धुलिखेल– बीपी राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका-११ पिप्लेमा खसेको सुख्खा पहिरो पन्छाएर सडक एकतर्फी खुलेको छ।
Advertisement
केहीबेरअघि पहिरो पन्छाएर सडक एकतर्फी संचालनमा ल्याएको डिभिजन सडक कार्यालय भक्तपुरले जनाएको हो।
जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक मानबहादुर घलेका अनुसार पहिरोमा सिन्धुली र खोटाङबाट काठमाडौंतर्फ आइरहको बस र टाटा सुमो पुरिएका थिए। त्यस्तै सडक खुलाउन गएको डोजर पनि पहिरोले पल्टाएको थियो। यद्यपि मानवीय क्षति भएको थिएन।
रोशी खोलाको बाढीले उक्त राजमार्गका विभिन्न खण्ड बगाएरपछि सडक विभाग र रोशी गाउँपालिकाको सक्रियतामा बिहीबार राति उक्त सडकमा ‘ट्र्याक’ जोडिएपछि सवारी साधन सञ्चालन भएका थिए।