• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
बिहिबार, भदौ २५, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

भोटेकोशी बाढीका कारण पूर्वाधार क्षेत्रमा ९० अर्बको क्षति

बाढीले प्रभावित क्षेत्रमा पुनर्निर्माणका लागि सात खर्ब २३ अर्ब आवश्यक

फिलिपिन्समा पानी जहाजमा आगलागी, पाँच जनाको मृत्यु, दर्जनौँ बेपत्ता

एक सय सात पिन्ट रगत सङ्कलन

नेपाल एसीसी प्रिमियर कप क्रिकट प्रतियोगिताको फाइनलमा

चरम ग्यास अभावबीच उद्योगमन्त्री गौरीकुमारी यादवले दिइन् राजीनामा

बाँकेमा फरार १७१ जना कैदी तथा बालबन्दी पक्राउ

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु १२ अर्ब ४३ करोडभन्दा बढी

अपर म्याग्दी–१ को सुरुङ ‘ब्रेक थ्रु’

लोकप्रिय समाचार

  • १. राशिफल : कर्कट- नयाँ काम, मीन- उद्योगमा फाइदा

  • २. हे प्रकृति तिम्रो न्याय यही हो ?

  • ३. राशिफल : तुला- तीर्थाटन, वृश्‍चिक- मनोरञ्‍जन

  • ४. राशिफल : वृष- अप्ठ्यारो सम्झौता, सिंह- आरामदायी यात्रा

  • ५. राशिफल : वृष- काम सम्पादन, सिंह- रमाइलो यात्रा

  • ६. राशिफल : मेष- आत्मीयता बढ्ने, कन्या- प्रशन्‍नता

  • ७. राशिफल : वृश्‍चिक- मान-सम्मान, धनु- स्वादिष्‍ट भोजन

  • ८. राशिफल : वृश्‍चिक- काम बन्‍ने, कुम्भ- मनमा हर्ष

  • ९. भोटेकोशी बाढी पीडितलाई क्यासिनो एसोसिएसनको ८५ लाख २३ हजार

  • १०. नेपाली युवा बक्सर घिमिरे बने विश्व च्याम्पियन

२६ वर्षपछि जगतिपुरबाट जाजरकोट दरबारमा फूलपाती


    Avatar photo
बिहिबार, असोज २४, २०८१ मा प्रकाशित

काँक्रेविहार (सुर्खेत)– २६ वर्षपछि पुरानो राजधानी जगतिपुरबाट खड्ग देवतासहितको फूलपाती जाजरकोट दरबारमा ल्याएर भित्र्याइएको छ।

Advertisement

हरेक वर्ष फूलपातीका अवसरमा जाजरकोट दरबारमा भित्र्याइने खड्ग देवता गएको २५ वर्षसम्म खलङ्गाकै कालिका मन्दिरबाट जाजरकोट दरबार ल्याएर भित्र्याउने गरिएको थियो। जाजरकोट राज्यको प्रतीक मानिएको उक्त खड्ग देवता दशैंको सप्तमीमा जगतिपुरबाट भित्र्याउने चलन बन्द भए पनि यसलार्ई फेरि जगतिपुरमै लिने पहल गरिएको थिएन।

सशस्त्र द्वन्द्वका कारण असुरक्षा भएको भन्दै २०५५ सालमा उक्त खड्गलाई खलङ्गाको कालिका मन्दिरमै राखिएको थियो। द्वन्द्व समाधान भए पनि स्थानीय सरोकारवालाको बेवास्ताका कारण खड्गलाई जगतिपुर नलिएर कालिका मन्दिरमै राखिएको थियो।

यस वर्ष जाजरकोट सम्पदा संरक्षण प्रतिष्ठानको विशेष पहल, समन्वय र सक्रियतामा २६ वर्षपछि जगतिपुर दरबार क्षेत्रको खड्ग देउताको मन्दिरमा लगिएको थियो। प्रतिष्ठानको पहल र समन्वयमा जिल्लामा बसेको सर्वपक्षीय बैठकले यस वर्षदेखि जगतिपुरबाटै खड्ग देवता ल्याउने निर्णय गरेको थियो। सोही निर्णयअनुसार आज जगतिपुरका स्थानीयले विधि प्रक्रिया पुर्‍याएर पुरानै परम्पराअनुसार बाजासहित जाजरकोट दरबारमा ल्याएको खड्ग देउता ग्रहण गर्न जाजरकोटी राजाका सन्तान, प्रमुख जिल्ला अधिकारी उमाकान्त अधिकारीसहितका सुरक्षा निकायका प्रमुख तथा अन्य सुरक्षाकर्मी, नागरिक समाज, पत्रकार सर्वसाधारण विशेष तयारीका साथ शान्ति चौतारा जम्मा भएका थिए।

जगतिपुरबाट ल्याइएको खड्ग देवतालाई बाजागाजासहित शान्ति चौतारामा भव्य स्वागत गरिएको थियो। त्यसपछि गैरीखालीमा पुगी बजुको मन्दिर छेउमा पुजा अर्चना गरियो। नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीले जाजरकोटकी देवी कालिका, मालिका र भगवतीलाई सलामी दिएका थिए। उक्त पुजा र सलामी पछि ठूलो सङ्ख्यामा रहेका सर्वसाधारण, सुरक्षाकर्मी र अन्य व्यक्तिको सहभागितामा उक्त खड्ग र फूलपातीलाई जाजरकोट दरबार पुर्‍याएको थियो। दरबार पुर्‍याइएको खड्ग र फूलपातीलाई विशेष पुजासहित जाजरकोट दरबारको जमराघरमा भित्र्याइएको थियो। सो अवसरमा पुनः नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीले सलामी दिएका थिए।

जाजरकोटको इतिहास मौलिकता र संस्कृति जोगाउनको लागि आफूहरूले २६ वर्षपछि जगतिपुरबाटै ल्याउने चलन सुरु गराउन पहल र समन्वय गरेको जाजरकोट सम्पदा संरक्षण प्रतिष्ठानका अध्यक्ष जनक केसीले बताए। अध्यक्ष केसीले जगतिपुरका स्थानीय सरोकारवाला, खलङ्गाका स्थानीय सरोकारवाला, जाजरकोटी राजाका सन्तान, प्रमुख जिल्ला अधिकारीलगायत विभिन्न सुरक्षा निकाय र सबैको सल्लाहमा यो वर्षदेखि पुरानो परम्परालाई निरन्तरता दिने काम गरिएको बताए।

यस्तै जाजरकोटी मौलिकता र परम्परालाई पुरानै शैलीमा निरन्तरता दिन यस पटकदेखि जगतिपुरबाट खड्ग देवता जाजरकोट दरबारमा ल्याउने कार्य गरिएको प्रजिअ उमाकान्त अधिकारीले बताए। यस्तै जाजरकोटी राजा उपेन्द्रविक्रम शाहका पनाति प्रवेशविक्रम शाहले पुरानो परम्परालाई निरन्तरता दिने काम भएकोमा खुसी व्यक्त गरे।

बिहिबार, असोज २४, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

भोटेकोशी बाढीका कारण पूर्वाधार क्षेत्रमा ९० अर्बको क्षति
बाढीले प्रभावित क्षेत्रमा पुनर्निर्माणका लागि सात खर्ब २३ अर्ब आवश्यक
फिलिपिन्समा पानी जहाजमा आगलागी, पाँच जनाको मृत्यु, दर्जनौँ बेपत्ता
एक सय सात पिन्ट रगत सङ्कलन
नेपाल एसीसी प्रिमियर कप क्रिकट प्रतियोगिताको फाइनलमा
चरम ग्यास अभावबीच उद्योगमन्त्री गौरीकुमारी यादवले दिइन् राजीनामा

भर्खरै

  • १.
    भोटेकोशी बाढीका कारण पूर्वाधार क्षेत्रमा ९० अर्बको क्षति

  • २.
    बाढीले प्रभावित क्षेत्रमा पुनर्निर्माणका लागि सात खर्ब २३ अर्ब आवश्यक

  • ३.
    फिलिपिन्समा पानी जहाजमा आगलागी, पाँच जनाको मृत्यु, दर्जनौँ बेपत्ता

  • ४.
    एक सय सात पिन्ट रगत सङ्कलन

  • ५.
    नेपाल एसीसी प्रिमियर कप क्रिकट प्रतियोगिताको फाइनलमा

  • ६.
    चरम ग्यास अभावबीच उद्योगमन्त्री गौरीकुमारी यादवले दिइन् राजीनामा

  • ७.
    बाँकेमा फरार १७१ जना कैदी तथा बालबन्दी पक्राउ

  • ८.
    प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु १२ अर्ब ४३ करोडभन्दा बढी

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.