• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
बिहिबार, भदौ २५, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

भोटेकोशी बाढीका कारण पूर्वाधार क्षेत्रमा ९० अर्बको क्षति

बाढीले प्रभावित क्षेत्रमा पुनर्निर्माणका लागि सात खर्ब २३ अर्ब आवश्यक

फिलिपिन्समा पानी जहाजमा आगलागी, पाँच जनाको मृत्यु, दर्जनौँ बेपत्ता

एक सय सात पिन्ट रगत सङ्कलन

नेपाल एसीसी प्रिमियर कप क्रिकट प्रतियोगिताको फाइनलमा

चरम ग्यास अभावबीच उद्योगमन्त्री गौरीकुमारी यादवले दिइन् राजीनामा

बाँकेमा फरार १७१ जना कैदी तथा बालबन्दी पक्राउ

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु १२ अर्ब ४३ करोडभन्दा बढी

अपर म्याग्दी–१ को सुरुङ ‘ब्रेक थ्रु’

लोकप्रिय समाचार

  • १. हे प्रकृति तिम्रो न्याय यही हो ?

  • २. राशिफल : कर्कट- नयाँ काम, मीन- उद्योगमा फाइदा

  • ३. राशिफल : तुला- तीर्थाटन, वृश्‍चिक- मनोरञ्‍जन

  • ४. राशिफल : वृष- अप्ठ्यारो सम्झौता, सिंह- आरामदायी यात्रा

  • ५. राशिफल : वृष- काम सम्पादन, सिंह- रमाइलो यात्रा

  • ६. राशिफल : मेष- आत्मीयता बढ्ने, कन्या- प्रशन्‍नता

  • ७. राशिफल : वृश्‍चिक- मान-सम्मान, धनु- स्वादिष्‍ट भोजन

  • ८. राशिफल : वृश्‍चिक- काम बन्‍ने, कुम्भ- मनमा हर्ष

  • ९. भोटेकोशी बाढी पीडितलाई क्यासिनो एसोसिएसनको ८५ लाख २३ हजार

  • १०. नेपाली युवा बक्सर घिमिरे बने विश्व च्याम्पियन

गाजामा बन्धक बनाइएका ६४ जनाको अवस्था अज्ञात


    Avatar photo
शुक्रबार, असोज १८, २०८१ मा प्रकाशित

 काठमाडौं- हमास लडाकूहरूले इजरायलमाथि अहिलेसम्मकै सबैभन्दा भयानक आक्रमण गर्दा उनीहरूले दुई सय ५१ बन्धकलाई गाजा पट्टीमा लगेका थिए । तीमध्ये केही पहिले नै मृतावस्थामा थिए । आक्रमणको एक वर्षपछि पनि दुई बालबालिकासहित ६४ जना अझै बन्धक छन् । इजरायलले उनीहरू जीवित रहेको विश्वास गरेको छ ।

Advertisement

गाजा पट्टीमा शासन गर्ने प्यालेस्टिनी लडाकू समूहका लागि बन्धकहरू इजरायलसँग युद्धविराम वार्ता गर्न र इजरायली जेलहरूमा थुनिएका प्यालेस्टिनी कैदीहरूको रिहाइ गर्न महत्त्वपूर्ण मोलमोलाइको माध्यम हुन् ।

–५२ पुरुष, १० महिला, दुई बालबालिका– सन् २०२३ अक्टोबर ७ मा हमास लडाकूहरूले कब्जामा लिएका दुई सय ५१ बन्धकमध्ये एक सय १७ जना मुक्त भएका छन् र तिनीहरूमा अधिकांश महिला, बालबालिका र विदेशी कामदार छन् । इजरायली जेलहरूमा थुनिएका दुई सय ४० कैदीको बदलामा अधिकांश बन्धकलाई नोभेम्बरको अन्त्यतिर एक साताको युद्धविरामको समयमा रिहा गरिएको थियो ।

करिब एक वर्षपछि गाजामा अहिले पनि बन्धक बनाइएका ६४ जना जीवित रहेको इजरायलको विश्वास छ । सेनाले मृत भएका पुष्टि गरेका ७० मध्ये ३३ को शव अझै गाजामा छ । गाजामा मृत्यु भएका वा अक्टोबर ७ मा मारिएर त्यस क्षेत्रमा लगिएका ३७ बन्धकको शव सेनाले स्वदेश फर्काएको छ ।

जीवित रहेको विश्वास गरिएका ६४ मध्ये ५७ जना इजरायली हुन् । यद्यपि तीमध्ये केहीसँग एउटाभन्दा बढी राष्ट्रियता छ । अन्य छ जना थाई नागरिक र एक जना नेपाली छन् । बाउन्न जना पुरुष र १० महिला छन् । त्यस्तै ११ जना सैन्य कर्मचारी छन् भने दुई जना बालबालिका छन् । सबैभन्दा कम उमेरको बन्धक कफिर अपहरणमा पर्दा आठ महिना १५ दिनको थिए । उनका दाजु एरियल गाजामा लैजाँदा जम्मा चार वर्षका थिए ।

हमासले यी दुई बालबालिका मरेको बताएको छ तर इजरायलले यसको पुष्टि गरेको छैन ।

–जीवित रहेको कुनै प्रमाण छैन–

डिसेम्बर १ मा युद्धविराम समाप्त भएयता इजरायली सैन्य कारबाहीका क्रममा अन्य सात बन्धक मात्र जीवितै मुक्त भएका छन् । जीवित रहेको कुनै प्रमाण नभएकाले ६४ जना अझै जीवित छन् कि छैनन् भन्नेबारेमा अनिश्चितता कायम छ । आफ्ना लडाकूहरूले एक इजरायली बन्धकलाई गोली हानी मारेको र अन्य दुईलाई घाइते बनाएको हमासको सशस्त्र शाखाले अगस्ट १२ मा बताएको थियो ।

हमासले धेरै पटक बन्धकहरूको मृत्यु भएको घोषणा गरे पनि इजरायलले त्यसको पुष्टि गरेको छैन । यसबाट परिवारहरू पीडामा छन् ।

–शवहरू गाजा लगियो– अक्टोबर ७ मा हमासका लडाकूहरूले इजरायली सैनिकहरूको १० शवसहित केही मृतकलाई गाजामा आफूसँगै लगे । युद्ध सुरु भएयता कम्तीमा २८ अन्य बन्धकको गाजामा मृत्यु भएको छ । सन् २०२३ डिसेम्बर १५ मा तीन जनालाई इजरायली सेनाले गल्तीले मारेको थियो । उनीहरू २८ वर्षीय योताम हाइस तथा २६ वर्षका सामेर अल–तलाल्का र एलोन शाम्रिज थिए ।

इजरायली सेनाले हमासमाथि हर्श गोल्डबर्ग–पोलिन, कार्मेल गाट, इडेन जेरुसेलमी, अलेक्जेन्डर लोबोनोभ, अल्मोग सारुसी र ओरी दानिनो गरी छ जनाको हत्या गरेको आरोप लगाएको छ । उनीहरूलाई सैनिकहरूले दक्षिणी गाजाको रफाहमा एउटा सुरुङमा फेला पारेका थिए ।

–महोत्सव, किबुत्जका जीवितहरू– अधिकांश बन्धकहरूलाई निर ओज किबुत्ज र नोभा सङ्गीत महोत्सवमा भएको आक्रमणका क्रममा लगिएको थियो ।
अक्टोबर ७ मा निर ओज किबुत्जमा अपहरणमा परेका कम्तीमा ७६ बन्धकमध्ये ४० जना जीवितै रिहा भएका छन् । अरु २० जना अझै गाजामा छन् र जीवित रहेको विश्वास गरिएको छ । बाँकी १६ जनाको मृत्यु भइसकेको छ ।

महोत्सवबाट अपहृत १७ जना मात्र जीवित रहेको र अझै गाजामा बन्धक रहेको विश्वास गरिन्छ । नोभाबाट अपहरणमा परेका कम्तीमा ४३ बन्धकमध्ये नौ जना मात्र रिहा भएका छन् भने अन्य १७ जनाको मृत्यु भएको छ ।

–सम्पूर्ण परिवार–अक्टोबर ७ मा सम्पूर्ण परिवारलाई गाजामा लगिएको थियो । उनीहरूका लागि सन् २०२३ नोभेम्बरको युद्धविरामले राहत दिए पनि प्रियजनहरूलाई पछाडि छाड्नुपर्दाको पीडा पनि दियो । फ्रान्सेली–इजरायली बालबालिकाहरू इतान, इरेज र सहर मुक्त भए पनि उनीहरूका बुबा ओहाद याहालोमी र ओफेर काल्डेरोन अझै बन्धक छन् ।

शुक्रबार, असोज १८, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

भोटेकोशी बाढीका कारण पूर्वाधार क्षेत्रमा ९० अर्बको क्षति
बाढीले प्रभावित क्षेत्रमा पुनर्निर्माणका लागि सात खर्ब २३ अर्ब आवश्यक
फिलिपिन्समा पानी जहाजमा आगलागी, पाँच जनाको मृत्यु, दर्जनौँ बेपत्ता
एक सय सात पिन्ट रगत सङ्कलन
नेपाल एसीसी प्रिमियर कप क्रिकट प्रतियोगिताको फाइनलमा
चरम ग्यास अभावबीच उद्योगमन्त्री गौरीकुमारी यादवले दिइन् राजीनामा

भर्खरै

  • १.
    भोटेकोशी बाढीका कारण पूर्वाधार क्षेत्रमा ९० अर्बको क्षति

  • २.
    बाढीले प्रभावित क्षेत्रमा पुनर्निर्माणका लागि सात खर्ब २३ अर्ब आवश्यक

  • ३.
    फिलिपिन्समा पानी जहाजमा आगलागी, पाँच जनाको मृत्यु, दर्जनौँ बेपत्ता

  • ४.
    एक सय सात पिन्ट रगत सङ्कलन

  • ५.
    नेपाल एसीसी प्रिमियर कप क्रिकट प्रतियोगिताको फाइनलमा

  • ६.
    चरम ग्यास अभावबीच उद्योगमन्त्री गौरीकुमारी यादवले दिइन् राजीनामा

  • ७.
    बाँकेमा फरार १७१ जना कैदी तथा बालबन्दी पक्राउ

  • ८.
    प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु १२ अर्ब ४३ करोडभन्दा बढी

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.