• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
शुक्रबार, साउन ०८, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

स्वास्थ्यमा धनगढीको फड्को, आधुनिक उपचार अब आफ्नै शहरमा

मालीका पूर्व गुप्तचर प्रमुखलाई १५ वर्ष कैद

लागुऔषधसहित दुई जना पक्राउ

सिलिण्डर विष्फोट हुँदा एकको मृत्यु, एक जना गम्भीर घाइते

सेनाको श्रमदानमा महाकाली नदीमा ‘गाइडबण्ड’ पुनःनिर्माण

शैक्षिक परामर्श व्यवसायमाथि धरौटीको व्यवस्था कायमै रहन्छ : शिक्षामन्त्री

उपराष्ट्रपति यादवसँग स्वीस राजदूतको शिष्टाचार भेट

करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु

खैरो हेरोइनसहित चार जना पक्राउ

लोकप्रिय समाचार

  • १. राशिफल : वृष- कर्मयोगमा वृद्धि, सिंह- पारिवारिक जमघट

  • २. राशिफल : वृष- धन खर्च , सिंह- मंगलमय काम

  • ३. राशिफल : कन्या- विशेष उपहार, धनु- मिष्‍ठान्‍न भोजन

  • ४. राशिफल : कन्या- आतिथ्य सम्मान, मकर- मित्रता बढ्ने

  • ५. राशिफल : कन्या- मुद्दा-मामिलामा विजयी, मकर- सुखद समाचार

  • ६. राशिफल : कन्या- विशेष उपहार, धनु- मिष्‍ठान्‍न भोजन

  • ७. झटारो : चर्पीको बाटोमा क्रान्तिको गाडी !

  • ८. ‘एक नेता, अनेक दाबी!’ सुदूरपश्चिममा मुख्यमन्त्रीको दौड, आफ्नै दलभित्र विश्वासको संकट

  • ९. रक्त अभाव टार्न कैलालीमा दोश्रो घुम्ती रक्तदान, ४२ युनिट रगत संकलन

  • १०. स्वास्थ्यमा धनगढीको फड्को, आधुनिक उपचार अब आफ्नै शहरमा

घुँडा जोगाउन चाहनु हुन्छ ? ट्‍वाइलेट फेर्नूस् !


    Avatar photo
बुधबार, असोज २३, २०८१ मा प्रकाशित

काठमाडौं- पछिल्लो समय धेरै मानिसमा घुँडा खिइने समस्या बढ्दो छ। घुँडा खिइनुका विभिन्‍न कारणहरू हुन्छन्। सामान्यतया ओपीडीमा आउने बिरामीका आधारमा हेर्दा घुँडा खिइने समस्या उमेरका कारणले बढी देखिने गरेको पाइन्छ। त्यसमा पनि पुरुषको तुलनामा महिलाहरूमा यो समस्या बढी देखिएको छ।

Advertisement

दैनिक जीवनमा काम गर्ने तरिकाका कारण महिलाहरूमा यो समस्या बढी देखिने गर्छ। अर्को- मोटापनको समस्या भएका महिला पनि यसबाट पीडित देखिन्छन्।

घुँडाले शरीरको सम्पूर्ण भार थामेको हुन्छ। यसलाई शरीरको मुख्य खम्बा भन्दा पनि फरक पर्दैन। हुन त, हातको जोर्नी पनि खिइएको हुन्छ। तर, घुँडा खिइएको चाँडो थाहा हुन्छ। हिँड्दा वा उभिँदा शरीरको सबै लोड घुँडामै पर्न जान्छ।

बस्दा, उठ्दा, पलेंटी मार्दा सबैमा घुँडाको भूमिका बढी रहन्छ। सिँढी चढ्दा पनि बढी जोर घुँडामै पर्छ। शरीरको भार मेरुदण्डबाट कम्मर, कम्मरबाट तिघ्रा र तिघ्राबाट घुँडा हुँदै खुट्टासम्म पुग्छ। त्यसकारण घुँडा शरीरको सबैभन्दा महत्त्वपूर्ण जोर्नी हो।

कुनै पनि हड्डी खिइने रोगलाई आर्थराइटिस भनिन्छ। यो बच्चा, युवादेखि ज्येष्‍ठ नागरिकसम्ममा देखिन्छ। यसका प्रकार धेरै हुन्छन्। नेपालमा सबै किसिमको हड्डी खिइने समस्यालाई बाथ रोग भन्‍ने गरेको पाइन्छ। तर, बाथ पनि धेरै किसिमका छन्। विभिन्‍न किसिमका हड्डी खिइने अंग्रेजी नामहरूको नेपाली नाम नभएकाले रनभुल्लमा परेको पाइन्छ।

उमेरअनुसार हड्डी खिइनु पनि बाथ हो। अर्को- बाथसम्बन्धी अलग्गै रोग पनि हुन्छ। त्यस्तो रोगमा हड्डी मात्र नखिएर हातको औंलाका स-साना जोर्नी पनि खियाउँदै जान्छन्। यो किसिमको बाथको औषधि उपचार अलग्गै हुन्छ।

जोर्नी शरीरको सबैभन्दा बढी मुभमेन्ट हुने अंग हो। नचल्ने हड्डी र जोर्नीको हड्डी एकदमै फरक हुन्छन्। जोर्नीमा पानी हुन्छ, जसले जोर्नीको मुभमेन्टलाई स्मुथ बनाउँछ। यदि त्यही पानी कम हुँदै गयो भने जोर्नी टाँसिदै जान्छ। र, अन्त्यमा खिइन थाल्छ। अन्तिम अवस्थामा दुईवटा जोर्नी आपसमा टकराउन थाल्छन्।

कुनै पनि रोगका विभिन्‍न चरण (स्टेज) हुन्छन्। त्यसरी नै घुँडाको पनि खिइने स्टेज हुन्छ। यसको पनि स्टेज-१, स्टेज-२, स्टेज-३ र स्टेज-४ सम्म रहन्छ। स्टेज-१ हुँदै ४ सम्म पुग्दा घुँडा पूरै टाँसिन्छ।

एक्सरेमा हेर्दा ग्याप हुने ठाउँमा पनि ग्याप देखिँदैन। किनकि, हड्डी आपसमा टाँसिएका हुन्छन्। त्यो स्टेजमा अस्पताल आएको बिरामीले एकदमै दुख्‍ने र खिइएको ठाउँमा कटकट आवाज आउने गरेको बताउँछन्। दुई जोर्नीको घर्षण हुँदा नै त्यस्तो दुखाइ अनि आवाज आउने हो, जुन अन्तिम चरण हो।

घुँडा खिइएर अन्तिम चरणमा पुगिसकेका बिरामीहरूको हकमा औषधिले काम गर्दैन। त्यसको अन्तिम विकल्प कृत्रिम जोर्नी फेर्नु (टोटल नी रिप्लेसमेन्ट) मात्र हो। अरू स्टेजमा आएका बिरामीलाई औषधि, थेरापी, घुँडामा लगाउने इन्जेक्सनलगायत उपचार विधि अपनाउन सकिन्छ।

जोर्नी फेर्नेबित्तिकै बिरामीमा दुखाइ हटेर जान्छ। घुँडाको जोर्नी खिइएर चौथो चरणमा पुगिसकेका बिरामीको खुट्टा नै बांगो भएको हुन्छ। नयाँ जोर्नी फेर्नेबित्तिकै खुट्टा सीधा हुन्छ। त्यसपछि बिरामीले गुणस्तरीय जीवन बिताउन सक्छन्।

घुँडा खिइन नदिन के गर्ने ?

घुँडा खिइने समस्या हुन नदिन खानपिनभन्दा पनि जीवन शैलीमा ध्यान दिनु अत्यावश्यक छ। हामीले दैनिक काम गर्ने र बस्‍ने तरिका यसमा निकै महत्त्वपूर्ण हुन्छन्।

धेरैबेर पलेंटी मारेर बस्‍नु हुँदैन। पलेंटी मारेर बस्‍ने खासगरी नेपाली र भारतीय कल्चर हो। पश्‍चिमा राष्‍ट्रका मानिसहरू कुर्सीमा बस्छन्। एसियाली राष्‍ट्रहरूमा भने बढी पलेंटी मारेर बस्‍ने चलन छ। त्यसले घुँडाको जोर्नी खिइने समस्या निम्त्याउँछ।

यस्तै, टुक्रुक्क बस्‍नु पनि घुँडाको स्वास्थ्यका लागि राम्रो मानिँदैन। अझै ट्‍वाइलेट सिटको व्यवस्था हरेक घरमा छैन। परम्परागत शैलीका शौचालयमा टुक्रुक्कै बस्‍ने हो। त्यो बानीले पनि घुँडाको समस्या बल्झाउँदै लैजान्छ। त्यसकारण घुँडा नखियोस् भन्‍नका लागि हामीले हाम्रो जीवन शैली नै परिवर्तन गर्नु अत्यावश्यक छ।

घुँडा खिइने समस्या कसरी हुन्छ र हुन नदिन के गर्नुपर्छ भनेर हामीले बी एन्ड बी अस्पतालमा आएका बिरामीलाई सचेतना दिने गरेका छौं। कहिलेकाहीं समुदायम पुगेर स्वास्थ्य शिविरमार्फत जनचेतना जगाउने काम पनि गरिरहेका छौं। स्वास्थ्य शिविरमा धेरै मानिसलाई एकैचोटी जानकारी दिन सकिने भएकाले यो निकै प्रभावकारी भएको पाएका छौं।

के खाने, के नखाने ?

घुँडा खिइने समस्या हुन नदिन बोइल गरेको अण्डा खान सकिन्छ। तर, कोलेस्टेरोलको समस्या भएका व्यक्तिले अण्डाको पहेंलो भाग खानु हुँदैन। किनकि, अण्डाको पहेंलो भागमा कोलेस्टेरोल बढाउने तत्त्व हुन्छ। खासगरी, ४० वर्ष कटेका मानिसमा कोलेस्टेरोल हुने सम्भावना बढी हुन्छ। त्यसैले अण्डाको पहेंलो भाग नखाएकै वेश ! अण्डाको सेतो भागमै प्रशस्त क्याल्सियम पाइन्छ।

कहिलेकाहीं युरिक एसिडले पनि बाथको समस्या निम्त्याउँछ। त्यस्तो अवस्थामा गेडागुडी, अल्कोहल, टमाटर र रातो मासु खानु हुँदैन।

युरिक एसिडको समस्या भएका व्यक्तिहरूले प्रोटिन पचाउन सक्दैनन्। हामीले खानामार्फत जति प्रोटिन लिन्छौं, हाम्रो शरीरले त्यसको आधा ग्रहण गरी आधा बाहिर फाल्नुपर्छ।

तर, युरिक एसिडको समस्या भएका व्यक्तिको शरीरले आवश्यक प्रोटिन त लिन्छ नै, तर अनावश्यक प्रोटिन फाल्न सकिरहेको हुँदैन। त्यस्तो अनावश्यक प्रोटिन जोर्नीहरूमा क्रिस्टल फर्ममा बसिदिन्छ। त्यसकारण युरिक एसिडको समस्या भएका मानिसहरूमा बुढी औला सुन्‍निने समस्या देखिने गर्छ। खसी, राँगाको मासु युरिक एसिड भएका मानिसले खाँदै नखाएको राम्रो !

सिट्रिक एसिड पाइने फलफूलहरू सुन्तला, कागती, जुनारलगायत पनि युरिक एसिडका बिरामीका लागि हानीकारक हुन सक्छन्। तर, केरा, आँपजस्ता फलफूलले हानी गर्दैनन्। केरामा फाइबर, पोटासियमलगायत तत्त्व पाइने हुनाले लाभदायक हुन्छ।

यस्तै, काजु, किसमिस, बदामलगायत नट्सले शरीरलाई कहिल्यै हानी गर्दैनन्। त्यसैले त्यस्ता नट्सको सेवन लाभदायक हुन्छ।

बुधबार, असोज २३, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

स्वास्थ्यमा धनगढीको फड्को, आधुनिक उपचार अब आफ्नै शहरमा
मालीका पूर्व गुप्तचर प्रमुखलाई १५ वर्ष कैद
लागुऔषधसहित दुई जना पक्राउ
सिलिण्डर विष्फोट हुँदा एकको मृत्यु, एक जना गम्भीर घाइते
सेनाको श्रमदानमा महाकाली नदीमा ‘गाइडबण्ड’ पुनःनिर्माण
शैक्षिक परामर्श व्यवसायमाथि धरौटीको व्यवस्था कायमै रहन्छ : शिक्षामन्त्री

भर्खरै

  • १.
    स्वास्थ्यमा धनगढीको फड्को, आधुनिक उपचार अब आफ्नै शहरमा

  • २.
    मालीका पूर्व गुप्तचर प्रमुखलाई १५ वर्ष कैद

  • ३.
    लागुऔषधसहित दुई जना पक्राउ

  • ४.
    सिलिण्डर विष्फोट हुँदा एकको मृत्यु, एक जना गम्भीर घाइते

  • ५.
    सेनाको श्रमदानमा महाकाली नदीमा ‘गाइडबण्ड’ पुनःनिर्माण

  • ६.
    शैक्षिक परामर्श व्यवसायमाथि धरौटीको व्यवस्था कायमै रहन्छ : शिक्षामन्त्री

  • ७.
    उपराष्ट्रपति यादवसँग स्वीस राजदूतको शिष्टाचार भेट

  • ८.
    करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.