काठमाडौं- झापा, बिर्तामोड नगरपालिका–१ बैसाबारीस्थित मोहमद अन्सारीको ईरफान कपास उद्योगमा शुक्रबार बिहान आगलागी हुँदा मेसिन, कपास, टिनको ट्रस लगायत अन्य सरसामानहरू पूर्णरूपमा जलेर करिब ४० लाख रूपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।
Advertisement
कास्की, पोखरा महानगरपालिका–५ प्रस्याङ डेरा गरी बस्ने ४५ वर्षीया मिना पुनको कोठामा बिहीबार बिहान आगलागी भएको छ । आगलागीबाट भएको क्षतिको विवरण हाल खुलेको छैन ।
प्रहरीले स्थानीय बासिन्दा तथा दमकलको सहयोगमा आगलागी नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।