काठमाडौं- कैलाली, घोडाघोडी नगरपालिका(५ डोकेबजारस्थित सडकमा सु।प।प्र।०१(०१२प ७२७९ नम्बरको मोटरसाइकललाई सु।प।प्र।०१(००२ त ६१८७ नम्बरको ट्याक्टरले बिहीबार साँझ ठक्कर दिँदा मोटरसाइकल चालक घोडाघोडी नगरपालिका(१० बस्ने २७ वर्षीय सुशिल बिकको मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएका उनको घोडाघोडी अस्पताल सुखड हुँदै निषर्ग अस्पताल धनगढीमा थप उपचारको क्रममा मृत्यु भएको हो । ट्याक्टर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
बारा, पचरौता नगरपालिका(८ लङडाचोकस्थित सडकमा बीआर ०५ एटी ८५९०
नम्बरको मोटरसाइकल अनियन्त्रित भई बिहीबार दिउँसो दुर्घटना हुँदा मोटरसाइकलमा
सवार भारत रामगढवा घर भएकी ५० वर्षीया गिता ठाकुरको मृत्यु भएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएकी उनको प्रादेशिक अस्पताल कलैयातर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो । मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
चितवन, भरतपुर महानगरपालिका(१० स्थित सडकमा चौबिसकोठीबाट पुलचोकतर्फ जाँदै गरेको बा।प्र ०३ ००१ प ४७६० नम्बरको मोटरसाइकल अनियन्त्रित भई बिहीबार राति दुर्घटना हुँदा चालक नवलपरासी पूर्व गैंडाकोट बस्ने ५० वर्षीय प्रेम परियारको मृत्यु भएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको भरतपुर सरकारी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार १ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ । दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।