काठमाडौं- कपिलवस्तु, कपिलवस्तु नगरपालिका–६ गोबरीस्थित प्रतिक्षालयमा सोही ठाउँ बस्ने ४० वर्षीय राजेश कोहार बिहीबार मृत अवस्थामा फेला परेका छन् ।
Advertisement
ताप्लेजुङ, मैवाखोला गाउँपालिका–१ तेल्लाबुङ बस्ने ७९ वर्षीया धनमायाँ लुवागुन सोही गाउँपालिका–२ स्थित हात्तिखावा जंगलमा बिहीबार मृत अवस्थामा फेला परेकी छिन् ।
सिन्धुली, दुधौली नगरपालिका–६ ढोडेनी बस्ने ६५ वर्षीया हिरा कुमारी भुजेल सोही ठाउँस्थित बाटो छेउमा बिहीबार मृत अवस्थमा फेला परेकी छिन् । मोरङ, केराबारी गाउँपालिका–८ आमजुङिस्थित कृष्ण क्रसरको कम्पाउण्डभित्र खाल्डोमा जमेको पानीमा सोही ठाउँ बस्ने तोयानाथ चौलागाईको छोरा ६ वर्षीय रामचरण चौलागाई र ८ वर्षीय भुपेन्द्र चौलागाई बिहीबार मृत अवस्थामा फेला परेका छन् ।