• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
बिहिबार, भदौ २५, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु १२ अर्ब ४३ करोडभन्दा बढी

अपर म्याग्दी–१ को सुरुङ ‘ब्रेक थ्रु’

तिलौराकोटमा थप जग्गा अधिग्रहण गरिँदै

एसीसी प्रिमियर कप क्रिकटः नेपालले ओमानलाई दियो १४८ रनको लक्ष्य

तरकारीको विषादी परीक्षण बढाइँदै

तरकारी, फलफूल र माटो सुधार कार्यक्रममा बजेट अभाव

चिनाकोटमा पर्यटकीय पूर्वाधार निर्माण

हतुवागढी खैराङमा अदुवा खेती विस्तार

५ जिल्लामा ५३ हजार सिलिन्डर भरेर काठमाडौं पठाइयो खाना पकाउने ग्यास

लोकप्रिय समाचार

  • १. राशिफल : कर्कट- नयाँ काम, मीन- उद्योगमा फाइदा

  • २. हे प्रकृति तिम्रो न्याय यही हो ?

  • ३. राशिफल : तुला- तीर्थाटन, वृश्‍चिक- मनोरञ्‍जन

  • ४. राशिफल : वृष- अप्ठ्यारो सम्झौता, सिंह- आरामदायी यात्रा

  • ५. राशिफल : वृष- काम सम्पादन, सिंह- रमाइलो यात्रा

  • ६. राशिफल : मेष- आत्मीयता बढ्ने, कन्या- प्रशन्‍नता

  • ७. राशिफल : वृश्‍चिक- मान-सम्मान, धनु- स्वादिष्‍ट भोजन

  • ८. विपत्तिमा मल्हम लगाउँदै निर्माण व्यवसायी : प्रधानमन्त्री राहत कोषमा संघको २ लाख ११ हजार सहयोग

  • ९. राशिफल : वृश्‍चिक- काम बन्‍ने, कुम्भ- मनमा हर्ष

  • १०. भोटेकोशी बाढी पीडितलाई क्यासिनो एसोसिएसनको ८५ लाख २३ हजार

सप्तकोशीमा पुनः सञ्चालनमा आए जेटबोट


शुक्रबार, असोज १८, २०८१ मा प्रकाशित

सुनसरी- सप्तकोशी नदीमा असारदेखि बन्द भएका जेटबोट आजदेखि पुनः सञ्चालनमा आएका छन्।

Advertisement

बराहक्षेत्र नगरपालिका–१ चतराघाटदेखि कोप्चेसम्म हिउँदको समयमा चल्दै आएका जेटबोट ‘रकेट’ले आजदेखि पुनः सञ्चालनमा ल्याएको हो।

सप्तकोशी किनारस्थित चतराघाटबाट जेटबोट सञ्चालन हुने मरिन एन्ड रिसोर्ट जेटबोटका मालिक नवीन पौडेलले बताए। दशैं–तिहार लक्षित गरी यात्रुहरूलाई सहजताका साथ आफ्नो गन्तव्यस्थल पुग्न रकेट जेटबोट सञ्चालनमा ल्याइएको उनले बताए।

आज शुक्रबार चतराघाटबाट कोप्चेसम्म ३ वटा इन्जिन जडित रकेट जेटबोट परीक्षण गरिएको थियो। परीक्षण सफल भएपछि आजैदेखि सेवालाई निरन्तरता दिइएको पौडेलले बताए।

उनका अनुसार चतराघाटबाट कोप्चेसम्मका लागि भाडादर जनही ७०० रुपैयाँ कायम गरिएको छ।

चतराबाट जेटबोट सञ्चालन भएपछि भोजपुरको दक्षिणी क्षेत्र, धनकुटाका सिम्ले, अखुवाटार, त्रिवेणी, साङ्मालगायत ठाउँमा आउजाउ तथा खाद्यान्न ढुवानी सहज हुने छ।

बराहक्षेत्र मरिन एन्ड रिसोर्ट जेट बोटका सञ्चालक पौडेलका अनुसार १५ असारयता नदीको पानीको सतह बढेपछि जेटबोट बन्द भएका थिए। त्यसयता भोजपुर र धनकुटाका बासिन्दाले जोखिम मोलेर पैदल यात्रा गर्दै आउनुपरेको थियो।

बराहक्षेत्र मन्दिरबाट अकरे भीरको बाटो हुँदै कठिन पैदल यात्रा गर्दा करिब तीन घण्टामा मात्र सिम्ले पुग्न सकिन्छ। जेटबोटबाट यो यात्रा करिब १५ मिनटको मात्र हो।

‘नेपालीहरूको महान चाड दशैंमा आफ्नो थातथलो फर्किने यात्रु बढी हुन्छन्,’ पौडेलले भने, ‘उहाँहरूलाई सुरक्षित साथ आ–आफ्नो गन्तव्यसम्म पुग्नका लागि ३ वटा इन्जिन जडित रकेट जेट बोट‌ ल्याएका छौं।’

सप्तकोशी नदीमा हिउँदको समयमा बराहक्षेत्र मरिन एन्ड रिसोर्ट, सप्तकोशी टुरिजम एन्ड वाटर ट्रान्सपोर्टेसन, नेपाल रिभर ट्रान्सपोर्ट प्रालि, दन्तकाली जल यातायात, दन्तकाली जल यातायात प्रालि, बराहक्षेत्र जल यातायात तथा पर्यटन सेवा प्रालि गरी चारवटा कम्पनीले तीनवटा लामो दूरीका र चारवटा छोटो दूरीका जेटबोट सञ्चालन गर्दै आएका छन्।

पानीको बहाव कम भएपछि अन्य जेटबोटहरू पनि नियमित सञ्चालनमा आउने कोशी एडभेन्चर सञ्चालक समितिका सचिव शिव थापाले जानकारी दिए।

शुक्रबार, असोज १८, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु १२ अर्ब ४३ करोडभन्दा बढी
अपर म्याग्दी–१ को सुरुङ ‘ब्रेक थ्रु’
तिलौराकोटमा थप जग्गा अधिग्रहण गरिँदै
एसीसी प्रिमियर कप क्रिकटः नेपालले ओमानलाई दियो १४८ रनको लक्ष्य
तरकारीको विषादी परीक्षण बढाइँदै
तरकारी, फलफूल र माटो सुधार कार्यक्रममा बजेट अभाव

भर्खरै

  • १.
    प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु १२ अर्ब ४३ करोडभन्दा बढी

  • २.
    अपर म्याग्दी–१ को सुरुङ ‘ब्रेक थ्रु’

  • ३.
    तिलौराकोटमा थप जग्गा अधिग्रहण गरिँदै

  • ४.
    एसीसी प्रिमियर कप क्रिकटः नेपालले ओमानलाई दियो १४८ रनको लक्ष्य

  • ५.
    तरकारीको विषादी परीक्षण बढाइँदै

  • ६.
    तरकारी, फलफूल र माटो सुधार कार्यक्रममा बजेट अभाव

  • ७.
    चिनाकोटमा पर्यटकीय पूर्वाधार निर्माण

  • ८.
    हतुवागढी खैराङमा अदुवा खेती विस्तार

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.