• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
मङ्गलबार, साउन १२, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

सञ्चारमन्त्री डा तिमिल्सिना र एनआरएनए प्रतिनिधिबीच भेट : नेपालमा थप पुँजी र प्रविधि भित्र्याउने विषयमा छलफल

दाङमा विपद्जन्य घटनामा ६८ जनाको मृत्यु

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

नेप्से परिसूचक सामान्य अङ्कले घट्यो

पाकिस्तानमा वर्षाले १०९ जनाको ज्यान लियो

सुन्दर सुदूरपश्चिम यातायात प्रालिद्वारा भिआइपी सोफा सुविधासहितको धनगढी–पोखरा नयाँ रुटमा ‘राज सफारी एक्सप्रेस’ सञ्चालनमा

इरानमा दुई जना सरकार विरोधी प्रदर्शनकारीलाई मृत्यु दण्डको सजाय

सुर्खेत जिप दुर्घटनामा १२ जना घाइते

झापामा घरेलु तथा साना उद्योगबाट दुई करोड ४१ लाख राजस्व सङ्कलन

लोकप्रिय समाचार

  • १. राशिफल : तुला- धन आर्जन, वृश्‍चिक- मनोरञ्‍जन

  • २. राशिफल : कन्या- आतिथ्य सम्मान, मकर- मित्रता बढ्ने

  • ३. राशिफल : वृष- कर्मयोगमा वृद्धि, सिंह- पारिवारिक जमघट

  • ४. राशिफल : कन्या- मुद्दा-मामिलामा विजयी, मकर- सुखद समाचार

  • ५. झटारो : कर काठमाडौंमा, चर्चा साँडेपानीमा !

  • ६. मानव-हात्ती द्वन्द्व : ‘ध्रुवे’देखि मेचीनगरसम्म, संरक्षण कि अझै क्षति ?

  • ७. राशिफल : कर्कट- टाढाको यात्रा, तुला- सफलता

  • ८. सुदूरपश्‍चिममा सत्ता खेल : मुख्यमन्त्री बन्‍ने रहर सबैलाई, आफ्नै सांसदको छैन भर कसैलाई !

  • ९. राशिफल : वृष- भ्रमण, सिंह- रमाइलो यात्रा

  • १०. राशिफल : मकर- शत्रु परास्त, कुम्भ- धन आर्जन

झापाबाट एकै दिन १० सडक मानवको उद्दार


    Avatar photo
सोमबार, असोज २८, २०८१ मा प्रकाशित

झापा– झापाबाट एकै दिन १० जना सडक मानवको उद्दार भएको छ। झापालगायत देशैभरका जिल्लालाई सहयोगापेक्षी सडक मानवमुक्त गर्ने उद्देश्यले शुरु गरिएको यो अभियानको पहिलो दिन १० जना सडक मानवको उद्दार भएको नेपाल मानव सेवा केन्द्रले जनाएको छ।

Advertisement

मानवसेवा आश्रम र आनी छोइङ डोल्मा फाउन्डेसनको संयुक्त आयोजनामा शुरु भएको उद्वार अभियानका उद्वार टोलीले झापाको मेचीनगरबाट सडक मानवको उद्वार कार्यको सुरुवात गरेको हो। यो कार्यलाई तिव्र बनाइने केन्द्रले जनाएको छ।
सडकआश्रित मानवलाई स्वास्थ्य उपचार, संरक्षण र पारिवारिक पुर्नमिलन गराउने उद्देश्यले सडक आश्रित मानवको उद्दार शुरु भएको हो। सोमबार एकै दिन झापाका विभिन्न पालिकाबाट १० जना सडक मानवको उद्दार भएको मानव सेवा आश्रमका संस्थापक अध्यक्ष रामजी अधिकारीले बताए।

‘यो पटकको चाडपर्वमा कसैले बस्न नपरोस् सडकपेटीमा’ भन्ने मूल नाराका साथ ३२ दिनसम्म यो अभियान संचालन हुने छ। उद्वार टोलीमा करिब ४० परिचालक परिचालित छन्। स्थानीय तहको समन्वयमा सडकआश्रित मानवको उद्दार हुने गरेको आश्रमले जनाएको छ।

आश्रमका अनुसार मेचीनगर नगरपालिकाबाट ४ जना, बिर्तामोड नगरपालिकाबाट २ जना, कन्काई नगरपालिकाबाट २ जनाको र शिवसताक्षी नगरपालिकाबाट २ जनाको उद्वार गरिएको हो। उद्वार भएका सडकआश्रित मानवहरूको आजै झापाको बाहुनडाँगी स्थित मानवसेवा केन्द्रमा गृहप्रवेश गराइने छ।

झापाको शिवसताक्षीबाट उपप्रमुख नरमाया कार्की, गौरिगञ्ज गाउँपालिकाकी उपाध्यक्ष पुजन कुवर न्यौपाने, शिवसताक्षी नगर १० नम्बर वडाका अध्यक्ष हर्क सिगु, पत्रकार विनोद सापकोटालगायतको टोलीले सडक मानवको उद्दार गरि मानवसेवा आश्रमको टोलीलाई बुझाएको थियो।

सडकपेटी, पौवा, मठ मन्दिर, चौतारामा बेवारिसे अवस्थामा बस्दै आएका मानवलाई केन्द्रले उद्दार गर्ने गरेको छ। झापामा असंख्य रुपमा सडक मानव छन्। उनिहरूले राम्रोसंग औषधोपचार, खानपान र बसोबास गर्न पाएका छैनन्। पारिवारीक कलहका कारण घर छोडेर हिडेका, परिवारका सदस्यबाट अपहेलित भएका, आफन्त नातागोता कोही नभएका, हराएका मानवलाई मानवसेवा आश्रमले उद्दार गर्ने गरेको छ।

मानवसेवा आश्रमले सातै प्रदेशका १९ वटा जिल्लामा २५ वटा सेवाकेन्द्र विस्तार गरेको संस्थापक अध्यक्ष अधिकारीले बताए। सहयोगापेक्षी सडकआश्रित मानवहरूको उद्धार, उपचार, संरक्षण तथा सुन्दर पारिवारिक पुनर्मिलन गराउदै आएको सो संस्थाले जनाएको छ। मानव सेवा आश्रम विगत १२ वर्षदेखि संचालित मानवीयता प्रवर्द्धनमा महत्वपूर्ण भूमिका खेल्दै आएको गैरनाफामूलक सामाजिक संस्था हो।

यसअघि ३ वटा मेची-महाकाली राष्ट्रिय उद्धार यात्रा सम्पन्न भइसकेको छ। पहिलो मेची-महाकाली राष्ट्रिय उद्धार यात्रामा ७५८ जना र अघिल्लो वर्ष भएको मेची महाकाली राष्ट्रिय उद्धार यात्रामा ३०४ जनाको उद्धार भएको सो संस्थाले जनाएको छ।

यसपटकको मेची-महाकाली राष्ट्रिय उद्धार यात्राले मानवसेवा आश्रमले ८२ सालभित्र सहयोगापेक्षी सडकआश्रित मानवमुक्त राष्ट्र निर्माण गर्न लिएको संकल्पलाई थप टेवा पुग्ने बताइएको छ।

साथै भोलि मंगलबार मोरङ जिल्लाको पथरी, बेलबारी, विराटनगरमा उद्वार सेवा संचालन हुनेछ।

सोमबार, असोज २८, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

सुनचाँदीको मूल्यमा सामान्य गिरावट
नारायणगढ-मुग्लिन सडक खुल्यो
हरेक निर्वाचनमा लालपुर्जाको आश्वासन
धनगढीमा कोमात्सु आधिकारिक स्पेयर पार्ट्स आउटलेट सञ्चालनमा
पूर्वी अस्ट्रेलियामा गोली हानाहान तीन जनाको मृत्यु
नेप्से परिसूचकमा झिनो अङ्कको सुधार

भर्खरै

  • १.
    सञ्चारमन्त्री डा तिमिल्सिना र एनआरएनए प्रतिनिधिबीच भेट : नेपालमा थप पुँजी र प्रविधि भित्र्याउने विषयमा छलफल

  • २.
    दाङमा विपद्जन्य घटनामा ६८ जनाको मृत्यु

  • ३.
    कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

  • ४.
    नेप्से परिसूचक सामान्य अङ्कले घट्यो

  • ५.
    पाकिस्तानमा वर्षाले १०९ जनाको ज्यान लियो

  • ६.
    सुन्दर सुदूरपश्चिम यातायात प्रालिद्वारा भिआइपी सोफा सुविधासहितको धनगढी–पोखरा नयाँ रुटमा ‘राज सफारी एक्सप्रेस’ सञ्चालनमा

  • ७.
    इरानमा दुई जना सरकार विरोधी प्रदर्शनकारीलाई मृत्यु दण्डको सजाय

  • ८.
    सुर्खेत जिप दुर्घटनामा १२ जना घाइते

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.