्ष अघि खरिद गरिएको जेनेरेटर बिग्रेको भन्दै प्रमुख डा मण्डलले अस्पताल विकास व्यवस्थापन समिति तथा सरोकार भएका निकायबाट नयाँ जेनेरेटर व्यवस्थापनमा पहल नहुँदा समस्या भइरहेको बताए ।

विद्युत् आपूति बन्दा भएका बेला जेनेरेटर नहुँदा अस्पतालको शव गृहमा शव राख्न, राति आकस्मिक उपचार सेवा लिन आउने बिरामी तथा कुरुवालाइसास्ती हुने गरेको छ ।

अस्पतालमा डेङ्गीको उपचार गरेर घर फर्किनुभएका त्रियुगा नगरपालिका–३ का राजन कार्कीले भने, ‘रातिको समयमा पटक–पटक विद्युत् जाने समस्या छ । सो समयमा जेनेरेटर नहुँदा अस्पताल अन्धकारमय हुन्थ्यो । एकहप्ता अस्पताल बस्दा राति अध्यारोमा शौचालय जान, औषधि सेवन गर्नलगायत काममा समस्या हुने गरेको थियो ।’

नेपाल कम्युनिष्ट पार्टी (एमाले) का जिल्ला अध्यक्ष भागवत राउतले अस्पतालमा जेनेरेटर व्यवस्थापन गर्न स्थानीय प्रशासनले पहल गर्नुपर्ने बताए । ‘एक महिनाअघि एकजना आफन्तको सवारी दुर्घटनामा मृत्यु भएपछि चार दिनसम्म शव गृहमा शव राख्नपर्ने बाध्यता आयो, पटक–पटक विद्युत् आपूर्ति बन्द हुँदा समस्या भएपछि टोल विकास समितिको जेनेरेटर ल्याएर अस्पतालमा शव राखेका थियौँ,’ उनले भने ।

जिल्ला अस्पतालमा जेनेरेटर नहुँदा सेवा प्रवाह प्रभावित भइरहेको भन्दै स्थानीय सरकार, सरोकार भएका निकाय तथा राजनीतिक दलले जेनेरेटर व्यवस्थापनमा पहल गर्नुपर्नेमा अध्यक्ष राउतले जोड दिए ।

पन्ध्र वर्ष अघि खरिद गरिएको जेनेरेटर छ वर्षदेखि बिग्रिएर थन्किएको अस्पतालका प्रमुख डा मण्डलले जानकारी दिए । जिल्ला अस्पतालको कार्यभार सम्हाल्न केहीदिन अघि मात्र यहाँ आइपुग्नुभएका प्रमुख डा मण्डलले भने, ‘अस्पतालमा विभिन्न समस्यामध्ये जेनेरेटर व्यवस्थापन जटिल समस्या बनेको छ । समस्या समाधानका लागि प्रदेश सरकार र मन्त्रालयसँग पहल गर्नेछु ।’ उनले दुई महिनाभित्र समस्या समाधान हुने जनाए ।

प्रमुख डा मण्डलले नयाँ जेनेरेटर खरिद गर्न रु ५० लाख बजेट आवश्यक पर्ने भन्दै उक्त रकम अस्पतालसँग नभएकाले प्रदेश सरकार, स्वास्थ्य मन्त्रालय तथा सङ्घीय स्वास्थ्य मन्त्रालयले सहयोग गर्नुपर्ने बताए ।

 

शुक्रबार, कार्तिक ०९, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु १२ अर्ब ४३ करोडभन्दा बढी
अपर म्याग्दी–१ को सुरुङ ‘ब्रेक थ्रु’
तिलौराकोटमा थप जग्गा अधिग्रहण गरिँदै
एसीसी प्रिमियर कप क्रिकटः नेपालले ओमानलाई दियो १४८ रनको लक्ष्य
तरकारीको विषादी परीक्षण बढाइँदै
तरकारी, फलफूल र माटो सुधार कार्यक्रममा बजेट अभाव

भर्खरै

  • १.
    प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु १२ अर्ब ४३ करोडभन्दा बढी

  • २.
    अपर म्याग्दी–१ को सुरुङ ‘ब्रेक थ्रु’

  • ३.
    तिलौराकोटमा थप जग्गा अधिग्रहण गरिँदै

  • ४.
    एसीसी प्रिमियर कप क्रिकटः नेपालले ओमानलाई दियो १४८ रनको लक्ष्य

  • ५.
    तरकारीको विषादी परीक्षण बढाइँदै

  • ६.
    तरकारी, फलफूल र माटो सुधार कार्यक्रममा बजेट अभाव

  • ७.
    चिनाकोटमा पर्यटकीय पूर्वाधार निर्माण

  • ८.
    हतुवागढी खैराङमा अदुवा खेती विस्तार

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.