गुल्मी– गुल्मीमा जिप दुर्घटना हुँदा १४ यात्रु घाइते भएका छन्।
Advertisement
बुटवलबाट गुल्मीको रिडी-वामीटक्सार सडकखण्ड हुँदै बाग्लुङको बडिगाड गाउँपालिकातर्फ जाँदै गरेको लु२ज ४४४८ नम्बरको यात्रुवाहक जिप शुक्रबार बिहान गुल्मीको मुसिकोट नगरपालिका-५ इन्द्रेगौडा नजिकै दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ।
घाइतेमध्ये २ जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ। घाइतेहरूको उद्दार गरी दुर्घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।