बराहक्षेत्र- बराहक्षेत्र नगरपालिका- २ सिंहदेवी मन्दिरमाथि करम खोला पुल छेउमा मदन भण्डारी राजमार्ग अन्तर्गत चतरामा आज सडक दुर्घटना भएकोे छ।
Advertisement
बिराटनगरबाट हेटौंडा जाँदै गरेको बागमती प्रदेश ०१-०२७ च ६०६९ नम्बरको होन्डा कम्पनीकाे क्रेटा कार अनियन्त्रित भई पल्टिंदा एकै परिवारका चार जना घाइते भएका छन् । घाइते हुनेमा मोरङ ११ बस्ने युवराज कार्की, कविता कार्की, सुदिप कार्की र ईटहरी- ५ बस्ने मनोज कार्की रहेका छन् ।
घाइतेहरूलाई तत्काल स्थानीयले उद्धार गरी उपचारका लागि विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाइएको स्थानीय राजेश मगरले जानकारी दिए।