नयाँदिल्ली- मुम्बईको फ्लोरा फाउन्टेनसँगै एक ठूलो इमारत हो, टाटा हाउस। त्यही भवन जोड्ने गल्लीमा एक ग्रे रंगको कार रोकिन्थ्यो। त्यसबाट उत्रिन्थे ८० वर्ष कटेका एक वृद्ध। हल्का नीलो रङको सुती सर्ट र एक खुकुलो ग्रे रंगकै पाइन्ट लगाएका ती वृद्ध भवनतर्फ बढ्थे।
भित्र प्रवेश गर्नासाथ एउटा लामो लाइन खडा रहन्थ्यो, जसको पछाडि ती वृद्ध उभिन्थे। उनी आफैंलाई भेट्न आएको लाइनको पछाडि खडा हुन्थे। उनी हुन्थे, रतन टाटा। उनी नै थिए, भारतकै पुरानो र प्रसिद्ध टाटा कम्पनीका मालिक रतन टाटा।
गत बुधबार तिनै टाटाले राति करिब ११ बजे अन्तिम श्वास फेरे। अन्तिम श्वास फेर्दा उनी ८६ वर्षका थिए। सादा जीवन शैली टाटाको परिचायक बन्यो सधैं। उनका जीवनका ११ सूत्र सबैले जानकारी पाउन आवश्यक छ।
टाटाको जीवनका ११ मूल्यवान कुरा
– खास धनाढ्य व्यक्तिले कहिल्यै देखासिकी गर्दैन, धनको तुजुक पनि लगाउँदैन। सधैं विनम्र रहन्छ।
– आफ्नो भावनालाई कहिल्यै नलुकाऊँ। त्यसलाई बाहिर निकालौं।
– खास नेता त्यो हो, जो आफूसँग खडा मानिसको परवाह गर्छ।
– आलोचना सबैभन्दा ठूलो शिक्षक हो। आलोचनासँग डराएर होइन, सामना गरेर मात्र अगाडि बढ्न सकिन्छ।
– चुनौतीहरू सिक्ने मौका हुन्। तीसँग जसले हार मान्दैन, जित उसैको हुन्छ।
– तपाईंको सफलता त्यसैमा छिपेको हुन्छ, तपाईं कति नयाँ सोच्नु हुन्छ र नयाँ सिर्जना गर्नु हुन्छ।
– संसारको कुनै ठूलो काम बिना इम्प्याथी सम्भव छैन।
– नैतिकता र मनुष्यता जीवनको सबैभन्दा ठूलो मूल्य हो।
– जो आफ्ना नजिकका व्यक्तिहरूसँग अपेक्षा गरिन्छ, त्यो पहिले आफ्नो जीवनमा उतार्नु अत्यावश्यक छ।
– लगानी व्यापार-व्यवसायमा मात्र होइन, मानिस र उनीहरूको सम्बन्धमा पनि आवश्यक हुन्छ।
– गल्ति र असफलताहरूले किताबहरूले भन्दा अधिक सिकाउँछन्।