• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
मङ्गलबार, साउन १२, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

सञ्चारमन्त्री डा तिमिल्सिना र एनआरएनए प्रतिनिधिबीच भेट : नेपालमा थप पुँजी र प्रविधि भित्र्याउने विषयमा छलफल

दाङमा विपद्जन्य घटनामा ६८ जनाको मृत्यु

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

नेप्से परिसूचक सामान्य अङ्कले घट्यो

पाकिस्तानमा वर्षाले १०९ जनाको ज्यान लियो

सुन्दर सुदूरपश्चिम यातायात प्रालिद्वारा भिआइपी सोफा सुविधासहितको धनगढी–पोखरा नयाँ रुटमा ‘राज सफारी एक्सप्रेस’ सञ्चालनमा

इरानमा दुई जना सरकार विरोधी प्रदर्शनकारीलाई मृत्यु दण्डको सजाय

सुर्खेत जिप दुर्घटनामा १२ जना घाइते

झापामा घरेलु तथा साना उद्योगबाट दुई करोड ४१ लाख राजस्व सङ्कलन

लोकप्रिय समाचार

  • १. राशिफल : तुला- धन आर्जन, वृश्‍चिक- मनोरञ्‍जन

  • २. राशिफल : कन्या- आतिथ्य सम्मान, मकर- मित्रता बढ्ने

  • ३. राशिफल : वृष- कर्मयोगमा वृद्धि, सिंह- पारिवारिक जमघट

  • ४. राशिफल : कन्या- मुद्दा-मामिलामा विजयी, मकर- सुखद समाचार

  • ५. झटारो : कर काठमाडौंमा, चर्चा साँडेपानीमा !

  • ६. मानव-हात्ती द्वन्द्व : ‘ध्रुवे’देखि मेचीनगरसम्म, संरक्षण कि अझै क्षति ?

  • ७. राशिफल : कर्कट- टाढाको यात्रा, तुला- सफलता

  • ८. सुदूरपश्‍चिममा सत्ता खेल : मुख्यमन्त्री बन्‍ने रहर सबैलाई, आफ्नै सांसदको छैन भर कसैलाई !

  • ९. राशिफल : वृष- भ्रमण, सिंह- रमाइलो यात्रा

  • १०. राशिफल : मकर- शत्रु परास्त, कुम्भ- धन आर्जन

इलेक्सन वाच : तुलसीपुरको मेयरमा को को छन् आकांक्षी?


बुधबार, चैत ३०, २०७८ मा प्रकाशित

Advertisement

सत्ता गठबन्धन दलबीच कुन पालिका कसले पाउने निर्क्योल भइनसके पनि राजनीतिक दलहरू आन्तरिक रूपमा आ-आफ्नो तयारी गरिरहेका छन्।

बाँके- राजनीतिक चेतनाको हिसावले पश्चिम नेपालका जिल्लाको तुलनामा दाङ अगाडि छ। एमालेका महासचिव शंकर पोखरेल, पटक-पटक मन्त्री भई कांग्रेसमा बलियो पकड बनाएका स्वर्गीय खुमबहादुर खड्कादेखि माओवादी केन्द्रका प्रवक्ता कृष्णबहादुर महराको निर्वाचन क्षेत्र भएको जिल्ला हो, दाङ।

एमाले उपाध्यक्ष युवराज ज्ञवाली, कांग्रेस नेता तथा पूर्वमन्त्री दीपक गिरी र नेकपाका महासचिव मोहन वैद्य, राजपरिषद स्थायी समितिका पूर्वसभापति स्वर्गीय परशुनारायण चौधरीको गृहजिल्ला भएकाले पनि यहाँको निर्वाचनलाई निकै चासोका साथ हेरिने गर्छ।

अहिले राजनीतिक दलका नेताहरू उम्मेदवारीका लागि दौडधुपमा छन् नै, मतदाता पनि को उम्मेदवार हुने हुन् भनी चासोका साथ हेरिरहेका छन्। अन्य जिल्लाजस्तै दाङमा पनि १० वटा पालिका प्रमुख, उप्रमुखसहित अन्य जनप्रतिनिधि चयन हुने छन्, ३० वैशाखमा। निर्वाचनमा मुख्य राजनीतिक प्रतिस्पर्धा हुने देखिन्छ। ०७४ सालको निर्वाचनमा दुईवटै उपमहानगरपालिकामा एमालेका उम्मेदवारले जितेका थिए। अहिले पनि यी दुई उपमहानगरपालिकालाई महत्त्व दिएर राजनीतिक दलहरू उम्मेदवार चयनमा जुटेका छन्। यी दुई उपमहानगरपालिकामा कुन दलबाट कसले टिकट पाउला भन्‍नेमा पनि उत्तिकै चासो छ।

सत्ता गठबन्धन दलबीच कुन पालिका कसले पाउने निर्क्योल भइनसके पनि राजनीतिक दलहरू आन्तरिक रूपमा आ-आफ्नो तयारी गरिरहेका छन्।

तुलसीपुर उपमहानगरपालिकाको मेयरमा कांग्रेस केन्द्रीय सदस्य गेहेन्द्र गिरी चर्चामा छन्। स्वर्गीय खुमबहादुर खड्का निकटस्थ नेताका रूपमा परिचित गिरी हाल कांग्रेस सभापति शेरबहादुर देउवा प्यानलमा छन्।

उनले यसअघिको स्थानीय निर्वाचनमा पनि स्वर्गीय खड्काकै बलमा तुलसीपुर उपमहानगरपालिकाको मेयरको टिकट पाएका थिए। दोस्रो स्थानमा रहेका उनले १८ हजार ९०३ मत पाएका थिए। मेयरमा विजयी एमालेका घनश्याम पाण्डेले २२ हजार ८७५ मत पाएका थिए। उक्त निर्वाचनमा तेस्रो भएका माओवादी केन्द्रका उम्मेदवार शेसुराम भण्डारीले आठ हजार ६९३ मतमा चित्त बुझाएका थिए। गिरी ०५४ सालका संघीय सांसद पनि हुन्।

मेयरका लागि कांग्रेसबाट सुरेश हमाल, विमल रिजाल, घनश्याम रेग्मी, नहकुल केसी, कीर्तिबहादुर भण्डारीले पनि आकांक्षा देखाएका छन्। हमाल कांग्रेस तुलसीपुर उपमहानगरपालिकाका सभापति हुन्। उनी यातायात व्यवसायी महासंघको महासचिवसमेत भइसकेका छन्। नहकुल केसी गरिबी निवारण कोषको निर्देशक भएर काम गरिसकेका व्यक्ति हुन्।

एमालेबाट पनि विभिन्‍न नेताले आकांक्षा देखाएका छन्। एमालेमा टीकाराम खड्काको नाम सबैभन्दा अग्रस्थानमा छ। उनलाई बलियो उम्मेदवारका रूपमा हेरिएको छ। पुराना नेता भए पनि अहिलेसम्म सत्तामा सहभागी हुने अवसर नपाएका उनी एमाले दाङका निवर्तमान अध्यक्ष हुन्।

एमालेका विनोद शर्मा, कृष्ण भुसाल, हालकी उपमेयर माया शर्मा आचार्यले पनि मेयरमा दाबी गरेका छन्। उनीहरूको नाममा पनि अहिले पार्टीभित्र चर्चा चल्दै आएको छ तर टीकाराम खड्काको सम्भावना धेरै भएको एमाले स्रोतले जनाएको छ।

तुलसीपुरमा माओवादी केन्द्रबाट पार्टीका केन्द्रीय सल्लाहकार कमिटी सदस्य शेसुराम भण्डारी, तुलसीपुर नगर इन्चार्ज प्रेमराज ओली ‘प्रभात’, केन्द्रीय लेखा आयोग सदस्य रामबहादुर दहित, पार्टीका तुलसीपुर नगर सह-इन्चार्ज चित्रबहादुर खड्का ‘अनुपम’, प्रदेश कमिटी सदस्य मीना बुढा, पार्टीका नगर अध्यक्ष खुशीराम चौधरी, उपाध्यक्षहरू शान्ति महत र यज्ञबहादुर केसीको नाम चर्चामा छ।

भण्डारी ०७४ सालको निर्वाचनमा पनि माओवादी केन्द्रको तर्फबाट मेयरको उम्मेदवार थिए। अहिलेको निर्वाचनमा पनि आकांक्षी बनेका छन्। मेयरका अर्का आकांक्षी प्रभात पूर्वजनमुक्ति सेनाका कमान्डर पनि हुन्।

बुधबार, चैत ३०, २०७८ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

देशभर उत्साहपूर्वक मतदान
बारा, चितवन र तनहुँमा मतदान शुरु
उपनिर्वाचनमा उम्मेदवारले कति खर्च गर्न पाउँछन्?
तनहुँ– १: उम्मेदवारले थाले चुनावी अभियान
रामचन्द्र पौडेल राष्ट्रपति निर्वाचित
राष्ट्रपति निर्वाचन : सुरु भयो मतगणना

भर्खरै

  • १.
    सञ्चारमन्त्री डा तिमिल्सिना र एनआरएनए प्रतिनिधिबीच भेट : नेपालमा थप पुँजी र प्रविधि भित्र्याउने विषयमा छलफल

  • २.
    दाङमा विपद्जन्य घटनामा ६८ जनाको मृत्यु

  • ३.
    कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

  • ४.
    नेप्से परिसूचक सामान्य अङ्कले घट्यो

  • ५.
    पाकिस्तानमा वर्षाले १०९ जनाको ज्यान लियो

  • ६.
    सुन्दर सुदूरपश्चिम यातायात प्रालिद्वारा भिआइपी सोफा सुविधासहितको धनगढी–पोखरा नयाँ रुटमा ‘राज सफारी एक्सप्रेस’ सञ्चालनमा

  • ७.
    इरानमा दुई जना सरकार विरोधी प्रदर्शनकारीलाई मृत्यु दण्डको सजाय

  • ८.
    सुर्खेत जिप दुर्घटनामा १२ जना घाइते

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.