• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
बुधबार, भदौ २४, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

अदालती मुद्दाको चाप घटाउन मेलमिलाप विधेयकः मन्त्री गौतम

बाढीबाट प्रभावित नागरिकको आक्रोशलाई राज्यप्रतिको अपेक्षा र अन्तिम गुहारका रूपमा बुझ्नुपर्छः सभापति लामिछाने

थाई विद्यालयमा शिक्षिकाको हत्या

परराष्ट्रमन्त्री खनालसँग श्रीलङ्काकी राजदूत डेल्पिटियाको भेट

वर्षान्तको बजेट खर्च रोक्ने मधेसको नयाँ परीक्षण

भक्तपुरमाः आज पञ्चदान पर्व मनाइँदै

सत्ता र प्रतिपक्षको परम्परागत सोचबाट माथि उठेर जलवायु न्यायका लागि जुटौँः सभापति लामिछाने

सडक दुर्घटनामा दुईको मृत्यु

काभ्रेका बाढीपीडितको समस्या सरकारी अल्झनमै

लोकप्रिय समाचार

  • १. राशिफल : कर्कट- दीर्घकालीन लाभ, मीन- प्रशस्त लाभ

  • २. राशिफल : कर्कट- नयाँ काम, मीन- उद्योगमा फाइदा

  • ३. हे प्रकृति तिम्रो न्याय यही हो ?

  • ४. राशिफल : तुला- तीर्थाटन, वृश्‍चिक- मनोरञ्‍जन

  • ५. राशिफल : वृष- अप्ठ्यारो सम्झौता, सिंह- आरामदायी यात्रा

  • ६. राशिफल : वृष- काम सम्पादन, सिंह- रमाइलो यात्रा

  • ७. राशिफल : मेष- आत्मीयता बढ्ने, कन्या- प्रशन्‍नता

  • ८. विपत्तिमा मल्हम लगाउँदै निर्माण व्यवसायी : प्रधानमन्त्री राहत कोषमा संघको २ लाख ११ हजार सहयोग

  • ९. राशिफल : वृश्‍चिक- काम बन्‍ने, कुम्भ- मनमा हर्ष

  • १०. विश्‍व घटना : दोस्रो विश्‍वयुद्धको बम भेटिँदा ६० हजारको हरिबिजोग

वर्षाले तोड्यो रेकर्ड, किन हुन्छ ‘क्लाउड ब्रस्ट’ ?


    Avatar photo
बुधबार, असोज १६, २०८१ मा प्रकाशित

काठमाडौं- ३ दिनदेखिको अविरल वर्षाका कारण १२ असोजसम्म बाढी पहिरोले देशभर ठूलो धनजनको क्षति गर्‍यो। आज बुधबार र बिहीबार फेरि ठूलो वर्षा हुने चेतावनी जल तथा मौसम विज्ञान विभागले दिएको छ।

Advertisement

यसबीचमा अत्यधिक वर्षाको मापनमा नयाँ रेकर्ड बनेका छन्। भारी वर्षा र त्यसले गरेको अकल्पनीय क्षतिका कारण यो मौसमी घटना ‘क्लाउड ब्रस्ट’ हुन सक्ने अनुमान गरिएको छ।

विभागका अनुसार १२ असोज शनिबार काठमाडौं उपत्यकामा रेकर्ड ब्रेक वर्षा मापन गरिएको थियो। शनिबार बिहान पौने ९ बजेको मापनअनुसार २४ घण्टाको अवधिमा ललितपुरको चापागाउँमा ३२३ मिलिमिटर वर्षा मापन गरिएको विभागले जनाएको छ, जुन उपत्यकामा वर्षाको मापन शुरु गरेयताकै सबैभन्दा धेरै हो। यसअघि सन् २००२ मा २४ घण्टाको अवधिमा २००.५ मिलिमिटर वर्षा मापन गरिएको थियो।

ललितपुरमा मात्र होइन, काठमाडौं उपत्यकाका १७ वटै वर्षा मापन केन्द्रमा हालसम्मकै उच्च वर्षा मापन गरिएको थियो। त्रिभुवन विमानस्थल वर्षा मापन केन्द्रमा शनिबार बिहान पौने ९ बजेसम्म २४ घण्टाको अवधिमा २३९.७ मिलिमिटर वर्षा मापन भएको थियो। उक्त वर्षा विमानस्थलमा हालसम्म भएको वर्षा मापनमा ‘रेकर्ड ब्रेक’ थियो। विभागका अनुसार यसअघि सन् २००२ मा विमानस्थलमा १७७ मिलिमिटर वर्षा रेकर्ड भएको थियो।

उपत्यकामा वर्षाले रेकर्ड ब्रेक गरिरहँदा पूर्वमा सप्तकोशीले खतराको तह पार गरेको थियो। १३ असोज बिहान ३ बजेको मापनअनुसार सप्तकोशी नदीमा पानीको बहाव ५६ वर्षयताकै उच्च पुगेको थियो। कोशी ब्यारेज कन्ट्रोल रुमका अनुसार सप्तकोशीको बहाव प्रतिसेकेन्ड ६ लाख ४३ हजार ५४० क्युसेक पुगेको थियो।

१२ असोज बिहान ६ बजे पानीको बहाव प्रतिसेकेन्ड तीन लाख ३६ हजार १० क्युसेक मापन भएको थियो। सोही दिन राति ११ बजे सप्तकोशीको जलसतह खतरा तहभन्दा ११.२६ मिटरमाथि पुगेको थियो। पुल नाघेर माथिबाट पानी बग्‍न थालेपछि कोशी ब्यारेजका सबै ढोका खोलिएको थियो। आवतजावत ठप्प पारिएको थियो।

यसअघि २० असोज ०२५ मा सप्तकोशीमा अहिलेसम्मकै बढी पानीको बहाव प्रतिसेकेन्ड ७ लाख ८८ हजार २०० क्युसेक मापन गरिएको थियो। १३ असोजमा मापन गरिएको पानीको बहाव ५६ वर्षयताकै अत्यधिक हो।

बाढी पहिरोले देशका प्रमुख राजमार्गहरूमा क्षति पुर्‍याउँदा आवतजावत ठप्प भएको छ। राजमार्गको नदीमा रहेका धेरै पुलमा क्षति पुगेको र केही पुल बाढीले बगाएको सडक विभागले जनाएको छ।

काठमाडौंलाई पूर्वी नेपालसँग जोड्ने बीपी, चीनसँग जोड्ने अरनिको र काठमाडौं भित्रिने प्रमुख पृथ्वी राजमार्ग ठप्प भएका छन्। नागढुंगा-मुग्लिन, मुग्लिन-पोखरा, नारायणगढ-मुग्लिन, पुष्‍पलाल राजमार्गलगायत प्रमुख मार्गहरूमा आवतजावत ठप्प छ।

के हो ‘क्लाउड ब्रस्ट’ ? १२ असोजको वर्षा ‘क्लाउड ब्रस्ट’ हो ?

मौसमविदहरूका अनुसार एकै ठाउँमा अत्यधिक भारी वर्षा हुनु ‘क्लाउड ब्रस्ट’ भनिन्छ। त्यसलाई नेपालीमा बादल फाटेर हुने वा आरी घोप्टे वर्षा भन्‍ने गरिएको छ। क्लाउड ब्रस्ट मापन गर्ने आधार पनि छन्।

प्रतिघण्टामा १०० मिलिमिटरभन्दा बढी वर्षा भएमा मौसमको त्यो घटनालाई क्लाउड ब्रस्ट भनिन्छ। मौसमविदहरूका अनुसार यस्तो मौसमी घटनामा एकैपटक मुसलधारे पानी पर्ने र रोकिने हुन्छ। एकैपटक पानी ओइरिएपछि बादलमा पानी सकिने भएकाले लामो समयसम्म क्लाउड ब्रस्टको सम्भावना हुँदैन।

केही विज्ञले अहिलेको वर्षा पनि क्लाउड ब्रस्ट भएको अड्कल लगाइरहेका बेला मौसमविद डा. ऋषिराम शर्मा अहिलेको वर्षा क्लाउड ब्रस्ट नभएको बताउँछन्। शर्मा पूर्व सचिव एवं जल तथा मौसम विज्ञान विभागका पूर्व महानिर्देशक पनि हुन्।

एक घण्टाभित्र १०० मिलिमिटर वर्षा भएको भए क्लाउड ब्रस्ट मान्‍न सकिने भए पनि उक्त तथ्यांक नभएकाले त्यसो भन्‍न नमिल्ने उनी बताउँछन्।

भन्छन्, ‘अहिलेको वर्षा ठ्याक्कै क्लाउड ब्रस्ट होइन। यो एकैपटक मुसलधारे पानी परेर रोकिएको अवस्था होइन। लामो समयसम्म परेको हो। २/३ दिनसम्म लगातार परेको छ। यस क्रममा नेपालभरमा कुनै ठाउँमा/कुनै स्टेसनमा एक घण्टामा १०० मिलिमिटर पानी परेको भए त्यसलाई भन्‍न मिल्यो। समग्रमा काठमाडौंमा परेको पानी क्लाउड ब्रस्ट होइन।’

अहिलेको न्यून चापीय रेखाको कारण पूर्वबाट भित्रिएको मनसुनी वायुलाई पश्‍चिमी सुक्खा वायुले धकेलिदिँदा आर्द्रतायुक्त बादल यस क्षेत्रमा थुप्रिएकाले सामान्यभन्दा धेरै वर्षा भएको उनको भनाइ छ। भन्छन्, ‘त्यो प्रक्रिया निरन्तर रह्यो। तीन दिनसम्म पानी परेको पर्‍यै भएपछि यो अवस्था आएको हो। क्लाउड ब्रस्ट हुने अवस्था पनि त्यही हो। तर, एक घण्टाभित्र निश्‍चित गरिएको परिमाणमा पानी परेको अवस्था होइन। लगातारको वर्षाले धेरै क्षति गरेको हो।’

क्लाउड ब्रस्ट लगातार हुन्छ कि दुर्लभ घटना ?

मौसमविद शर्माका अनुसार ‘क्लाउड ब्रस्ट’ बेला बेलामा भइहरन्छ। कहिले र कतिपटक हुने भन्‍ने हुँदैन। यस्तै, क्लाउड ब्रस्ट हुने निश्‍चित क्षेत्र पनि हुँदैन।

पानी पर्ने सम्भावना भएको ठाउँमा जहाँ पनि क्लाउड ब्रस्टको सम्भावना हुन्छ। तर, हिमाली क्षेत्रभन्दा शिवालिक र मध्य पहाडमा अलि बढी सम्भावना हुन्छ।

कहाँ-कहाँ भएको छ ‘क्लाउड ब्रस्टिङ’ ?

सामान्यतया वर्षा हुने क्षेत्रमा क्लाउड ब्रस्टको सम्भावना रहने मौसमविदहरू बताउँछन्। नेपालमै पनि गत २३ असारमा कञ्‍चनपुरको दोधारा क्षेत्रमा भएको वर्षा क्लाउड ब्रस्ट भएको जल तथा मौसम विज्ञान विभागले पुष्‍टि गरेको थियो।

वर्षा भएको एक महिनापछि २० साउनमा विभागले सार्वजनिक गरेको प्रतिवेदनअनुसार सो वर्षाको प्रणालीको सम्मिश्रण प्रक्रिया तथा वर्षाको परिमाणका आधारमा उक्त मौसमी घटनालाई ‘तराई क्लाउड ब्रस्ट’ नामकरण गरिएको थियो।

२३ असार राति १० बजेर ०५ मिनटदेखि ११ बजेर ०५ मिनटसम्म एक घण्टाको अवधिमा हनुमान नगरमा १०२ मिलिमिटर वर्षा मापन भएको प्रतिवेदनमा उल्लेख छ। विभागको अध्ययनअनुसार उक्त क्षेत्रमा सतही, मध्य र उपल्लो वायुमण्डलमा मनसुनी र पश्‍चिमी वायुमा विकास भएको न्यूनचापीय प्रणालीहरूको सम्मिश्रणका कारण अत्यधिक वर्षा भएको थियो।

अत्यधिक वर्षाको कारण त्यस क्षेत्रका समथर भूभाग जलमग्‍न भएका थिए। वर्षाको २ दिनपछि विभागले गरेको अध्ययनमा कञ्‍चनपुरको करिब ९८ वर्ग किलोमिटर भूभाग डुबानमा परेको थियो, जुन कञ्‍चनपुरको कूल क्षेत्रफलको ६ प्रतिशत हाराहारी हो। त्यसमध्ये ८५ वर्ग किलोमिटर कृषियोग्य जमिन डुबेको थियो भने १४ हजार साना/ठूला घर/भवनमा क्षति पुगेको थियो।

१६ जुन २०१३। भारतको उत्तराखण्डस्थित केदारनाथ क्षेत्रमा क्लाउड ब्रस्ट भएर आएको विनाशकारी बाढी पहिरोमा परी ६ हजारभन्दा बढीले ज्यान गुमाएका थिए। उक्त दुर्घटना भारतको इतिहासकै ठूलोमध्ये एक मानिन्छ। भारतका हिमाचल, हरियाणा, दिल्ली, उत्तर प्रदेशका केही भाग तथा नेपाल र तिब्बतको पश्‍चिमी क्षेत्रमा भारी वर्षा भएको थियो। त्यसको सबैभन्दा बढी प्रभाव केदारनाथमा परेको थियो।

उक्त दिन क्लाउड ब्रस्टका कारण सामान्य मनसुनभन्दा ३७५ प्रतिशतसम्म ज्यादा पानी परेको थियो। अत्यधिक वर्षाका कारण ३८ सय मिटर उचाइमा रहेको चोरबारी हिमनदी पग्लियो र बरफले बनेको हिमताल विस्फोट भयो। विस्फोटपछि मन्दाकिनी नदीमा पानीको बहाव उच्च हुँदा केदारनाथ धाम आसपास भिषण बाढी र पहिरो गएको थियो। भारतीय टेलिभिजन ‘आजतक’का अनुसार केदारनाथदेखि २३९ किलोमिटर टाढा हरिद्वारसम्म सुनामीको जस्तो छाल देखिएको थियो। सन् २०१८ मा उक्त घटनामा आधारित बलिउड चलचित्र ‘केदारनाथ’ पनि निर्माण गरिएको थियो।

पूर्वानुमान गर्न सकिन्छ ?

मौसमविद शर्माका अनुसार कतिपय केसमा क्लाउड ब्रस्टको पूर्वानुमान गर्न त सकिन्छ तर कतिपय केसमा एक घण्टाको मात्र पानी पूर्वानुमान गर्न कठिन हुन्छ। पानीको अवस्था हेरेर क्लाउड ब्रस्टको सम्भावनाबारे आकलन भने गर्न सकिन्छ।

शर्मा भन्छन्, ‘एकै घण्टाको हुने भएकाले ठ्याक्कै पूर्वानुमान गर्न त कठिन हुन्छ। हामीसँग वेदर राडारहरू छन्, कुनै ठाउँमा पानी पर्दैछ भने त्यो बेलाको अस्थायी अवस्था हेरेर त्यहाँ अलि बढी पानी पर्ने सम्भावना छ भनेर क्लाउड ब्रस्टको आकलन गर्न सकिन्छ।’

नेपालमा त्यसका लागि प्रविधि र जनशक्तिको अभाव रहेको उनी बताउँछन्। भन्छन्, ‘तर, त्यो त्यति डिटेलमा गइसकेको छैन। एक त डेटाको पनि पहुँच छैन। त्यसपछि तत्कालको तत्कालै विश्लेषण गर्ने सक्ने खालको जनशक्ति र प्रविधि पनि छैन। त्यसले गर्दा क्लाउड ब्रस्ट नै हुन्छ भनेर भनिहाल्न सक्ने अवस्था छैन। अहिले हामीले दिने भनेको २४ घण्टाको एउटा पूर्वानुमानित वर्षाको सम्भावना मात्र हो।’

कति खतरानाक हुन्छ क्लाउड ब्रस्ट ?

शर्माका अनुसार विभागले वर्षाको सम्भावित जोखिमलाई विभिन्‍न भागमा वर्गीकरण गरेको छ। यदि एक घण्टामा ६० मिलिमिटर वा त्यसभन्दा बढी, तीन घण्टामा ८० वा त्यसभन्दा बढी, ६ घण्टामा १००, १२ घण्टामा १२० र २४ घण्टामा १४० मिलिमिटर वा त्यसभन्दा बढी पानी पर्‍यो भने त्यो क्षेत्रमा बाढी, पहिरो र डुबानको सम्भावना हुन सक्छ।

कुनै ठाउँमा २४ घण्टामा १४० मिलिमिटर नाघ्यो भने वर्षाले खतराको तह पार गर्‍यो भन्‍ने आकलन हो। यस्तै, कुनै ठाउँमा एक घण्टामा ६० मिलिमिटर पानी परेको छ भने पनि त्यसले बाढी पहिरोको जोखिम ल्याउन सक्छ। उनका अनुसार क्लाउड ब्रस्टको मात्र जोखिम धेरै हुँदैन।

भन्छन्, ‘लगातार पानी पर्‍यो भने जमिनले पानी सोस्‍न छोड्छ। त्यसपछि परेको पानी बगेर जाने हो। त्यसले बाढी ल्याउने हो। पानी नै नपरेको सुक्खा ठाउँमा क्लाउड ब्रस्ट भयो भने त्यति ठूलो बाढी आउने सम्भावना हुँदैन। पहिरोको त सम्भावना झन हुँदैन। किनभने, केही जमिनले सोस्छ, बाँकी बगेर जान्छ। जमिन गल्न पाउँदैन।’

तर, निरन्तर वर्षा भइरहेको अवस्थामा क्लाउड ब्रस्ट भयो भने त्यसले जोखिम बढाउँछ। उनी भन्छन्, ‘बाढी पहिरो जाने भनेको निरन्तर परेको पानीले हो। तर, निरन्तर पानी परिरहेको समयमा क्लाउड ब्रस्ट भयो भने चैं जोखिम बढाउँछ।’

बुधबार, असोज १६, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

अदालती मुद्दाको चाप घटाउन मेलमिलाप विधेयकः मन्त्री गौतम
बाढीबाट प्रभावित नागरिकको आक्रोशलाई राज्यप्रतिको अपेक्षा र अन्तिम गुहारका रूपमा बुझ्नुपर्छः सभापति लामिछाने
थाई विद्यालयमा शिक्षिकाको हत्या
परराष्ट्रमन्त्री खनालसँग श्रीलङ्काकी राजदूत डेल्पिटियाको भेट
वर्षान्तको बजेट खर्च रोक्ने मधेसको नयाँ परीक्षण
भक्तपुरमाः आज पञ्चदान पर्व मनाइँदै

भर्खरै

  • १.
    अदालती मुद्दाको चाप घटाउन मेलमिलाप विधेयकः मन्त्री गौतम

  • २.
    बाढीबाट प्रभावित नागरिकको आक्रोशलाई राज्यप्रतिको अपेक्षा र अन्तिम गुहारका रूपमा बुझ्नुपर्छः सभापति लामिछाने

  • ३.
    थाई विद्यालयमा शिक्षिकाको हत्या

  • ४.
    परराष्ट्रमन्त्री खनालसँग श्रीलङ्काकी राजदूत डेल्पिटियाको भेट

  • ५.
    वर्षान्तको बजेट खर्च रोक्ने मधेसको नयाँ परीक्षण

  • ६.
    भक्तपुरमाः आज पञ्चदान पर्व मनाइँदै

  • ७.
    सत्ता र प्रतिपक्षको परम्परागत सोचबाट माथि उठेर जलवायु न्यायका लागि जुटौँः सभापति लामिछाने

  • ८.
    सडक दुर्घटनामा दुईको मृत्यु

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.